नेता केपी ओलीले सत्य वचन बोले, 'एमाले युवाहरूका लागि पाठशाला हो। जस्ता व्यक्ति पनि यसमा प्रवेश गर्न सक्छन्। को प्रवेश गर्दै छ भनेर तीन पुस्ते हेरिन्न। डन, गुन्डा जो पनि रूपान्तरण हुनेछन्।' ओलीलाई जति धन्यवाद दिए पनि पुग्दैन। राजनीतिमा गुन्डा कति आवश्यक छन्, उनले बिनाकपट प्रस्ट पारिदिए। हेक्का रहोस्- 'कपटपूर्ण' शब्दको अंग्रेजी संक्षिप्त रूप नै केपी हो।
यसै पनि 'शिक्षामा लगानी, बालुवामा पानी' राष्ट्रिय उखान भइसक्यो। भनिरहनु व्यर्थ छ- नेपालको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने थोत्रो कारखाना हो।
गुन्डाहरू नेपाली राजनीतिका अनिवार्य तŒव हुन् भन्ने सैद्धान्तिक जगमा एउटा प्रस्ताव गर्छु। भएभरका स्कुलहरू खारेज
गरौँ र तिनका ठाउँमा गुन्डागर्दीको पाठशाला खोलौँ। उसो त गुन्डागर्दीका सयौँ विश्वविद्यालय खोले पनि तिनले नेपाली राजनीतिले माग गर्ने गुन्डाहरू पूर्ति गर्न सक्दैनन्। जताततै गुन्डाको माग बढ्दो छ। घरायसीदेखि राष्ट्रिय प्रयोजनसम्मका लागि ती आवश्यक छन्। छिमेकीले साँध मिच्यो भने उसलाई तह लाउन गुन्डा लगाउनैपर्यो। टेन्डर र ठेक्का प्राप्तिका लागि गुन्डा चाहियो। आन्दोलन गर्न गुन्डा चाहियो, आन्दोलन दबाउन गुन्डा चाहियो। कुनै कुनै प्रसंगमा त पुलिसलाई तह लाउन पनि गुन्डा चाहियो। स्मरणीय छ, पुलिस र गुन्डा वर्गीय आधारमा भाइ-भाइ हुन्।
जहीँतहीँ गुन्डाहरूको राज छ। संसारको सबैभन्दा ठूलो गुन्डा अमेरिका हो। संसारका कुनै पनि राष्ट्रले बाँच्ने हो भने उसलाई 'हप्ता' बुझाउनैपर्छ। होइन भने यो वा त्यो निहुँमा (निहुँ प्रायः विश्व सुरक्षा र मानव अधिकारको रक्षा हुन्छ) स्वतन्त्र देशको आकाशमा उसका बमवर्षक विमान धुइरिन थाल्छन्। गुन्डागर्दीले नै अमेरिकालाई सुप्रिम बनाएको हो।
भारतको गुन्डागर्दीबारे आमनेपालीलाई केही बताउनै पर्दैन। नेपालमा सरकार हेरफेरसम्म गर्ने तागत राख्छ उसले। सार्वभौमसत्ता सम्पन्न वीर नेपाली वीरतापूर्वक उसको गुन्डागर्दी झेल्छ। अझ सीमा क्षेत्रमा बस्ने नेपालीलाई भलिभाँती थाहा छ- भारत कति ठूलो गुन्डा हो?

देशमा अहिले प्रधानमन्त्री सबैभन्दा ठूला गुन्डा भएका छन्। उनी बातैपिच्छे गोलीको कुरा गर्छन्। उनकी पत्नी हिसिलाको 'भाइगिरी' यति चरमचुलीमा छ कि उनले व्यापारी, सरकारी कर्मचारी, कसैसँग 'हप्ता' माग्न बाँकी राखेकी छैनन्। सुनेको कुरो- मुम्बईका नामुद डनहरू पनि उनीसँग दिव्य ज्ञान लिएर दीक्षित हुन लालायित छन् रे।
गृहमन्त्री यसै पनि गुन्डाहरूका सरदार हुन्। उनलाई सरकारको सिन्दुर लगाएका सुरक्षाकर्मीभन्दा आफ्ना गुन्डाहरूमाथि भरोसा छ। उनी शौचालय जाँदासम्म गुन्डाहरूबाट अंगरक्षण गराइरहेका हुन्छन्।
यो कृषिप्रधान देशका सबै नेताले गुन्डापालन गरेका छन्, कृषकहरूले बंगुरपालन गरेजस्तो। गुन्डाको खुवाइ र बसाइ बंगुरको जति साधारण हुँदैन। त्यसमाथि गुन्डाहरूको लवाइमा पनि ध्यान दिनुपर्छ। गुन्डाहरूको लवाइ, खुवाइ, बसाइ, सयर-भ्रमणमा पनि मनग्गे खर्च गर्नुपर्छ। त्यसका निम्ति अकुत पैसा चाहियो। गुन्डापालनका लागि पनि नेताले भ्रष्टाचार गर्नैपर्छ।
उहिले युद्ध सरदार भनिने प्रचण्ड अहिले गुन्डा सरदार भएका छन्। जनविद्रोहको ध्वाँस दिने वैद्यलाई गुन्डाहरूको आवश्यकता यसै पनि परिहाल्यो। कांग्रेस, एमालेका नेताहरू पनि राजनीतिक कार्यकर्तालाई भन्दा बढी गुन्डालाई विश्वास गर्छन्। यसो हेर्दा देशमा गुन्डाहरूको राज्य चलेको छ। संविधान बनेको भए त्यो गुन्डाहरूको मौलिक हक-अधिकार र सेवासुविधामा केन्द्रित त हुने थिएन? शंका लाग्छ- संघीयताको मुद्दा पनि गुन्डागर्दीकै नयाँ स्वरूप त होइन?
यसरी सिंगो देश गुन्डातन्त्रमा गइसकेको छ। भोलि प्रजातन्त्र या लोकतन्त्रको परिभाषा यस्तो हुनसक्छ- 'गुन्डाद्वारा गुन्डाका लागि गुन्डाको शासन।'
त्यसैले गुन्डागर्दीको पाठशाला अनिवार्य भइसक्यो। कलिला नानीहरूलाई यस पाठशालामा पढाइनेछ- हतियार विज्ञान, कुटपिट शिक्षा, असुलीशास्त्र आदि। डाक्टर, इन्जिनियर, शिक्षक, प्रशासक, लेखक, पत्रकार, प्राध्यापकजस्ता जनशक्तिको नेपाललाई अब काम छैन। गुन्डाजत्तिको अत्यावश्यक जनशक्ति उत्पादन गर्न अब राज्यले संस्थागत रूपमा पहल गर्नुपर्छ।
युगौँदेखि हामीले नानीहरूलाई कपुरी क, खरायो ख रटायौँ। इतिहास, भूगोल र गणित पढायौँ। तर, अब यस्तो शिक्षाको औचित्य समाप्त भइसक्यो। जति शिक्षित भए पनि गुन्डाबाटै शासित हुनुपर्ने त रहेछ नि आखिर। सुरुदेखि नै गुन्डा बनियो भने कम्तीमा जिन्दगी सुविस्तासँग चल्छ। त्यसैले, एक छाक मिठो नखाई, एक धरो राम्रो नलाई छोराछोरीलाई तथाकथित असल शिक्षा दिन प्रयत्नरत बाउआमाले बेलैमा बुझ्नुपर्यो। सन्तानलाई डाक्टर, इन्जिनियर बनाउने परम्परागत सपना देख्न छोड्नुपर्यो। गुन्डाहरूका बीचमा अस्तित्वका साथ बाँच्न गुन्डा नै हुनु जरुरी छ। आजको नेपालले तपाईंलाई आज दिने सबैभन्दा ठूलो पाठ यही हो।

विनोदविक्रम केसी- नागरिक न्युज