CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » नांगो तस्बिर सार्वजनिक गरेर बेइज्जत गर्ने "कुख्यात" सेलिब्रेटी !

नांगो तस्बिर सार्वजनिक गरेर बेइज्जत गर्ने "कुख्यात" सेलिब्रेटी !


टि्वटरमा उनका करिब १ लाख फलोअर देख्नेहरूलाई उनी निकै प्रख्यात सेलिब्रेटी लाग्छन्। नलागून् पनि किन ? हजारौंले  उनको स्टाटसलाई रिप्लाई गरेका छन्। उनले सञ्चालन गरेको बेवसाइट कुनै दिन दैनिक ३ लाखभन्दा बढीले हेर्थे। उनको  आम्दानी महिनामै २० हजार डलरभन्दा बढी हुन्थ्यो।

यी सब थाहा हुनेलाई त उनी अझ प्रख्यात लाग्लान्, तर उनी प्रख्यातिका कारण नभै कुख्यातिका कारण चर्चित छन्। इन्टरने टमा उनी हन्टर मोरको नामले चिनिन्छन्। यीनको नाम सुन्नेबित्तिकै हजारौंको नाकको पोरा घृणाले फुल्छ। धेरै युवती रिसले  क्रुद्ध हुन्छन्। उनले कामै त्यस्तो गरेका छन्। यिनी इन्टरनेट सञ्जालभर कुख्यात पात्रका रूपमा चिनिन्छन्। सोच्नुस् त, तपाईंको नांगो तस्बिर कसैले इन्टरनेटमा राखेर सामाजिक सञ्जालमार्फत् विश्वभर फैलाइदियो र ठट्टाको पात्र बनाइदियो भने के  होला ? त्यस्तो मान्छेलाई तपाईं कति घृणा गर्नुहुन्छ ?

हन्टर मोरले त्यस्तै गरेका छन्। एक जनाको मात्र होइन्, सन् २०१० देखि २०१२ सम्म सञ्चालनमा आएको इजएनिवनअप  नामक उनको स्वामित्वमा रहेको वेबसाइटले दुई वर्षमा कत्तिको नांगो तस्बिर सार्वजनिक गरेर बेइज्जत गराइदियो, त्यसको  कुनै हिसाबकिताब छैन। मोरले चलाइएको वेवसाइट 'रिभेन्ज पोर्न' नामले पनि कुख्यात छ। आफूलाई रिस उठेको मान्छेको  नांगो वा कुनै गोप्य तस्बिर उनको वेबसाइटमा राखिदिए उनले त्यसलाई विश्वभर फैलाइदिन्थे। त्यत्तिले मात्र कहाँ पुग्थ्यो र ?  उक्त तस्बिर सम्बन्धित व्यक्तिको फेसबुक र ट्वीटरको प्रोफाइलमा राखेर उसका आफन्त र नजिकका साथीभाइबीच पनि बे इज्जत गराइदिन्थे। 

सारा मान्छेको हुर्मत लिएर आनन्द मान्ने यी हन्टर मोर कहिल्यै कसैसँग डराएनन्। न अमेरिकी प्रहरीले उनलाई छुन सकेको  छ। उनी त अरुले गर्न नसक्ने काम गरेको भन्दै मख्ख छन्। कतिपय महिला र पुरुषले आफ्नो तस्बिर वेबसाइटबाट हटाइदिन  उनलाई लाखौं डलरको प्रलोभन देखाए। कतिले उनलाई धम्क्याए, तर उनी कत्ति पनि डगमगाएनन्। बरु, झन् उत्साहित भए।  अरुको दुःखको क्रन्दन सुनेर आनन्द मानिरहे। कसैले बदला लिन वेबसाइटमा राखिदिएको अश्लील तस्बिरले कसको जीवनमा  कति ठूलो बर्बादी ल्यायो उनले हेक्का राखेनन्। बरु, आफ्नो कमाई र कुख्यातिको मातले पुलपुलिए।

उनको वेबसाइटमा विशेषतः युवायुवतीले आफ्ना पूर्व प्रेमीप्रेमिकाको नांगो र गोप्य तस्बिर राखिदिएका थिए। तीनमा युवतीकै  तस्बिर बढी थिए। मायाले पग्लिएको बेलामा प्रायः मोबाइलबाट खिचिएका गोप्य तस्बिरहरूले धेरैको वैवाहिक जीवन तथा नयाँ  प्रेममा आँधी ल्याइदिएको थियो। मानिसहरू उनको वेबसाइटलाई जति घृणा गर्थे र रिस पोख्थे उनको वेबसाइट त्यति बढी  लोकप्रिय हुन्थ्यो। उनको कमाइ अझ बढ्थ्यो।

आफ्नो गोप्य तस्बिर हटाइदिन जसले उनलाई अनुरोध पत्र लेख्थे उसलाई हाँसोको पात्र बनाएर सार्वजनिक गरिन्थ्यो। त्यस्ता  अनुरोध पठाउनेलाई मजाक बनाउन उनको वेबसाइटमा छुट्टै ठाउँ थियो-डेली हेट। त्यसैले कमैले मात्र अनुरोधको चेष्टा गर्थे।  जतिले गर्थे ती हाँसोको पात्र बन्थे। उनीहरूको झन् बढी बदनामी गराइन्थ्यो। सर्वसाधारणले मात्र होइन, धेरै सेलिब्रेटीले पनि  उनको हर्कतका कारण बेइज्जति भोग्नुपर्‍यो। फ्लोरिडाको चर्चित ब्यान्ड अ डे टु रिमेम्बरका सदस्य जोसहुवा उडाईको गोप्य  तस्बिर इन्टरनेटमा राखिदिएका कारण ब्यान्डका सदस्यहरू मोरसँग निकै क्रुद्ध भए। त्यसैले, एक सहरमा आयोजित कन्सर्टमा  मोर उपस्थित हुने कुरा थाहा पाएपछि ब्यान्डले आफ्नो प्रस्तुति नै रद्द गर्ने धम्की दियो र उनलाई उक्त स्थानबाट बाहिर  निकाल्न लगायो। 

गत अप्रिल १९ मा बन्द भएको वेबसाइटका कारण मोरले हन्डर बेहोर्नु नपरेको होइन्। अमेरिकी गुप्तचर संस्था एफबीआईकै  एक अधिकारीकी छोरीको नांगो तस्बिर सार्वजनिक गरिएपछि उनीविरुद्ध अनुसन्धान सुरु भएको छ। उनी आफू बच्ने बठ्याइँ  गरेको छु भन्दै छाती फुलाउँदै हिँडेका छन्। मोरको वेबसाइट अरूले राखेकै तस्बिरले भरिएको थियो। आफूलाई रिस उठेको  मान्छेको गोप्य तस्बिर राख्न पाइने सुविधाका कारण धेरैले त्यसमा रिस उठेको मान्छेको नांगो तस्बिर राखिदिएका थिए। त्यसैले  उनी मेरो वेबसाइटमा मैले होइन, अरुले नै तस्बिर राखेका हुन् भन्दै आफू बच्ने कुतर्क गर्दै आएका छन्। उनको तर्कले  कतिदिन धान्छ हेर्न बाँकी नै छ।

बन्द हुनु एक वर्षअघि नै फेसबुकसँग उनको युद्ध सुरु भएको थियो। आफ्नो सञ्जाल प्रयोग गरेर मोरले अरुको अश्लील  तस्बिर ट्याग गरेको थाहा पाएर फेसबुले उनीविरुद्ध कानुनी लडाइँ लड्ने धम्की मात्र दिएन, उनको लाइक पेजसमेत  हटाइदियो। फेसबुकले अश्लिलता सहँदैन। त्यसैको सिकार भएका मोरले टि्वटरबाट भने सुविधा पाएका छन्। टि्वटरले  बालबालिकाबाहेक अरूको नांगो तस्बिर सेयर गरे केही फरक नपर्ने बताएपछि उनले धेरै टाउको दुखाउनुपरेको छैन। आफ्नो  नांगो तस्बिर साइटमा राखिएपछि झिक्न अनुरोध गर्ने एक महिलालाई उनले फर्काएको जवाफ जिब्रो टोक्ने खालको छ।  तस्बिर हटाइदिनुपर्‍यो भन्दै गुहार माग्न आएकी ती महिलालाई उनले भनेछन्- 'तिम्रो टाउकोमा कसैले बन्दुक राखेर नांगो  तस्बिर खिच्न लगाएको हो र ? किन खिचेको त ?'

