CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पारसको मुटुको भल्ब बेलुनद्वारा खुलाउने प्रयास

पारसको मुटुको भल्ब बेलुनद्वारा खुलाउने प्रयास


९ फागुन, काठमाडौं । हृदयघातका कारण बैंककस्थित अस्पतालमा अचेत अवस्थामा उपचाररत् पूर्वयुवराज पारस शाहको मुटुको भल्व डाक्टरहरुले बेलुनको माध्यमद्वारा खुलाउने प्रयास गरेका छन् ।
‘मुटुको शल्यक्रिया गरिएको हैन, डाक्टरहरुले बेलुनको माध्यमले भल्व खुलाउने प्रयास गरेका हुन् ।’- अस्पतालमा शाहको हेरचाह गरिरहनुभएका सुनिल
खड्काले अनलाइनखबरसँग भन्नुभयो । 
खड्काका अनुसार आज शाहको टाउकाको सीटी स्क्यानसमेत गरिएको छ । उहाँको स्थितिबारे अहिले ने केही भन्न नसकिने र उहाँको स्थितिमा असाध्यै ढीलो सुधार आइरहेको डाक्टरको भनाइ उधृत गर्दै खड्काले बताउनुभयो । 
यसअघि कार्यबाहक राजदूत डोरनाथ अर्यालले बिहान अस्पताल पुगेर पारसको उपचारमा संलग्न चिकित्सकहरुसँग बिरामीको अवस्थाबारे जानकारी लिनुभएको थियो । अर्यालले टेलिफोनमा अनलाइनखबरसँग भन्नुभयो-’आइसीयुमा राखेर उपचार भइरहेको छ, होसमा नरहेका शाहको अवस्था स्थिर रहेको चिकित्सकहरुले बताएका छन् ।’
पूर्वराजपरिवारका ५ जना बैंकक प्रस्थान
अस्पताल भर्ना भएका पारसलाई भेट्न पूर्वराजपरिवार ५ जना सदस्यहरु बुधबार थाइ एयरबाट बैंकक प्रस्थान गरेका छन् । पारसको सहयोगका लागि पारसकी बहिनी प्रेरणा सिंहका साथै पूर्वअधिराजकुमार धीरेन्द्र शाहका छोरीज्वाईँ पूजा शाही, डा. राजीव शाही, दिलाषा र आदर्शविक्रम राणा थाई एयरको नियमित उडानबाट बैंककतर्फ लागेको पूर्व राजपरिवारका सहयोगी फणिराज पाठकले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
हृदयघात भएको करिव एक घण्टापछि मात्र उनलाई अस्पताल पुर्‍याइएको थियो, जसका कारण उनका केही अंग नचल्ने हुनसक्ने चिकित्सकले बताएका छन् । तर, विस्तृत परीक्षणपछि मात्र उनको अवस्थाबारे जानकारी दिने चिकित्सकले बताएका छन् । गैरआवासीय नेपाली संघका सचिव सुनील खड्का र पारसकी केटी साथीले अहिले उनको हेरचाह गरिरहेका छन् । 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis