CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » देशभरका जंगलमा भीषण आगलागी हजारौं हेक्टर जंगल सखाप, काभ्रेमा १ को मृत्यु

देशभरका जंगलमा भीषण आगलागी हजारौं हेक्टर जंगल सखाप, काभ्रेमा १ को मृत्यु

firing at forest काठमाडौं, बैशाख १–सुख्खायाम सुरु भएसँगै देशभरका सामुदायिक बनमा भीषण आगलागी भएको छ । आगलागिबाट हजारौ हेक्टर जंगल सखाप भएको अधिकारीहरुले जनाएका छन् ।
तराईका साथै पहाडि र हिमाली क्षेत्रका हजारौं हेक्टर जंगल आगलागिबाट सखाप भएको हो । अधिकारीहरुका अनुसार तराईका बारा, पर्सा, रौतहट, सिरहा
लगायतका जिल्लाका बनजंगल डढेलोबाट नराम्ररी प्रभावित भएका छन् । पहाडि जिल्लामा पनि अवस्था उस्तै छ । सो क्षेत्रका कतिपय स्थानमा डढेलो नियन्त्रणबाहिर रहेको अधिकारीहरुको भनाई छ ।
आईतबामात्रै काभ्रे, धादिङ, गोर्खा, तनहुँ, चितवन लगायतका जिल्लामा रहेका सामुदायिक बनमा भिषण डढेलो (आगलागी) लागेको छ । काभ्रेमा लागेको डढेलोबाट १ जनाको मृत्यु समेत भएको छ । कोशीदेखा ६ स्थित जंगलमा लागेको आगो निभाउन खोज्दा पोलेर स्थानीय ५० बर्षीय मानबहादुर पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोलेर घाइते भएका उनलाई उपचारको लागि अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णजी अधिकारले बताए ।
चैत, बैशाख महिनामा डढेलो तथा आगलागीको उच्च जोखिम हुने गर्छ । गत वर्षहरुमा पनि यो समयमा जंगलहरुमा व्यापक मात्रामा आगलागी हुने गरेको थियो ।
आगलागिबाट जंगल त मासिने भयो नै यस बाहेक वातावरणमा समेत नकारात्मक असर पर्ने वातावरण विद्धहरुको भनाई छ । डढेलोबाट जंगलमा भएको बहुमूल्य जडिबुटी, चराचुरुङ्गी तथा जीव–जनावर समेत मासिन पुग्छन् । आगलागीबाट वर्षेनी हजारौं हेक्टर जंगलको विनास हुने गरेपनि सरकारले डढेलो नियन्त्रणको लागि खासै प्रभावकारी कदम चाल्न नसकेको सरोकारवालाहरुको गुनासो छ । डढेलो नियन्त्रणका लागि नेपाल सरकार अन्तरगतको आधिकारीक निकाय बन मन्त्रालय गम्भीर ढंगले अगाडी बढ्नुपर्ने उनीहरुको माग छ ।
विभिन्न कारणले जंगलमा आगलागी हुने गरेपनि कतिपयले भने जानीजानी आगो लगाइदिने गरेको बताइन्छ । काठ तस्कर, स्थानीय बासिन्दा र कतिपयले त उट्पट्याङ तथा रमाइलोका लागि समेत आगो लगाउने गरेको डढेलो प्रभावित क्षेत्रका बासिन्दाको भनाई छ । पहाडि क्षेत्रमा राम्रो घाँस पलाओस् भनेर आगो स्थनीयले नै आगो लगादिने गरेको पाइएको छ । बस्तुभाउ चराउन तथा घाँस काट्नको लागि समेत कतिले जंगलमा आगो लगाइदिने गरेको धादिङ खाल्टेका एक स्थानीयले ग्रेटवेअनलाईनलाई जानकारी दिए । उनका अनुसार सो क्षेत्रका जंगलहरुमा पनि आगलागि भएको छ । यसैगरी काठ तस्करी सहज बनाउन तस्करहरुले समेत जंगलमा आगो लगाइदिने गरेको बताइछ ।
-- अन्लाईन ग्रेट वे 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis