८ फागुन, काठमाडौं । ब्रसेल्स एयरपोर्टमा अरबौंको हीरा लुटिएको छ । लुटेराहरुले एन्टवर्पबाट स्वीट्जरल्याण्ड पठाउन लागिएको हीरा हवाई अड्डाको ठूलो सुरक्षा घेरा तोड्दै सोमबार साँझ चोरेका हुन् ।
ब्रसेल्स एयरपोर्टका प्रवक्ताले बताएअनुसार लुटेराहरुले करिव ३ मिनेटमा हिरा चोरेका थिए । सोमबार साँझ सुरक्षा भ्यानबाट हिरा स्वीट्जरल्याण्ड पठाउन एक हवाई जहाजमा राख्न लागिएको समयमा नै चोरी भएको हो । नकाब लगाएर आएका
लटेराहरु हतियारले सुसज्जित थिए ।
तर, घटनाका क्रममा एउटा पनि गोली चलेको थिएन । प्रहरीले हवाई अड्ड नजिकै एक जलेको गाडी बरामद गरेको छ भने लुटपाटमा संलग्न ८ जनाको खोजी भइरहेको छ । एन्टवर्प वल्र्ड डायमण्ड सेन्टरका अधिकारीका अनुुसार लुटिएको हिराको मूल्य ६७ मिलियन अमेरिकी डलर भन्दा बढी पर्छ । अधिकारीहरुका अनुसार यो अहिलेसम्मकै सबैभन्दा ठूलो डकैती हो ।