CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » वाणिज्य बैंकको भवन माओवादी कब्जामा

वाणिज्य बैंकको भवन माओवादी कब्जामा


रातो घर अर्थात् राष्ट्रि्रय वाणिज्य बैंकको भवन। रातो घरको नाममा बढी चिनिने वाणिज्य बैंकको भवन र जग्गामा अहिले तानातानी चलिरहेको छ। सशस्त्र द्वन्द्वको समयमा तत्कालीन माओवादीले ०६१ भदौमा बम विस्फोट गराएपछि बैंकले भवन छोडेको थियो र त्यहाँ रहेको वाणिज्य बैंकको क्षेत्रीय कार्यालय पोखरा सारिएको थियो। आफूले बम विस्फोट गराएर खाली गराएको भवनमा शान्तिप्रक्रियामा आएलगत्तै एकीकृत नेकपा माओवादीले जनवर्गीयसहित पार्टीको अवध कार्यालय सञ्चालन गरेको थियो। भवन फिर्ता गर्नुपर्ने पटक–पटकको दबाबलाई माओवादीले वास्ता गरेन। 
एमाओवादी दुई चिरा भएपछि सो भवन नेकपा–माओवादीको कब्जामा छ। नेकपा–माओवादीले जनवर्गीय सङ्गठनसमेतका कार्यालय सञ्चालन सोही भवनबाट गरिरहेको छ। पाल्पारोडमा रहेको करिब ११ कठ्ठा जमिनमध्ये दुई कठ्ठामा दुईतले भवन वाणिज्य बैंकले बनाएको थियो। सरकारी भएकाले जसले जे गरे पनि हुन्छ भन्ने सोचले जग्गा तानातान गरिएको छ।  
माओवादीको कब्जामा रहेको सो जग्गामा नेपाली काङ्ग्रेसले पनि आँखा गाडेको छ। जीपी कोइराला स्मृति प्रतिष्ठानको नाममा बहुउद्देश्यीय भवन निर्माणका लागि काङ्ग्रेसले जग्गाको पूर्वतर्फबाट अतिक्रमण गरेको छ। सरकारी जग्गामा भवन बनाउने भन्दै काङ्ग्रेसले तीन लाख खर्चेर लक्ष्मीनगर हुँदै बग्ने कुलोमा तटबन्धसमेत गरेको छ। 
आफ्नो जग्गामा आफ्नै भवन बनाउने सोचमा रहेको वाणिज्य बैंकले जग्गा फिर्ता गराउनका लागि गरेको प्रयास अझै सफल भएको छैन। करिब नौ वर्षदेखि कार्यालयमा कब्जा जमाएको माओवादी सजिलै भवन छाड्ने पक्षमा छैन। 'हामीले त्यत्तिकै भवन छोड्ने कुरा हुँदैन, छलफलपछि केही निकास निकाल्नुपर्छ,' नेकपा–माओवादीका रूपन्देही इन्चार्ज वसन्त श्रेष्ठले भने। माओवादीले आवश्यक परे किन्न सकिने तर्क गर्दै आएको छ। 
पार्टी विभाजनअघि सो भवन माओवादीले किन्ने मोटामोटी सहमति भएको थियो। बैंकले एक करोड ९० लाखमा सञ्चय कोषलाई बिक्री गर्ने कुरा आएपछि माओवादी पनि जग्गा खरिद गर्न कस्सिएको थियो। एमाओवादीका स्थायी समिति सदस्य तथा शान्तिमन्त्री टोपबहादुर रायमाझीले आफ्नो पार्टीले भवन छोडिसकेको बताउँदै अन्य कसैले कब्जा गरेको भए सरकारले हटाउन प्रयास गर्ने बताउनुभयो।    





















– चन्द्रकान्त खनाल , घटना र विचार 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis