CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पारिजातको अमरकृतिमाथि मनपरी

पारिजातको अमरकृतिमाथि मनपरी


प्रख्यात साहित्यकार पारिजातको अमरकृति शिरीषको फूल माथि बनेको चलचित्रले “भाङ्ग्राको टोपीमा गुएलाको फूल” भन्ने नेपाली उखान सम्झाएको छ ।

हुन पनि, क्रियसन नेपालको ब्यानरमा जापानी निर्देशक तोसीआकी इतोको कमाल भनिएको यो चलचित्र हेर्दा ईश्वरवादी लाग्छ, जबकि उपन्यास निस्सारवादमा आधारित छ । वियोगान्त कथालाई संयोगान्त बनाइएको छ । सकम्बरीको मृत्युपछि सुयोगवीर सडकमा भौंतारिएको अवस्थामा उपन्यास सकिन्छ, तर फिल्ममा उनी गाउँ गएको देखिन्छ । निस्सार जीवनदृष्टि बोकेको उपन्यासलाई सिनेमामा रोमान्टिक बनाउन खोजिएको छ । प्रसिद्ध कृतिहरूमाथि बनेका फिल्ममा अलिअलि मतभिन्नता हुन्छन् नै । तर, यो चलचित्रको सहनिर्देशक रहेका विजयरत्न तुलाधर दर्शकले दुखान्त मन नपराउने हुनाले सुखान्त बनाइदिएको बताउँछन्, जसबाट शिरीषको फूल कसरी नेपाली उखानको ‘गुएलाको फूल’ बन्न पुग्यो भन्ने बुझउँछ । अर्थात्, निर्माण पक्षले कृतिको ओज र अर्थ नै नबुझी त्यसको प्रसिद्धिबाट फाइदा लिन खोजेको देखिन्छ ।
लाभबाट विलाप
स्मृति केन्द्रले मंसीर २०६१ मा चलचित्र शिरीषको फूल निर्माणको अनुमति जगत राजथलाको जमिन फिल्मस्लाई दिएको थियो । यसको पहिलो पटकथा÷संवाद नयनराज पाण्डेले लेखेका थिए, जसलाई पछि फेरबदल गरियो । चलचित्रका अर्का सहनिर्देशक देशभक्त खनाल आफूले जापानी निर्देशक र निर्माण पक्षलाई मनोमानी गर्नबाट रोक्न नसकेको बताए । उनी भन्छन्, “दृश्यहरू मनपरी ढंगले घुसाइयो ।”
शिरीषको फूल को थालनीले नै अशुभ संकेत देखाएको थियो । स्मृति केन्द्र र निर्माण पक्षबीच २०६३ भित्र चलचित्र बनाइसक्ने सहमति भएकोमा राजथलाले अमेरिकाको मेरील्याण्ड युनिभर्सिटीको कोर्षमा रहेको यो कृतिको नाममा विभिन्न व्यक्तिसँग पैसा असुलेको समाचारहरू सार्वजनिक हुन थाले । त्यसपछि आफूले ‘डिल’ गरेको फिल्ममेकरको हैसियतप्रति शंकालु बनेको केन्द्रले २ असार २०६४ मा एकतर्फी रूपमा सहमति/स्वीकृति भंग ग¥यो, तर राजथलाको समूहले कहिले विपीनजंग राणा, कहिले नरेश केसी त कहिले इतोको नाम अगाडि सार्दै छायांकन गरिरह्यो । यो सब बुझ्रिहेको स्मृति केन्द्रले छायांकन रोक्न चलचित्र विकास बोर्डलाई गुहारेपछि भने निर्माण पक्ष केन्द्रको सम्पर्कमा गयो, तर राजथलाको जमिन फिल्मस्को हैन, गणेश लामाको नेपाल क्रियसनको नाममा ।
केन्द्रले सम्पर्क टुटेको पाँच वर्षमा रु.५ लाखको थैली लिएर आएको निर्माण पक्षलाई क्रियसनकै नाममा शिरीषको फूल लाई निरन्तरता दिन सहमति दियो, सच्याएर प्रदर्शन गर्ने शर्तमा । अहिले विशेष प्रदर्शनीहरू गरिरहेको निर्माण पक्ष सार्वजनिक प्रदर्शनको तयारीमा जुटेको छ, तर त्यसअघि चलचित्र सच्याउने अवस्था नभएको सहनिर्देशक तुलाधरले बताए । उता स्मृति केन्द्रका सदस्यसचिव साय्मि त्यत्तिकै प्रदर्शन गरे कानूनी चुनौती दिने बताउँछन् । केन्द्र र निर्माण पक्षको यो गलफत्ती कुन रूपमा टुंगिन्छ, हेर्न बाँकी छ । तर, जापानी निर्देशक इतोले दिमाग खर्चेको भनिएको शिरीषको फूल यही रूपमा प्रदर्शनमा आयो भने पैसाको लोभमा अमर कृतिहरूको दुरुपयोग बढ्ने चाहिं पक्का छ ।


Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis