CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » अक्षयकुमारको सिनेमाले २० खर्ब रुपिया

अक्षयकुमारको सिनेमाले २० खर्ब रुपिया


बलिउडका खेलाडी नायक अक्षय कुमारले नयाँ इतिहास रचेका छन् । उनले आजसम्म अभिनय गरेका सिनेमाले २० खर्ब रुपिया  कमाएको छ । यो बलिउडका कुनै एक नायकले अभिनय गरेको सिनेमाले कमाएको सबैभन्दा ठूलो रकम हो । अक्षय कुमारले ट्विटर मार्फत सबैलाई धन्यबाद दिएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘मेरो जिन्दगीमा सबैलाई पाएर म खुशी छु । विशेषगरी मेरा फ्यानहरुलाई धन्यबाद जसले मलाई साथ दिएका छन् ।’अक्षय कुमार भारतका एक मात्र यस्ता नायक
हुन् जसले ३ बर्षमा लगातार ४-४ वटा हिट सिनेमा दिएका छन् । उनको पछिल्ला सफल चलचित्रहरुमा राउडी राठौंर, हाउसफुल, हाउसफुल २, सिंह इज किंग, नमस्ते लण्डन, हमको दिवाना कर गए, ऐतराज, ओ माइ गड, खिलाडी ७८६ लगायतका छन् ।
अक्षयले बलिउडका तिन खानलाई समेत पछि पारेका छन् । यो सूचिको दोश्रो नम्बरमा सलमान खान छन् जसले अभिनय गरेको चलचित्रले आजसम्म १७९४ करोड कमाएको छ । यस्तै नायक साहरुख खानका सिनेमाले १४७२ करोड र अजय देवगनका सिनेमाले १४४७ करोड कमाएका छन् । अक्षय कुमारले दुई दशकमा बलिउडमा सबैभन्दा धेरै सिनेमामा अभिनय गरेका छन् ।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis