CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » हाम्रो विवाह त अघि नै भैसक्नुपर्ने

हाम्रो विवाह त अघि नै भैसक्नुपर्ने


श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का विगत ६ वर्षदेखि एक-अर्काको नजिक छन्। श्रीकृष्णले निर्माण गरेको चलचित्र 'कहाँ भेटिएला' मा श्वेता खड्काले नायिकाका रूपमा डेब्यू गरेपछि उनीहरू दुवै नायक-नायिकाका रूपमा नजिकिए। दुवै लाई एक-अर्काको बानी-बेहोराले यसरी आकषिर्त गर्‍यो कि यो ६ वर्षको अवधिमा उनीहरू लाइफ पार्टनर त होइन, बिजनेस पार्टनर बन्न भने सफल भएका छन्। दुई महिनाअघि गौशालामा स्थापना भएको प्लानेट बलिउड तथा हो टल इन्द्रेणी हिमालयमा श्रीकृष्ण र श्वेताको लगानी छ। गत सोमबारको चिसो बिहानीमा साप्ताहिक प्रतिनिधि कृष्ण भट्टराई कलिउड प्लानेट पुग्दा श्रीकृष्ण र श्वेता तातो कफी पिएर कुनै गम्भीर विषयमा वार्तालाप गरिरहेका थिए।  उक्त वार्तालापको सम्पादित अंशः

श्रीकृष्ण श्रेष्ठः गुड मर्निङ। आज किन ढिला आएको नि ? 

श्वेता खड्काः आज मेरो बर्थ डे हो, त्यसैले घरमा सानो काम थियो। काम सकेर परिवारका सदस्यहरूलाई भेटेर, सबैको आशीर्वाद लिएर आउँदा ढिला भयो। 

श्रीकृष्णः ए आज तिम्रो बर्थ डे। ल ह्याप्पी बर्थ डे टु यू। 

श्वेताः थ्यांक यू...

श्रीकृष्णः आजको कार्यक्रम के छ त ? 

श्वेताः अँ...मन्दिर जान तयार भएकी छु। यहीँ नजिकैको पशुपतिनाथ जानुपर्नेछ। तपाईं पनि सँगै जानु हुन्छ कि ? 

श्रीकृष्णः अनि आज जन्मदिनको दिन पनि बिहानै आएर एक्सरसाइज गर्नुपर्छ त ? 

श्वेताः हेल्थ कन्सस भएकैले तपाईं र म मिलेरै यो कलिउड प्लानेट सञ्चालन गरेको त तपाईंलाई थाहै छ नि। आज एक्सरसाइज अलि कम गरें, फ्रेस हुनका लागि मात्र गरेभन्दा पनि हुन्छ। बर्थ डेको दिन अझ फ्रेस हौँ भनेर मात्र  बिहानै एक्सरसाइज गर्न आएकी। 

श्रीकृष्णः मन्दिर गएर पशुपतिनाथको दर्शन गरिसकेपछिको कार्यक्रमचाहिँ के छ नि ? 

श्वेताः बर्थ डे पार्टी आयोजना गर्ने कार्यक्रम त तय भएको छैन, आफूभन्दा ठूलाको आशीर्वाद लिएसकें। आज त्योभन्दा बढी कार्यक्रम केही होला जस्तो छैन। 

श्रीकृष्णः बुवा-आमाको आशीर्वाद त लिनै पर्छ तर बर्थ डेको दिन मेरा लागि विशेष टि्रट के छ ? 

श्वेताः (लामो हाँसो...) यो हाम्रै होटल (इन्द्रणी हिमालय) हो नि, जे खाए पनि भैहाल्छ नि ! अँ तपाईंले भन्नु भएको जस्तो विशेष टि्रटचाहिँ...अँ आज साँझ एउटा अफिसियल मिटिङ छ नि, त्यही बेला केही विशेष गरौंला है। 

श्रीकृष्णः तिम्रो त आज अर्को एउटा चलचित्रको मिटिङ पनि छ हैन ? 

श्वेताः हो-हो, मिटिङ पनि छ। अँ...बर्थ डेको टि्रट खानलाई त बर्थ डे गिफ्ट पनि चाहियो नि, मलाई के गिफ्ट दिनुहुन्छ ? 

श्रीकृष्णः ल तिमी नै भनन, आजको दिनमा तिमीलाई के आवश्यक छ। तिमी जे भन्छौ म त्यही गिफ्ट दिन्छु। 

श्वेताः गिफ्ट पनि माग्ने कुरा हो र, त्यो त आफ्नै मनले पो दिनुपर्छ त। 

श्रीकृष्णः हुन त गिफ्ट भनेको भनेर दिने कुरा होइन तर तिमी परफ्यूमको सौखिन हौ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ। तिमी जुन ब्रान्डको परफ्युमको डिमाण्ड गर्छौ म त्यही दिन्छु। 

श्वेताः धन्यवाद...धन्यवाद। 

श्रीकृष्णः वास्तवमा बर्थ डेको दिन तिमीले सबैभन्दा पहिले आमा-बुवाको आशीर्वाद लिएको मलाई असाध्यै मन पर्‍यो। यस्तो स्वभावका युवतीहरू मलाई असाध्यै मन पर्छन्। संस्कार र संस्कृतिलाई पछ्याउने युवतीहरू मलाई मात्र  होइन सबैलाई मनपर्छन्। अझ भगवानलाई सम्झेर मन्दिर जाने युवतीहरू मन नपराउने को होलान् ? 

श्वेताः मन्दिर जाने भन्दै हुनुहुन्छ। म त तयार भैसकें, तपाईं किन तयार नभएको त ? 

श्रीकृष्णः म १० मिनेटमै तयार भैहाल्छु नि। अनि सुनन...तिमीलाई पहिलेदेखि नै एउटा कुरा भन्न मन थियो, माइन्ड त गर्दिनौ नि ? तिमी बिहानदेखि बेलुकासम्म यसरी व्यस्त हुन आवश्यक छ र ? 

श्वेताः तपाईंलाई थाहै छ नि म चलचित्रमा आउनुभन्दा अघिदेखि नै नोकरी गर्थें। अहिले पनि म एमआरएस इन्जिनियरिङमा काम गर्छु। मेरो पुरानो पृष्ठभूमि नै अफिस हो। आफ्नो काममा व्यस्त भएन भने, करियरमा ध्यान दिएन भने  मान्छे कसरी अघि बढ्न सक्छ ।

श्रीकृष्णः वैशाखदेखि हामीले निर्माण गर्ने नयाँ चलचित्रको नायिका पनि तिमी नै हौ भन्ने त थाहा छ नि ? 

श्वेताः थाहा छ नि, उक्त चलचित्रमा म बिल्कुलै पृथक भूमिकामा प्रस्तुत हुँदैछु। 

श्रीकृष्णः मैले नबुझेको कुरा चाहिँ, चलचित्रको छायांकनका बेला तिमी चलचित्रलाई बढी महत्व दिन्छौ कि आफ्नो अफिसलाई ? 

श्वेताः त्यो समयका लागि त म अहिलेदेखि नै तयार छु। स्क्रिप्टअनुसार अहिलेदेखि नै मैले एक्सरसाइज गर्न थालिसकेकी छु। त्यो समयलाई मैले व्यवस्थापन गरिसकेकी छु। 

श्रीकृष्णः 'कहाँ भेटिएला' मा काम गर्ने बेलामा भन्दा अहिले तिमी बढी व्यस्त छौं, छायांकन प्रारम्भ हुने हाम्रो नयाँ चलचित्रमा तिमीले दुःख दिन्नौ भन्ने के ग्यारेन्टी छ ? 

श्वेताः म बाहिरको काममा जति नै व्यस्त भए पनि चलचित्रलाई सम्पूर्ण समय दिन्छु। मानसिक रूपले तयार भएरै मैले तपाईंको चलचित्रमा काम गर्छु भनेकी हुँ। त्यसैले ढुक्क हुनु भए हुन्छ, म कुनै पनि प्रकारको दुःख दिन्न, म बाट  कुनै धोका हुने छैन। 

श्रीकृष्णः कहाँ भेटिएला पछि पुनः हाम्रो चलचित्रमा काम गर्न पाउँदा कस्तो लागिरहेको छ ? 

श्वेताः म त्यसका लागि विशेष गरी तपाईंप्रति आभारी छु। 

श्रीकृष्णः नयाँ चलचित्रको कथा तिमीलाई कस्तो लागेको छ ? 

श्वेताः नढाँटी भन्नु पर्दा मैले पहिलो चलचित्रबाट पनि दर्शकलाई केही सन्देश दिने प्रयास गरेकी थिएँ। दोस्रो चलचित्रको कथा मलाई असाध्यै मन परेको छ। यथार्थतामा आधारित भएकाले मलाई यो नयाँ चलचित्रको कथा मन परेको  हो। यसमा मैले एउटी युवतीको व्यथा चित्रण गर्नुपर्नेछ। यो यथार्थ घटनामा आधारित चलचित्र हो। 

श्रीकृष्णः मेरो चिन्ता के हो भने, हामी दुवै एउटै व्यवसायमा व्यस्त छौं। हामी मध्ये एक जनाले त चलचित्रलाई पर्याप्त समय दिनै सक्दैनौं। हामीले समयचाहिँ कसरी म्यानेज गर्ने ? 

श्वेताः हामीले धेरै गहिरो अनुसन्धानपछि होटल व्यवसाय प्रारम्भ गरेका हौं। हामीले हाम्रा बिजनेस पार्टनरहरूलाई पनि चलचित्रको छायांकनका बेला हामी व्यस्त हुन्छौं भन्नुपर्छ। 

श्रीकृष्णः कहाँ भेटिएलाकी मुना र यो नयाँ चलचित्रकी युवतीमा के फरक छ ? 

श्वेताः सबै कुरा त म अहिले भन्न असमर्थ छु तर दर्शकले यो चलचित्रमा श्वेता खड्काको एउटा अलग्गै रूप देख्न पाउनेछन्। 

श्रीकृष्णः हामीले यो चलचित्रमा काम गर्दा एक-अर्कालाई सहयोग पुग्ने गरी गर्नुपर्छ भन्ने त थाहा छ ? 

श्वेताः किन थाहा नहुनु नि। हामी एक-अर्काप्रति सहयोगी नभएको भए विगत ६ वर्षदेखि कसरी सँगसँगै हुन्थ्यौं र ? 

श्रीकृष्णः तर तिम्रो झट्ट रिसाउने (टेम्पर हाइ) बानीले चाहिँ कता-कता शंका पनि लाग्छ ! 

श्वेताः बिजनेसमा हात हालेपछि अलि-अलि रिस त जसलाई पनि उठिहाल्छ नि ! तर म तपाईंले भन्नु भएजस्ती रिसाहा पनि छैन है !

श्रीकृष्णः रिस त मलाई पनि उठ्छ तर म त्यो रिसलाई दबाउन सक्छु। तिमी चाहिँ आफ्नो रिस सबैको सामु देखाइदिन्छौं। 

श्वेताः ल ठीक छ...म यो आफ्नो रिसाउने बानीलाई आजैदेखि सुधार गर्छु। अब त चित्त बुझ्यो...म चलचित्रमा त यो पक्ष आउनै दिन्न। 

श्रीकृष्णः तिम्रो रिसाउने बानीले हाम्रो सम्बन्धलाई पनि प्रभाव पार्न सक्छ है ! 

श्वेताः यो आफैं आउने कुरा होइन, परिस्थितिले सिर्जना गर्ने कुरा हो, तर म आजैदेखि रिसाउन कम गर्छु है मेरो हजूर....

श्रीकृष्णः रिसले होइन मायाले कुनै पनि मान्छे आफ्नो हुनसक्छ भन्ने कुरा  बुझ्नुपर्छ है !

श्वेताः हुन्छ...तपाईंको कुरा मैले कहिले काटेकी छु र...

श्रीकृष्णः बिहान ६ः३० बजेदेखि हामीसँगै हुन्छौं। क्लब आउँछौं, एक्सरसाइज गर्छौं। तिमी १० बजे अफिस जान्छौं। बेलुका फेरि हाम्रो भेट हुन्छ। हाम्रो जीवन काममै बितिरहेको छ। हामीले आफ्नो व्यक्तिगत जीवन नै पाएका छैनौं।  मान्छेले हाम्रो सम्बन्धका बारेमा के-के सोचिरहेका हुन्छन्। 

श्वेताः हो त, हामी जहिले पनि सँगै हुन्छौं, पार्टी गयो सँगै, विदेश गयो सँगै, रेस्टुराँमा खाना खान गयो सँगै, भएपछि अरूले त सोच्ने नै भए नि ! 

श्रीकृष्णः ल अब टपिक चेञ्ज गरौं । भ्यालेन्टाइन डे आयो भन्दैछन्। मैले त अहिलेसम्म यो डे मनाएको पनि छैन तर खै किन हो यसपटकको भ्याले न्टाइन डे चाहिँ तिमीसँगै मनाउने मन छ। तिम्रो विचार के छ ?

श्वेताः हा हा हा...हाउ रोमान्टिक ! यसपटकको हाम्रो भ्यालेन्टाइन डे जहाँसम्म लाग्छ  विशेष हुनेछ। 

श्रीकृष्णः तर मैले त अहिलेसम्म भ्यालेन्टाइन डे मनाएको पनि छैन। कसरी मनाउने, मलाई  सिकाउ है !

श्वेताः त्यो त मान्छेले आफूलाई समयअनुसार परिवर्तन गर्नुपर्छ नि ! भ्यालेन्टाइन डे  मनाउन पनि सिकाउनुपर्छ र ? 

श्रीकृष्णः तिमीलाई एउटा कुरा थाहा छ, एउटा सफल पुरुषको पछाडि एउटी नारीको हात  हुन्छ भन्छन्। आज मलाई त्यो भनाइ सही हो जस्तो लाग्छ। म चलचित्र क्षेत्रमा रमाइरहेको  मान्छेलाई तिमीले बिजनेसमा तान्यौ, सफल हुने क्रममा पनि छौं। त्यसका लागि तिमीलाई  धेरै-धेरै धन्यवाद। वास्तवमा म तिमीलाई चलचित्रमा स्थापित गर्न चाहन्थे तर उल्टो तिमीले  पो मलाई बिजनेसमा स्थापित गराउने भयौ। 

श्वेताः तपाईंलाई एउटा कुरा थाहा छ, बिजनेश गर्ने भनेकै सेलिब्रेटीले हो। पब्लिक रिलेसन  भएको मान्छेले बिजनेस गर्‍यो भने उसले कहिल्यै असफलता बेहोर्नु पर्दैन। तपाईं सेलिब्रे टीका रूपमा स्थापित भैरहेको बेला बिजनेशमा आउनु भएको छ, अवश्य सफल हुनुहुनेछ। 

श्रीकृष्णः तर, मैले पहिले कहिल्यै नमनाएको भ्यालेन्टाइन डे यसपटक तिमीसँगै मनाउन  मन छ। भनन कसरी मनाउने ? 

श्वेताः ल ठीक छ, म प्लानिङ गर्छु नि। हुन त मैले स्कुल पढ्दा पिकनिक गएर भ्याले न्टाइन डे मनाएकै थिएँ। त्यसयता भ्यालेन्टाइन डे मनाएकी छैन। 

श्रीकृष्णः स्कुल पढ्ने केटाकेटीले मनाउने र हामीले मनाउने भ्यालेन्टाइन डेमा त फरक  होला नि ? 

श्वेताः प्रेमि-प्रेमिकाहरूले मात्र भ्यालेन्टाइन डे मनाउनु पर्छ भन्ने छैन। विवाह भएका जो डीले पनि मनाइरहेका हुन्छन्। चिन्ता नलिनुहोस् हामी यसपालि सेलिब्रेट गर्छौं। 

श्रीकृष्णः त्यही त, हामी त्यो दिन के गर्छौं, त्यो त भन। 

श्वेताः म तपाईंलाई एउटा सरप्राइज गिफ्ट प्रिजेन्ट गर्छु। त्यसबाहेक त्यो दिन तपाईंका  लागि थप सरप्राइजमय हुने छ भन्ने कुरामा ढुक्क गराउन चाहन्छु। 

श्रीकृष्णः सुनन्, हाम्रो सम्बन्धका बारेमा धेरैले धेरै कुरा भन्छन्। तिम्रो र मेरोबीचको  सम्बन्ध कस्तो हो भनेर सोध्छन्। तिमी नै भनन, म उनीहरूलाई के जवाफ दिउँ ?

श्वेताः अविवाहित केटा र केटीलाई दिन-रात सँगै देखेपछि भन्नेले त जे पनि भन्छन् नि।  तपाईं र मबीच के छ भन्ने कुरा हामीलाई थाहा छँदैछ नि ! यस्ता प्रश्नहरू त मसँग पनि  धेरैले सोध्छन्। म त सबैलाई श्रीकृष्णजी मेरो राम्रो साथी हुनुहुन्छ भनिदिन्छु। सबै कुरा  बताइरहनु पर्छ जस्तो लाग्दैन है मलाई त ! हामी असल साथी हौं भनिदिनु न !

श्रीकृष्णः   असल साथी हौं भन्ने त सबैलाई थाहा छ नि तर यो जवाफले मात्र काम  चल्ने छैन अब ? 

श्वेताः अब के जवाफ दिने...मलाई त थाहा छैन। म त ग्ल्यामर क्षेत्रमा यो सामान्य कुरा  हो भनेर मानिसहरूलाई कन्भिन्स गर्छु। तपाईं पनि त्यस्तै भन्नुस् न। 

श्रीकृष्णः अब कन्भिन्स गर्ने अवस्थामा पनि त छैनौं नि हामी ? तिम्रो र मेरो केमेस्ट्रीको  कुरै बेग्लै छ भन्नेहरूलाई के भन्ने ?

श्वेताः यो ग्ल्यामर क्षेत्रमा यस्तै हुन्छ भनिदिनु न। 

श्रीकृष्णः चलचित्र 'कहाँ भेटिएला' को क्लाइमेक्समा तिम्रो र मेरो विवाह हुँदा चलचित्र  हलका दर्शकहरूको यी दुई जनाको वास्तविक जीवनमै विवाह हुनुपर्छ भन्ने चाहनालाई  चाहिं तिमी के भन्छौ नि ? 

श्वेताः  त्यो भनेको त दर्शकहरूले हाम्रो जोडीलाई मन पराएको मात्र हो नि ! 

श्रीकृष्णः एउटा कुरा भन त, तिमी मलाई कत्तिको मिस गर्छौ ? 

श्वेताः बिहानदेखि बेलुकासम्म सँगै भए पनि म तपाईंको अनुपस्थितिमा प्रायः मिस  गरिरहन्छु। 

श्रीकृष्णः म केही दिनलाई विदेश गएँ भने कत्तिको मिस गर्छौ नि ? 

श्वेताः बिजनेस पार्टनर नै विदेश गयो भने त २४ सै घण्टा मिस गर्छु नि ! मैले बिर्सने  क्षण नै हुँदैन। 

श्रीकृष्णः म अर्कै युवतीसँग डेटिङ गएँ भने नि ? 

श्वेताः तपाईंले त्यस्तो गर्नु हुन्छ भन्ने त मैले चिताएकी पनि छैन। 

श्रीकृष्णः मैले जोक गरेको है, प्लिज नेभर माइन्ड। 

श्रीकृष्णः हाम्रो यो सम्बन्धको भविष्य के त ? 

श्वेताः भोलिको दिनमा हाम्रो विवाह होला-नहोला, हामी श्रीमान्-श्रीमती बनौंला अथवा  नबनौला तर एउटा असल साथीचाहिँ जिन्दगी भरी नै रहिरहने छौं। 

श्रीकृष्णः मसँग विवाह हुने सम्भावनाचाहिँ कत्तिको देखेकी छौ ? 

श्वेताः भविष्यको कुरा त म अहिले नै भन्न सक्दिन। संगत गरेको ६ वर्ष भैसक्यो। बजारमा  हाम्रो सम्बन्धका बारेमा कस्ता-कस्ता हल्ला चल्छन्। मलाई त हाम्रो विवाह यसअघि नै  भैसक्नु पर्ने थियो जस्तो लाग्छ तर खै भएको छैन त। 

श्रीकृष्णः मेरो बानी तिमीलाई कस्तो लाग्छ ? 

श्वेताः सबैसँग घुममिल गर्न सक्ने एउटा राम्रो मान्छे। मलाई तपाईंको बानी बेहोरा  मनपर्छ। आउटलुकमा त तपाईं सधैं हिरो, हेन्डसम नि। अनि मेरो चाहिं तपाईंलाई के मन  पर्छ ? 

श्रीकृष्णः प्लस टु मात्र सकेकी एउटी युवती बिजनेशमा समेत सफल भएको देखेपछि  तिम्रो हिम्मतलाई मैले मानेँ। तिम्रो हिम्मतिलो स्वभाव नै मलाई असाध्यै मनपर्छ। रुपमा त  तिम्री राम्री छौ नै, फिगर पनि राम्रो छ तर त्योभन्दा पनि ठूलो कुरा तिम्रो आँटलाई मैले  मानेको छु। तिम्रो त्यही आँटका कारण मैले तिमीलाई मन पराउन थालेको हुँ। 

श्वेताः मेरो प्रसंसा गरिदिनु भएकोमा धेरै-धेरै धन्यवाद। तपाईंको कुरा सुनेर मेरो आँखाबाट  आँसु नै आयो। 

श्रीकृष्णः लिउ, यो रुमालले आँसु पुछ....चिन्ता नलिउ, आज तिम्रो बर्थ डेको दिन म  दिनभरि तिमीसँगै रहनेछु।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis