CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » सफल प्रेमको रहस्य

सफल प्रेमको रहस्य



फल प्रेमले समस्याको समाधान पहिल्याउँछ, शान्ति र सन्तुष्टि दिन्छ भने असफल प्रेमले दुर्घटना निम्त्याउँछ जुन हामी सबैले देखेका, सुनेका र भोगेका  कुरा हुन्। प्रेममा द्विपक्षीय विश्वासको जग बलियो भयो भने अमृततुल्य हुन्छ तर बेमतलब र अविश्वासले कहिलेकाहीं त्यो विष पनि बन्छ।

'जहाँ प्रेम छ त्यहा जीवन छ' भन्ने महात्मा गान्धीको भनाइले
पनि प्रेमको महत्त्वलाई उजागर गरेको छ। प्रेमको न कुनै सीमा हुन्छ न कुनै मूल्य र  मान्यता नै। प्रेमलाई जात, धर्म, परिवेश, उमेर केहीले प्रभाव पार्न सक्दैन। कसैको दबाब र हेल्चेक्य्राइँले गर्दा मात्र यी कारण प्रेमका बाधकझैं लाग्न  सक्छन्, तर ती वास्तविक बाधक भने होइनन्। 

'वैरीलाई मित्र बनाउन सक्ने एउटै शक्ति प्रेम हो' भनेका छन् मार्टिन लुथरले। प्रेमले सफल जीवन जिउन मद्दत गर्छ भने यसले जीवनशैली परिवर्तन गर्न समेत उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। नेपालीमा पनि एउटा भनाइ प्रचलित छ- प्रेममै सबै समस्याको समाधान छ। 

'प्रेम गर्नुबाहेक प्रेमको कुनै उपचार छैन,' हेनेरी डेभिड थोरोको यो भनाइले प्रेमको आवश्यकता र यसको महत्त्वलाई इंगित गर्छ। प्रेम जो-कसैसँग पनि  गर्न सकिन्छ तर यहाँ विपरीत लिङ्गीबीचको प्रेम सम्बन्धका बारेमा मात्रै चर्चा हुँदैछ। सञ्चार र प्रविधिमा आएको क्रान्तिसँगै प्रेम गर्ने शैली र प्रेमको  परिभाषाको भित्रि पाटोसमेत परिवर्तन भैसकेको छ। पश्चिमेली शैलीलाई पछ्याउँदै आजका जोडीहरू आफूलाई प्रेममय बनाइरहेका छन्। 

माया र प्रेमबिना न शान्ति मिल्छ न सन्तुष्टि। त्यसैले समय र परिस्थितिअनुकूल प्रेम गर्नु आवश्यक छ। सञ्चारमाध्यमको सर्वव्यापकता, यौन शिक्षा र  खुला प्रेम अभिव्यक्तिले नेपाली समाज पनि बिस्तारै खुल्दै गएको छ। यौन जस्तो मामिलामा खुलापन आउनु पनि सान्दर्भिक छ जुन कुरा लुकाएर राखिन्छ  त्यसप्रति आममानवको चासो स्वाभाविक रूपले बढ्छ। यो मानवीय व्यवहार पनि हो। 

'सत्यका लागि संसार सबैभन्दा डरलाग्दो छ र प्रेमका लागि सबैभन्दा सानो' शेक्यपियरको यो भनाइले पनि प्रेमको महत्त्व उजागर गरेको छ। वास्तवमै  प्रेम नहुँदो हो त यो संसारमा न कोही बाँच्न सक्थ्यो न कसैको आवश्यकता नै हुने थियो।

यतिधेरै महत्त्व बोकेको प्रेममा पनि कैयौं फेल हुन्छन्। प्रेममा निरन्तरको असफलताले जीवनलाई नै पछाडि धेकेलिदिन्छ। बढ्दो उमेर र चढ्दो बैंससँगै  विपरीत लिङ्गीबीच प्रेमको टुसा उमि्रन थाल्छ। त्यो टुसा उचित वातावरण मिले मात्र हुर्कने बढ्ने फूल फुल्ने र फल दिने हुन्छ। यदि त्यसलाई समयमै  गोडमेल वा राम्रो हेरविचार गरिएन भने बीचमै तहसनहस भएर मृत्यु  पनि हुनसक्छ।

जब प्रेमको मृत्यु हुन्छ तब त्यहाँ दुवैको मनमा एउटा तरङ्ग उत्पन्न हुन्छ। असफल प्रेमलाई जित्न नसकेकाहरू जीवन यात्राबाटै हार खान्छन् र आफ्नो  जीवनयात्रालाई नै पूर्णविराम लगाउनसम्म पछि पर्दैनन्। यस्ता कैयौं घटना हाम्रो मानसपटलमा सल्बलाइरहेका छन्। अर्काे पक्ष अर्थात् असफल प्रेमलाई  जित्ने पक्ष पुनः नयाँ प्रेम सम्बन्ध अघि बढाउन लालायित हुन्छ। खेलमा झैं प्रेममा पनि हारजित हुन्छ तर खेलको हारजित सँग प्रेमसम्बन्धको तुलना  गर्नुहुँदैन। खेलमा हारजित स्वाभाविक हो भने प्रेममा हार हुनु कुनै एक पक्षको अविश्वास हो।

हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ५३ प्रतिशत युवा र ३८ प्रतिशत युवतले आफूले रोजेको साथीसँग विवाह गछर् न्। उक्त अध्ययनअनुसार युवायुवतीको प्रेम अवधि औसतमा १४ महिनाको हुन्छ। प्रेम असफल हुनुको प्रमुख कारण एक-अर्कामा विश्वासको कमी हो।  यसका अतिरिक्त अन्य कारणले पनि प्रेम असफल हुन्छ। ती कुरामा बेलैमा ध्यान पुर्‍याउने हो भने आफ्नो प्रेमसम्बन्धलाई सफलताको शिखरमा पुर्‍याउन  सकिन्छ।

प्रेमसम्बन्ध सुधार्ने केही उपाय

अनावश्यक शंका गर्नुहुँदैन, जसले आफ्नो प्रेमी/प्रेमिकाको मनमा अनावश्यक शंका उब्जिन सक्छ र विवाद उत्पन्न हुन्छ। 

एक-अर्काको गल्ती देखिनेबित्तिक्कै खुलस्त भन्नुपर्छ र कमजोरीलाई सुधार्नतर्फ लाग्नु बेस हुन्छ। गल्ती गरेकोमा सजाय दिनु र एउटै गल्तीलाई पटक- पटक भनेर होच्याउने काम गर्नुहुँदैन। किनभने गल्ती मानवीय स्वभाव हो। सोही प्रकृतिको गल्ती भने दोहोरिन दिनु हुँदैन।

गल्ती गर्ने, काम बिगार्ने जस्ता अपि्रय काम भए माफी माग्ने र दिने वानीको विकास गर्नु राम्रो मानिन्छ।

गल्ती गर्ने, काम बिगार्ने जस्ता अपि्रय काम भए माफी माग्ने र माफी दिने बानीको विकास गर्नुपर्छ।

आफ्ना प्रेमी/प्रेमिकाको जन्मदिन, विशेष अवसर, चाडपर्व जस्ता अवसरमा गिफ्ट तथा शुभकामना दिन बिर्सन हुँदैन।

एक-अर्काको दुःखमा सहानुभूति दिनुका साथै सहयोगका लागि तत्पर रहनुपर्छ, जसले प्रेमसम्बन्धलाई अझ प्रगाढ बनाउँछ।

चकलेट पनि धेरै खाँदा तीतो हुन्छ त्यसैले पलपल भेट्ने बानी राम्रो होइन। अनावश्यक शंका वा कुनै पनि निहुँमा झगडा हुन सक्छ। त्यसैले विशेष  समयमा मात्र भेटघाट गर्नु राम्रो हुन्छ।

दुवैको प्रेम स्वार्थहीन हुनुपर्छ। अचेल यौनआनन्द प्राप्तिका लागि प्रेमको नाटक गर्ने युवा-युवतीहरू पनि उत्तिकै छन्। यस्तो प्रेम यौन आनन्द प्राप्ति पछि  टुङ्गनि सक्छ।

यदि कसैले एकोहोरो माया गर्न थालेको छ तर आफूलाई मन पर्दैन भने सुरुमै चटक्क छाड्नुपर्छ। यस्तो मायामा फसेपछिको नतिजा राम्रो हुँदैन।

कसैको सम्पत्ति, शरीर र पारिवारीक अवस्था हेरेर प्रेम गर्नु राम्रो होइन। जसको नतिजा घातक हुने सम्भावना रहन्छ। यसका साथै पैसा असुल्ने किसिमले  प्रेम गर्नेहरूबाट पनि सावधान रहनुपर्छ।

अचेल डेटिङ संस्कार फस्टाएको छ। डेटिङमा जाँदा दुवैले खर्च गर्ने बानीको विकास गर्नुपर्छ नत्र नकारात्मक भावनाको विकास हुन सक्छ।

बोलचालका हरेक शब्दमा माया झल्कने शब्दहरू प्रयोग गर्नुपर्छ, साथै सुरुमा भेट हुँदा र छुट्न लाग्दा मायालु सम्बोधन गर्नुपर्छ। 

जीवनशैली र व्यक्तित्वमा एक-अर्काको चाहना बुझ्न सक्नुपर्छ।


राम जि बलामी


Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis