CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » एनसेलद्वारा कलेजमा व्यापार

एनसेलद्वारा कलेजमा व्यापार

काठमाडौं। निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो व्यवसाय प्रवर्द्धन र सिमकार्ड बिक्रीका लागि स्कुल कलेजलाई उपयुक्त स्थान ठानेको छ। एनसेलले भर्खरै सार्वजनिक गरेको 'एनसेल माई फाइभ' योजनाअन्तर्गत युवा विद्यार्थीहरूमाझ सिमकार्ड बिक्रीका लागि स्कुल कलेजको हाताभित्र स्टल नै राखेर बिक्री प्रवर्द्धन गर्न लागेको हो। 
यसका लागि एनसेलले काठमाडौंको नागपोखरीस्थित स्ट्रोम कम्युनिकेसन नेपाल प्रालिलाई अगाडि सारेको छ। स्ट्रोम
कम्युनिकेसनले राजधानीभित्रका १६ र राजधानीबाहिरका ३५ वटा गरी कुल ५१ वटा प्लस टु कलेजहरूमा एनसेलको सिमकार्ड बिक्री तथा प्रवर्द्धन गर्ने तयारी गरेको बताएको छ। 'हामीले युवा पुस्तालाई लक्षित गरी प्लस टु कलेजमा एनसेलको माई फाइभ योजनाअन्तर्गतको सिमकार्डका बारेमा जानकारी दिने योजना बनाएको छांै, यसका लागि एक–दुई दिनभित्रै स्कुल कलेजमा जानेछौं'– स्ट्रोम कम्युनिकेसनका सुरज पाण्डेले भने। 
सिमकार्डको बिक्री प्रवर्द्धनका लागि कलेज हाताभित्र स्टल राख्ने र मनोरञ्जनात्मक क्रियाकलापसमेत सञ्चालन गर्ने एनसेलको योजना छ। युवा पुस्ताले बढी मात्रामा मोबाइलको प्रयोग गर्ने र उनीहरू लक्षित बजार प्रवर्द्धनको कार्यक्रम गर्न सके व्यवसाय बढ्ने एनसेलको बुझाइ छ। तर, शिक्षा विभागले भने स्कुल कलेजको हाताभित्र मोबाइल प्रयोगमा प्रतिबन्ध लगाउन देशभरका स्कुल कलेजलाई निर्देशन दिइसकेको छ।  
विभागले मोबाइल प्रयोगमा नै रोक लगाएको  
स्थानमा एनसेलले स्ट्रोम कम्युनिकेसनमार्फत मोबाइलको सिमकार्ड बिक्री गर्ने कार्यक्रम बनाएको छ। मोबाइल प्रयोग गर्नलाई नै रोक लगाएको स्थानमा यसरी कुनै कम्पनीविशेषको सिमकार्ड प्रवर्द्धनात्मक काम गर्नु गैरकानुनी हुने शिक्षा विभागका महानिर्देशक लवदेव अवस्थीले बताए। 'स्कुल कलेजले पठनपाठनको जिम्मेवारी लिएका हुन्, कुनै व्यावसायिक काममा उनीहरूको संलग्नता रहँदैन, यदि संलग्न भएमा उनीहरूको नैतिकताविपरीतको काम हुन्छ र कानुन उल्लंघन भएको ठहरिन्छ'– अवस्थीले भने। 
यता, उच्च माध्यमिक विद्यालय संघ हिसानका उपाध्यक्ष रमेश सिलवालले भने उनीहरूको प्रयोजन हेरेर मात्र कलेजमा स्टल राख्न दिने वा नदिने निर्णय गरिने बताए। 'विद्यार्थीलाई नै फाइदा हुने कुरो छ भने स्वीकार्न सकिन्छ, विज्ञापन मात्र हो भने कलेज हाताभित्र यस्ता गतिविधि गर्न दिँदैनौं'– सिलवालले भने– 'विद्यार्थीलाई सूचना प्रविधिबाट ढाटा राख्न सकिँदैन तर, त्यसको प्रयोजनको बारेमा भने सजग हुुनुपर्छ।' एनसेलले भने उक्त कार्यक्रम युवा विद्यार्थीमाझ कम्पनीको माई फाइभ योजना जानकारी दिन मात्र आयोजना गर्न लागिएको बताएको छ।  
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis