यतिबेला मलाई प्रजातन्त्र स्वतन्त्रताको कुरो गर्दा हिमालसँग सोध्न मन लाग्छ- तँ कहिले कुण्ठित थिइस् ?' पहाडसँग सोध्न मन लाग्छ- तँ कहिले बन्धनभित्र थिइस् ?' अनि तराई मधेससँग सोध्न मन लाग्छ- तँ पनि कुन सीमाभित्र बाँधिएको थिइस् । कुनै बन्धन र सीमाभित्र छैनन्, कुनै कुण्ठाभित्र पनि छैनन् । तर बन्धन केको ? कुण्ठा केको ? सीमा केको ? र विवाद केको ? उही मान्छेको ? त्यसो भए सबै कुराको जड मान्छे हो । यो समयमा पनि हिमालको भारी बोकेर पेट पाल्ने लाक्पाले प्रजातन्त्रको अनुभूति गर्नपर्यो । उसको जीवनशैलीमा के परिवर्तन ैल्यायो ? पहाडको दिनभरि मजदुरी गरेर
आफ्ना बचेरा पाल्ने भुन्टे दाइको दिनचर्यामा के फरकपना देखियो ? अनि तराई, मधेसको दिनरात नभनी पसिना बगाएर खाने रामझिगान पासवानको जिन्दगीमा के उपलब्धि भयो ? तलका मान्छेहरूका लागि हिजो पनि उस्तै थियो, आज पनि उस्तै छ । सायद भोलि पनि उस्तै हुनेछ । यहाँ काम गरेर बाँच्ने मान्छेहरूको श्रमसँग सरोकार होइन, तर प्रजातन्त्र र स्वतन्त्रताले उनीहरूको जिन्दगीलाई के कतिको सकारात्मक प्रभाव पार्यो भन्ने सवाल उठाउन खोजिएको हो ।
आफ्ना बचेरा पाल्ने भुन्टे दाइको दिनचर्यामा के फरकपना देखियो ? अनि तराई, मधेसको दिनरात नभनी पसिना बगाएर खाने रामझिगान पासवानको जिन्दगीमा के उपलब्धि भयो ? तलका मान्छेहरूका लागि हिजो पनि उस्तै थियो, आज पनि उस्तै छ । सायद भोलि पनि उस्तै हुनेछ । यहाँ काम गरेर बाँच्ने मान्छेहरूको श्रमसँग सरोकार होइन, तर प्रजातन्त्र र स्वतन्त्रताले उनीहरूको जिन्दगीलाई के कतिको सकारात्मक प्रभाव पार्यो भन्ने सवाल उठाउन खोजिएको हो ।
यहाँ यिनीहरूको नाममा आत्मबलिदान दिने सहिदहरूको सपना के कति पूरा भएका छन् ? गरिब, दुःखी जनताको नाममा राजनीतिक गर्नेहरू धेरै भए, तिनको नाममा सपनाहरू बाँड्ने पनि धेरै भए । तर तिनका सपनाहरूमाथि आफू सयर गर्ने, आफ्नो जिन्दगी बदल्ने मान्छेहरू धेरै छन् । यिनको जीवनशैली रातारात बदलियो, सुख भोग्ने आकांक्षा दिनदिनै बढ्दैछ । हिजोसम्म सामान्य गाडी चढ्दा हुने मान्छेहरू अहिले महँगा पजेरोमा सवार छन् । यो देशको दुर्भाग्य गरिब जनताका करले पालिएका नेताहरूमा पलाएको भ्रष्ट मनोवृत्ति हो । जुन शासन र तन्त्रले देशमा राज गरे पनि राजनीति गर्नेहरूको मनमस्तिष्कमा जब देशको उन्नति, प्रगतिमा रमाउने चेतना घुस्दैन, तबसम्म देशका गरिब, दुःखीजनले उज्यालो भएर पनि अँध्यारोमै बाँच्नुपर्ने स्थितिको अन्त्य गर्न सकिंँदैन । देशका गरिब, दुःखीजनको जिन्दगीमा अलिकति परिवर्तन आउन सक्दैन भने प्रजातन्त्र र स्वतन्त्रता भन्ने कुरो सस्तो नारा भइरहेको छ ।
अहिले संघीयता र जातीयता, क्षेत्रीयताको मुद्दा उराल्नेहरूले पनि यस विषयमा गम्भीर भएर सोचुन्, हिमालको लाक्पा दाइले के माग्छन् ? पहाडको भुन्टे दाइले के माग्दैछन् ? अनि तराई मधेसको रामझिगान पासवानले के माग्दैछन् ? उही गाँस, बास, कपासको माग छ, त्यसकै लागि उनीहरूले आफ्नो जिन्दगीको महत्वपूर्ण समय खर्चेका छन् । रगत-पसिना बगाएका छन् । बलबर्गत, शक्ति र सामथ्र्य खर्चेका छन् । उनीहरूलाई संघीयता, जातीयता, क्षेत्रीयताको मुद्दा के हो, थाहा छैन । उनीहरूलाई त कसरी आफ्नो जिन्दगी गुजार्ने भन्ने चिन्ताले ग्रस्त पारेको छ । जुन आम सर्वसाधारणको चिन्ता हो, समस्या हो, अनि जिन्दगीको पीडा हो ।
नेपालीको राजनीतिक चेतना निकै माथि छ भनेर जति धाक, गफ दिए पनि यथार्थमा तल्लो स्तरका मान्छेहरू जो दिनभरि श्रम गरेर पसिना बगाएर जिन्दगी धान्नेहरूलाई यसको के चासो ? किन खोजी गरिरहनु उनीहरूले ? जिन्दगी त उही पिठ्युँ र थाप्लोमा अडिएको छ । उनीहरूको प्राणपखेरु पनि त्यसैमा अल्भिmएको छ । त्यतिमात्र होइन, उनीहरूका लालाबालाको जिन्दगीको रथ पनि त्यसैको भरमा हाँकिएको छ । अघिल्लो पुस्ताको जिन्दगीको पीडा गाँस, बास, कपास जुटाउनमै छ । पछिल्लो पुस्ताको पनि त्यही जुटाउनमै जिन्दगी बित्छ कि भन्ने चिन्ता छ । लाक्पाहरूको चिन्ता स्वाभाविक छ, जायज छ । तर समयले उनीहरूको चिन्तालाई सम्बोधन गर्ने चेष्टा गरिरहेको छैन । उनीहरूको नाममा राजनीतिको झण्डा उठाउनेहरूलाई यस पंक्तिकारको प्रश्न छ- तिम्रो राजनीतिले लाक्पाहरूको जिन्दगीको कुन तहलाई सम्बोधन गर्यो ? उनीहरूको जिन्दगीको जिजीविषालाई कुन तहसम्म छोयो ? यहाँ जुनसुकै तन्त्र आए पनि नेपाली जनलाई अलिकति खुसी दिने, अलिकति जिन्दगीलाई गति दिने, हाँसो दिने तन्त्र कुरेर बसेको छ, वषर्ाैंदेखि या युगौंदेखि विचरा निछरो प्रजातन्त्र
।
--ईकान्तिपुर