राजेन्द्र थापा- मेरा मनका प्रसंगमा आउँदा, स्मिताले भन्ने गरेझैँ पुरूष मनको यौनमुखी मनोवृत्ति या विकृतिको उदाहरण म आफैँ हुबहु फिल गरिरहेको थिएँ। कोठाको सेन्टर ब्याकमा स्मिताको भित्ताभरिकै पोट्रेट रहेछ। कतै आउटडोर खिचिएको यो पोट्रेट बडो सेक्स अपिलिङ रहेछ। पछाडि खोलाको लहर उफ्रेको देखिने पृष्टभूमिमा रहेछ। ठूलो आकार फलाएर कृषि मेलामा जितिएजस्ता, बिस-बिस किलोका दुई विशाल फर्सीजस्ता हिप! र, त्यहीँ नै जाउँ कि जाउँ कि लाग्ने, खाउँ कि खाउँ कि लाग्ने, फर्सीतर्फ असंयमित भई झम्टिरहेका हुन् कि लहरहरू?
वाह! रोगन गरिएको नाइटोको प्वालदेखि स्तनको ढिस्कोक्षेत्रको क्षेत्रफलमै फोकस, यो पोट्रेट, सेक्सबम्बको फोटोकपीझैँ रहेछ।
दोब्रिँदा पेट क्षेत्रका खुम्चिएका चाउरी रिङहरू फन्फन् गर्दै प्वाल बिन्दुतिर हुर्रिएका देख्दा मलाई केन्द्रतर्फ रिङ आकारमा
चक्कर मार्दै घुमेको ग्यालेक्सीको तस्बिर कुनै एस्ट्रोनोमल च्यानलमा हेरेझैँ लाग्यो।दोब्रिँदा पेट क्षेत्रका खुम्चिएका चाउरी रिङहरू फन्फन् गर्दै प्वाल बिन्दुतिर हुर्रिएका देख्दा मलाई केन्द्रतर्फ रिङ आकारमा
पेटका चाउरीले पनि मान्छेलाई रन्थन्याउन सक्छ भन्ने चेत पहिलोपटक मैले यहीँ महसुस गरेँ। निश्चित रूपमा नाइटोको बुच्चिसकेको प्वालमा सेक्स देखाउन सकिन्छ। आइमाईहरू साडी सकभर तलतिर र चोला सकभर मास्तिर तानेर साडी र चोलाका बीच पानी बाराबार भएझैँ गराएर नाइटो देखाउँछन्। खुला रूपमा ..... खुला रूपमा।
कथित सप्रिएका आइमाईहरूले बिग्रिएका स्मिताहरूलाई मात ख्वाउने गरी उही नाइटोका बुच्या प्वाल किन देखाउँछन् त? उही देखाउन मिल्ने तलको खुलेको ..... प्रतीकमाथिको बुच्चेको प्वाल देखाएर सेक्स विज्ञापन गरेको? कि निम्तो? कि प्रदर्शन? कि धर्म गरेको?
इन्डियन सिरियलमा टाउकामा स्थायी सप्को हाल्ने महिलाहरूको नाइटो र ढाडबाट भने कपडाको अस्तित्व मेटिइसकेको देखिनुले परम्परामाथि सेक्सको शक्तिको विजय देखाएको बु‰न थालेको छु, यस किताब लेख्न थालेपछि।
नाइटोमुनि र नाइटोमाथि दुवै क्षेत्र सुरक्षाकर्मीले घोषणा गर्ने गरेको निषेधित क्षेत्रसरह संवेदनशील भएकाले विकल्प नभएर मात्रै यो अनसेक्सी नाइटो क्षेत्रमा लोभी पापी आँखाहरूको चलखेल गराउने महिला चलाखी ठान्ने गरेको थिएँ मैले।
तर, यस पोस्टरले भने नाइटोको बुच्चिएको प्वाल र पेटको रिङले पनि इन्द्रको आसन डगमगाउन सक्ने महसुस गरेँ मैले। बाठा पो रहेछन् आइमाईहरू, नाइटोबाटै संसार फतेह गर्न नाइटो-बमको विष्फोट गराउने।
मुस्तांगे नांगा पर्वतमा हिँड्या बेला, मास्तिर हेर्दा, फुक्क उठेर भिरमै खसेर छोप्लाजस्ता चट्टानहरूको स्मरण मलाई यसबेला अचानक ल्यायो, पोट्रेटका स्तनहरूको प्रिजेन्टेसनले। आर्ट डाइरेक्टरले स्मिताको उन्नत उक्सिएका जोडी स्तनको प्रयोग उही भिरमा झुन्डिएका मुस्तांगे चट्टाने शैलीमै, अचानक तलै खसेर यात्रुलाई किच्ला जस्तो गरी पुक्लुक्क भुक्याउन लगाएका रहेछन्।
मभन्दा निक्कै माथि रहेको यो ब्लोअप पोट्रेटको यो खतरनाक दृश्यले जिउभरि नै कसैले पेट्रोल बम फाल्देको अनुभूति भयो मलाई। यदि यही स्थितिमा यो पोस्टर पड्केर मेरो अन्त्य भयो भने मिडियाले स्मिताको ब्लोअप पोस्टर बम पड्केर घटनास्थलमै लेखक इन्द्रको देहावसान भयो भन्ला? तर, सुन्दरीका ब्लोअपले मारे पनि फेरि अर्कोचोटि उसैबाट मर्न बमले झैँ पूरै मार्दैन, घिड्घिडोमा राखिराख्छ, ठीक अहिले स्मिताको यो पोस्टरले मैलाई गरेझैँ।
स्तनका कुरा उठ्दा म आफ्नो अनुभव सम्झेर मनमनै हा"स्दै छु। जसरी स्मिताको अन्तर्वार्ताकै फोटोका स्तनले मेरा मन-मस्तिष्क हल्लाए, सडकमा, मल, पसल या बजार जताततै मेरा आँखा महिलाहरूकै स्तनमा गाडिएर लोभिँदा म सोच्छु, हाम्रा बेलाका आइमाईहरूका किन स्तन थिएनन्? वा अहिले बुढो हुँदै गएकोले मन बढी बिग्रिएर स्तनैस्तनमात्रै देख्न थालेको हो कि? तर सत्य के हो भने त्यसबेला महिलाहरूले चुन्नी, खास्टो या सप्कोले स्तन छोप्थे। पुरुषका आँखा छातीमा पर्नेबित्तिकै महिलाहरूले त्यसबेला अझ बढी छोप्न खोज्थे। आजका महिलाहरूमा त आफ्नो स्तनप्रति चेत नै नभएजस्तो वा जानीजानी मजस्ता बुढाहरूका दिमाग हल्लाएर चाँडै यमपुरीतिर धकेल्न खोजेको षड्यन्त्र पो हो कि? मर्नै परे पनि सायद यो आँखाले हेर्न भने नछोड्ला।
सायद यही कारणले होला, पोस्टरका स्तनमा मेरा लोभी आँखा र धार्मिक मन अझै गडबडारिरहेको थियो। भ्याली अफ इडेनको एक्सपोजिसन थाम्नै नसकिइने गरी ज्यादै सेक्सी बनाइएको थियो। युवतीको स्तनजस्तो संवेदनशील अंगको पूरै प्रदर्शनमा सेक्स अपिल कम हुन्छ। तर, अलिकति छ्वास्स दर्शन गराइयो भने पूरै ब्रह्माण्ड हल्लाउँछ भन्ने सिद्धान्त अनुरूप पोटे्रटमा स्मिताका स्तनका एक झल्का भ्याली अफ इडेनबाट देखाउँदा मेरा मनमा एक गीत गुन्गुनिए,
"घु"घट की आड पे दिलवरका चेहरा अधुरा रहता है...."
मनमनै प्यारोडी बनाएँ, बेडरुम की आड पे स्मिता का चेहरा अधुरा रहता है।
स्मिता फ्रेस हुन बेडरुमभित्र छिरे पनि उनको पोथी वास्ना भने कोठाभरि नै रंगमङ्गिरहेको महसुस हुन्थ्यो। वाह! लामो सास तान्दा पनि ह्वास्स सुनपातेको पसिना गन्ध आउने!
तरुनीको पसिनामा पनि सुनपाते फुल्छ भनेर बु‰न के बुढेसकालै आउनुपर्ने? जवानीमा त फूल टिप्ने हतारमा वास्नाको यादै नहुने रहेछ।
खोला अगाडिको बालुवा बगरमा रहेको एक ठूलो ढुङ्गोमा उनी घोडा चढेझैँ गरेर बसेकी छिन्। ढुङ्गोको चुच्चो वरिपरि स्मिताले आफ्ना दुई तिघ्राले बेरेर पयर अगाडि लत्राएकी छिन्। ढुङ्गोको चुच्चो पातलिएर स्मिताका जोर ढिस्काको खोँच चुम्न चुम्न पुगेझैँ देखिन्थ्यो।
भिरमाथिका ढिस्का, ढिस्काका खोँच र तल फैलिएका बगरबाट जुरुक्क उठेर मास्तिर चुम्न खोज्ने ढुङ्गोको यो खेल मलाई कुनै चलचित्रको त्रिकोणात्मक सेक्स कथाजस्तो लाग्यो। हरेक बिन्दुबिन्दुमा छुट्टै कला भेटेँ भने पूरा पोस्टर नै मलाई कामसूत्रको एक महाकाव्यात्मक कलाजस्तो लाग्यो, अझ भन्ने हो भने यही एक सुन्दरीले अजन्ता र एलोरा गुफाका सम्पूर्ण मूर्तिका सेक्स र सौन्दर्य खुम्च्याएर समेटेजस्तो लाग्यो।
एरिस्टोटलले हरेक नाटक या काव्यमा तीन एक्ट अर्थात् पात्र र घटनाहरूको स्थापना, विकास र द्वन्द्वात्मक विष्फोटक पराकाष्ठा भएमा मात्र त्यो काव्य हुन्छ, पूर्ण हुन्छ भनेअनुसार यो पोस्टर मलाई एक काव्य लाग्न थालिसकेको छ। म एरिस्टोटलकै भाषामा तिनौटै एक्ट अर्थात् पात्र र घटनाहरूको स्थापना, विकास र द्वन्द्वात्मक विष्फोटक पराकाष्ठा सब भेटिरहेको छु। त्यसैले स्मिता नामक काव्यको रस टनाटन दनादन पिएर काव्य प्यास मेटिरहेको छु।
सोच्दै जाँदा दिमाग पूरै पोस्टरबाट साँगुरिँदै स्तनदेखि तिघ्रासम्म फोकस हुन थाल्यो र मेरो कलाकारले अर्को अद्भूत चिज देख्यो। डाइरेक्टरले यो पोजिसनमा पौराणिक सिम्बल प्रयोग गरेको मलाई महसुस भयो।
मैले यस चित्रमा शिवलिंग देखेँ। पार्वतीको योनिस"ग समागमित शिवलिंग ऊ स्मिताका दुई तिघ्राका च्यापाइ र बेराइले पार्वतीको आकृति बनाएको थियो। स्मिताले दुवै हातले ढुङ्गो अर्थात् शिवलिंगको शिरभाग समातेर आफूलाई अड्याएकी थिइन्। स्मिताको एक्सपोज्ड गोरो अङ्गप्रत्यङ्गबाट निस्केको उज्यालो तेजका कारण यो शिवपार्वती समागमित रूप साक्षात् ज्योतिर्लिंग लाग्न थाल्यो मलाई।
फरक यति मात्र कि, शिवलिंगमा शिवलिंग र पार्वतीको योनि दुवै कालाम्य हुन्छ, हलाहल पिएका शिवका नीला रङका प्रतीक, तर यसमा भने शिव काला, पार्वती गोरी न गोरी। हो त नि, विष नपिएकी पार्वती शिवझैँ काली कसरी हुन्छे त? मलाई लाग्यो यो पोट्रेटमात्रै शुद्ध सक्कली शिवलिंग हो, संसारका अरू बा"की सब अशुद्ध, नक्कली, गलत तथा विकृत शिवलिंग।
स्मिताको आगमनले मेरो तपस्या टुट्यो अचानक। हातको किस्ती टेबुलमा राखिन् स्मिताले। ह्विस्कीको गिलास दुवैतिर राखिन्। आइस र सोडा हालेर मैले 'चियर्स' भनेँ, उनले पनि आइस भरिन् र भनिन्- 'चियर्स!'
(याम्बुरी बुक प्वइन्टबाट प्रकाशित राजेन्द्र थापाको उपन्यास 'खेलौना' बाट)