बुल्लीभिल्ली भनिने वेबसाइटलाई मोरले आफ्नो स्वामित्वको वेबसाइट बिक्री गरेपछि धेरैले राहतको सास फेरेका थिए।  इन्टरनेट बुलिङविरोधी बुल्लीभिल्लीलाई बिक्री पछि उनले खुलापत्रमार्फत् बालबालिकाले अश्लील तस्बिर राख्न थालेकाले  आफ्नो वेबसाइट बन्द गर्नुपरेको बताएका छन्। हाल उनको वेबसाइट सर्च गर्नेहरू सोझैं बुल्लीभिल्लीमा पुग्छन् जहाँ उनको  पत्र देख्न पाइन्छ।

आफूलाई नियमित अश्लिल तस्बिर पठाउने महिलाबाट प्रेरित भएर सुरु भएको उनको व्यक्तिगत ब्लग तहल्का मच्चाउने  इजएनिवनअप वेबसाइटमा परिवर्तन भएको थियो। उनले आफ्नो उक्त कुख्यात वेबसाइट कतिमा बेचे, कसैलाई थाहा छैन।  मोरले भनेका छन्-सस्तोमा बेचेको छु।

पछिल्लो समय उनी फेरि चर्चामा छन्। उनी फेरि नयाँ वेबसाइट खोल्ने तयारीमा जुटेपछि धेरैको मुटु चस्किएको छ। उनको  वेबसाइटबाट बेइज्जति खेपेर पीडित बनेका मनहरू फेरि चिरिएझैं भएको छ। अझ उनले आफ्नो नयाँ वेबसाइटमा घरको  ठेगाना र गुगल म्यापसहितको नांगो तस्बिर राख्ने भन्दै अन्तर्वार्ता दिएपछि पश्चिमी देशहरूमा हन्टरफोयिबा लागेझैं भएको  छ।

उनको यो योजनाले प्रेममा आत्मियता देखाउन गोप्य तस्बिर साटासाट गर्ने धेरैको मनमा ढ्यांग्रो ठोकेको छ। अझ ब्रेकअप  भएकाहरू त आफ्नो पालो पो आएको हो कि भन्ने शंकाले ग्रस्त हुन थालेका छन्। किनभने पूर्व प्रेमीप्रेमिकासँग बदला लिन  खोज्ने मान्छे संसारमा धेरै छन्।

यद्यपि संसारभरि हन्टर मोरको मात्र जगजगी रहनेवाला कहाँ छ र ? कम्प्युटर ह्याकरहरूको एउटा समूह दिनरात नभनी हात  धोएर उनको पछाडि लागेको छ। जसरी पनि हन्टर मोरको हर्कत बन्द गराउने र उनलाई कानुनी दायरामा ल्याउने भन्दै  समूहका सदस्यहरू सक्रिय छन्। समूहको नाम राखिएको छ-एनोनिम्स। यो समूहले हन्टरले नयाँ बनाउन लागेको साइट ह्याक  गरेर महत्वपूर्ण जानकारी पत्ता लगाएको दाबी गरेको छ। हन्टरको हरेक गल्तीको पछाडि उनीहरू झुम्मिएका छन्। 

यद्यपि हन्टरले त्यसमा खासै ध्यान दिएका छैनन्, बरु नयाँ वेबसाइट बनाउन आफू भिडियो आदि सामग्री बनाउन व्यस्त  भएको बताएका छन्। संसारलाई जिल्ल पार्ने गरी पहिलेको भन्दा खतरनाक नयाँ वेबसाइट सुरु गर्ने उनको दाबी छ। त्यसका  लागि डेढलाख डलर खर्च भैसकेको हन्टरले बताएका छन्। हेरौं, एण्डरसन वास्तविक नाम भएका यी हन्टर मोरको कुख्यातिको  क्रम कति दिनसम्म चल्नेछ ?

(एजेन्सीहरूको सहयोगमा)
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis