CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » एक लाखको दिनको एकहजार ब्याज खाने अर्बपति! एउटै अदालतमा ८० करोडको उठन्ती मुद्दा

एक लाखको दिनको एकहजार ब्याज खाने अर्बपति! एउटै अदालतमा ८० करोडको उठन्ती मुद्दा

काठमाडौं। ललितपुरका महेशबहादुर सिंहसँग ४० लाख रुपैयाँ सापटी लिएका कृष्णबहादुर थापा र उनकी श्रीमती रेणु राणा थापा ५ करोड रुपैयाँको चेक अनादर मुद्दामा ललितपुर जिल्ला अदालत र प्रहरीमा धाउन बाध्य भएका छन्। सामान्य गृहणी रेणुलाई हाउजिङ र जग्गा सम्बन्धी कारोबार गर्न ५ करोड रुपैयाँ सापटी लिएर नतिरेको भन्दै सिंहले २०६९ कात्तिक १६ गते ललितपुर जिल्ला अदालतमा मुद्दा दिएका छन्। महेश सिंहले रेणुले पैसा सापटी लगेको र पटक पटक पैसा माग्दा श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि.को ५ करोडको चेक दिएको र चेक साट्न जाँदा खातामा रकम नभएको भन्दै चेक अनादरमा जिल्ला अदालतमा
मुद्दा दिएको दाबी गरेका छन्।  
साक्षी बसेको भनेर रेणुलाई ५ करोड रुपैयाँको चेक अनादर मुद्दा दायर गरेका महेश सिंहले पश्मिना ब्यापारी राजाराम बानियाँ, ठेकेदार प्रेम बराल, व्यवसायी प्रकाश बस्नेत, हाल थुनामा रहेका हाउजिङ व्यवसायी सुधीर बस्नेत, उनका भाइ सुदीप बस्नेत लगायत धेरैलाई चेक अनादरमा जिल्ला अदालतमा मुद्दा दिएको समाचार छ। उनले दिएका चेक अनादरका ८० करोड भन्दा बढीका मुद्दा जिल्ला अदालत ललितपुर र प्रहरीमा चाङ लागेको पनि थाहा भएको छ। उनले समस्यामा परेका उद्योगी, व्यवसायीलाई १ लाख रुपैयाँको एक दिनको १ हजार रुपैयाँसम्म लिने सर्तमा ब्याजमा पैसा सापटी दिने गरेको र ब्याजमाथि ब्याज स्याज जोड्दै एक बर्षमा १ करोड ४० लाखको २ करोड ४ लाख रुपैयाँ तिर्दा पनि उल्टै ७ करोड रुपैयाँ लिन बाँकी रहेको भन्दै मुद्दा हाल्ने, प्रहरी लगाएर थुनाउने धम्की दिने गरेको एक पीडितले गुनासो गरे।  
 महेश सिंहले सापटी दिएको पैसा नगदमा लिने र चेकहरू फिर्ता नदिई बाउन्स गराएर ऋणीहरूलाई धम्की दिई चेकमा आफैं रकम लेखेर सही गराई चेक अनादर मुद्दामा थुप्रै ब्यक्तिलाई दुःख दिएको गुनासो छ। प्रहरीका उच्चतहका हाकिमहरूको नाम लिंदै जेलमा सडाउने धक्की दिंदै उनले थुप्रैलाई दुःख दिएको पीडितहरूको भनाइ छ। महेश सिंहले अदालत र प्रहरी दुवैमा मुद्दा दिएर सताएका पीडितहरूका अनुसार साँवा ब्याज उसले भनेअनुसार तिरिसक्दा पनि करोडौं रुपैयाँ तिर्न बाँकी भएको भन्दै अदालतमा मुद्दा दिने, प्रहरीमा थुनाउने धम्की दिने गरेका छन्। अदालतमा दिएका यस्तो चेक अनादरका मुद्दाहरूबाट पनि उनले ८० करोड भन्दा बढी रकम सापटी दिएको खुलासा हुन्छ। ७ बर्षअघि एक एयरलाइन्समा काम गर्ने सामान्य हैसियतका महेश सिंहले यत्रो सम्पत्ति कहाँबाट के गरी आर्जन गरे, त्यस्तो करोडौं करोडको आर्जनको स्राेतको खोजी सम्पत्ति शुद्धिकरण विभागले तत्काल खोजी गरे महेश सिंहको धन्धा छताछुल्ल हुन जाने कुरा पीडितहरू बताउछन्। महेश सिंहले चर्को ब्याजमा करोडौं लगानी गरेपछि लगानीको दोब्बर मात्र होइन चौबर असुलेर पनि पुुनः कयौंलाई सताएको कुरा सत्यतथ्य छानबिन गरेमा वास्तविकता छर्लङ्ग हुने पीडितहरूको भनाइ छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा महेश सिंहविरुद्ध उजुरी परे पनि विभागले अहिलेसम्म खोजी गर्न नसकेको पीडितहरूको गुनासो छ।  ८० करोड रुपैयाँ त चेक अनादरका मुद्दाबाट नै खुलासा भइसकेको छ भने अरु थुपै्र ब्यक्तिको करोडौंको घर लाखमा हड्पेको सम्पत्तिको अलग कथा रहेको बताइन्छ। एआइजी नवराज ढकाल र कतिपय डीआइजीहरूको नाम लिएर तलका प्रहरी अधिकारीलाई थर्काई पीडितलाई थुनाएर जवर्जस्ती कागज गराउँदै महेश सिंहले सम्पत्ति हडप्ने गर्दै आएको आरोप छ।  तर एआइजी ढकालले महेश सिंहसँग आफ्नो कुनै सम्बन्ध नभएको बरु प्रमाणसहित उजुरी परे उसैलाई थुन्ने प्रतिक्रिया दिन्छन्। सिंहविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पनि उजुरी परेको समाचार छ। सिंहले २ सय ७० प्रतिशतका दरले ब्याजमा लगानी गरेका ब्यक्तिहरूले पैसा नदिए गाडी र चलअचल सम्पत्ति पीडितहरू जफत गरी कब्जामा लिने गरेको गुनासो पीडितको छ। 












सोमबार २२ माघ
साँघु 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis