अपराधमा राजनीतिकरण र राजनीतिमा अपराधीकरण नेपाली राजनीतिका दुई डरलाग्दा समस्या हुन्। चुनावका लागि गुण्डागर्दीमा संलग्न व्यक्तिलाई प्रयोग गर्ने मात्र होइन पछिल्लो समयमा नेपालका अपराधीका नाइकेहरू राजनीतिक दलहरूका प्रिय पाहुना बन्न थालेका छन्।
प्रहरीको सर्वाधिक खोजी (मोस्ट वान्टेड) को सूचीमा रहेका अपराधीहरू धमाधम राजनीतिक आवरणमा नेताका हातबाट टिका लगाएर पार्टी प्रवेश गरिरहेका छन्। नेतालाई सुरक्षा दिने प्रहरीको सुरक्षा घेरा र कतिपय त विशिष्ट सुरक्षा अधिकारीकै
समेत उपस्थिति रहेका समारोहमै उनीहरूको स्वागत हुन थालेको छ। तैपनि सुरक्षा अधिकारीहरूले 'मोस्ट वान्टेड' अपराधी आफ्नै अगाडि आएको र गएको पत्तो पाउँदैनन् अर्थात् थाहा नपाएजस्तो व्यवहार गर्छन्।
गत शुक्रबार रामेछाप सदरमुकाम मन्थलीमा भएको घटनाले वास्तवमै राजनीतिक दलप्रति घृणा उत्पन्न भएको छ। प्रहरीको मोस्ट वान्टेडको सूचीमा रहेका डन रमेश बाहुन (सुजन पौडेल) एमाले प्रवेश गरे। ठूलै दलबलसहित त्यहाँ पुगेका बाहुन औपचारिक रूपमा एमाले कार्यकर्ता/नेता बनेर कार्यक्रमस्थलबाट बाहिरिए र सुरक्षित स्थलमा पुगे। अनि मात्र नेता ओलीको सुरक्षार्थ खटिएको प्रहरी टोलीले मोस्ट वान्टेड अपराधी आफ्नै अगाडि आएको र आफ्नै आँखा अगाडिबाट हाँस्दै, हात हल्लाउँदै, मुठ्ठी उचाल्दै बिदा हुँदा पनि वास्ता गरेन। यस घटनाबाट पनि सहजै अनुमान गर्न सकिन्छ, नेपाली सुरक्षाकर्मी अपराधी तथा राजनीतिक नेता अगाडि कति निरीह छन्।
डन बाहुन मात्र होइन, मुलुकमा आफूलाई डनका रूपमा स्थापित गराइसकेका अधिकांश अपराधीले राजनीतिक सेल्टरमा प्रवेश गरेर आफूलाई सुरक्षित बनाइसकेका छन्। चरी उपनामले चिनिने दिनेश अधिकारी, चक्रे मिलन, साजन महर्जन, परशुराम बस्नेतजस्ता अपराधको दुनियाँमा ठूलै हैसियत बनाइसकेका डनहरू एमालेको छत्रछायामा आफूलाई सुरक्षित ठानिरहेका छन् भने अर्का डन गणेश लामा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्यको हैसियतमा रहेका छन्। गृहमन्त्रीसमेत रहेका फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदारसितको निकटताले उनी प्रहरीका माथिल्ला अधिकारीको सरुवा, बढुवामा समेत प्रभाव पार्ने हैसियतमा पुगिसकेका छन्। राजु गोर्खाली, कुमार घैँटेलगायत डनलाई नेपाली कांग्रेसले शीतल छहारी दिएर अभय प्रदान गरिराखेको छ। राजधानीकै चर्चित डन दीपक मनांगे पनि राजनीतिक आवरणमा आफूलाई सुरक्षित बनाइरहेका छन्। माओवादीलगायत अन्य राजनीतिक दलमा पनि डनहरूको कमी नभएको धेरैलाई थाहा छ।
यी विभिन्न उदाहरणबाट पनि नेपाली राजनीति र आपराधिक दुनियाँको दोस्ती निकै बलियोसँग कस्सिएको बुझ्न कठिन छैन। जबसम्म राजनीतिक दल र तिनका नेताले अपराधको दुनियाँमा परिचित अनुहारलाई रातो टिका लगाएर पार्टीमा स्वागत गरिरहनेछन्, तबसम्म कानुनी शासनको कुरा गर्नु हास्यासपद हुनेछ।
अहिले निकै खुशी भएर डनहरूलाई पार्टीमा भित्राउने नेताहरूले के बुझ्नुपर्छ भने भोलि तीनै व्यक्तिहरू नेताहरूको लागि थ्रेट हुन सक्छन्। उनीहरू पैसाका लागि जे पनि गर्छ सक्छन्। त्यसैले भोलि पैसाकै लागि आफ्नै नेतालाई उनीहरूले बाँकी राख्लान् र? त्यसकारण डनहरूलाई फुलमालाले स्वागत गर्ने होइन उनीहरूलाई सुधार्नेतर्फ अघि बढौं, नेताज्यूहरू।
– डा.रमेशमणि त्रिपाठी भक्तपुर -दृष्टि