काठमाडौं, माघ २२ () - ठगी अभियोगमा प्रहरी हिरासतमा रहेका व्यवसायी सुधीर बस्नेतलाई आइतबार काठमाडौं जिल्ला अदालतले ६ लाख रुपैयाँ धरौटीमा छाडेको छ। तर, बैंकिङ कसुर अभियोगसमेत रहेकाले प्रहरीले अझै उनलाई हिरासतमै राखेको छ।
न्यायाधीश भोजराज अधिकारीको इजलासले ओरेन्टल ग्रुपका अध्यक्ष बस्नेतलाई आइतबार धरौटीमा छाडेको हो। बस्नेतको बैंकिङ कसुरबारे सोमबार पाटन पुनरावेदन अदालतमा सुनुवाइ हुँदै छ।
ओरेन्टल ग्रुपअन्तर्गतका हाउजिङ र कोलोनीमा घर बुक गरी पैसा बुझाए पनि तोकेको समयमा घर नदिएर ठगी गरेको भन्दै
२४ जनाले बस्नेतविरुद्ध प्रहरीमा उजुरी हालेका थिए। त्यसपछि गत पुस २० मा प्रहरीले बस्नेतलाई हिरासतमा लिएको थियो।
बस्नेतले माघ १४ मा विज्ञप्ति जारी गरी आफूलाई हिरासत मुक्त गरी काम गनर्ेे वातावरण बनाइदिए सरकारको प्रत्यक्ष निगरानी र नियन्त्रणमा रहेर काम गर्दै समस्याको समाधान निकाल्ने बताएका थिए।
समस्या समाधानका लागि वातावरण मिलाइदिए दसौं हजार सर्वसाधारण नेपालीको भविष्य सुनिश्चित गर्न सक्ने क्षमता आफूमा रहेको भन्दै उनले विज्ञप्तिमा 'समस्यालाई समयमै समाधान गर्न नसके भूमाफिया र वित्तीय माफियालाई प्रत्यक्ष-अप्रत्यक्ष फाइदा पुग्नेतर्फ सबै चनाखो हुनु आवश्यक छ,' भनेका थिए।
आफू जेलभित्र बसेर समस्या समाधान नहुने भन्दै बस्नेतले यथाशीघ्र प्रहरी नियन्त्रणबाट मुक्ति दिलाइ सरकारको प्रत्यक्ष निगरानी र नियन्त्रणमा राखी काम गर्ने र समस्या समाधान गर्ने अवसर दिन सरकारसँग आग्रह गरेका थिए।
समस्या समाधानका लागि वातावरण मिलाइदिए दसौं हजार सर्वसाधारण नेपालीको भविष्य सुनिश्चित गर्न सक्ने क्षमता आफूमा रहेको उनले विज्ञप्तिमा जनाएका छन्। 'समस्यालाई समयमै समाधान गर्न नसके भूमाफिया र वित्तीय माफियालाई प्रत्यक्ष-अप्रत्यक्ष फाइदा पुग्नेतर्फ सबै चनाखो हुनु आवश्यक छ,' विज्ञप्तिमा छ।
छोटो अवधिमै व्यापारबाट उल्लेख्य उन्नति गरी सरकारलाई कर तिर्दै अगाडि बढेको भन्दै उनले आफू र आफ्ना संस्थामा आबद्ध सयौं कर्मचारीको रोजीरोटी खोसिने वातावरणमा पनि ध्यान पुर्या दिई उचित न्याय दिन सरकारसँग आग्रह गरेका थिए।
उनले आफू अध्यक्ष रहेको सहकारी ओरेन्टल कोअपरेटिभ लिमिटेडका निक्षेपकर्तालाई तीन महिनाअघि नै विदेश पलायन हुन्नँ भन्दै पासपोर्ट र नागरिकताको प्रमाणपत्र बुझाइसकेको अवस्थामा झुक्याएर नियन्त्रणमा लिइएको दाबी गर्दै आएका छन्। 'दसौं हजार उपभोक्तामध्ये २८ जनाबाट मात्र परेको निवेदनका आधारमा मेरो व्यावसायिकता ध्वस्त पार्न खोजिएको छ। सर्वसाधारणको विश्वासलाई आफूले कहिले पनि अपहेलना गरेको छैन,' उनले यसअघि जारी गरेको विज्ञप्तिमा थियो।
योजना सञ्चालनक्रममा वित्तीय ब्याज दर आठ प्रतिशत रहेको तर, मुलुकमा उत्पन्न वित्तीय संकटसँगै बैंक तथा वित्तीय संस्थाले ब्याज दर बढाएर १६ प्रतिशतसम्म पुर्यानउनु पनि आफ्नो व्यवसाय समस्यामा पर्नुको एक कारण रहेको बस्नेतले विज्ञप्तिमा उल्लेख गरेका थिए।
'विभिन्न वित्तीय संस्थाको ऋणको ब्याज केही समयअघिसम्म भुक्तानी गर्दै आए पनि ब्याज दर बढेको कारण एक/दुई किस्तामात्र तिर्न नसक्दा वित्तीय संस्थाबाट मेरा योजनालाई भटाभट लिलामीमा निकाल्नु उचित थिएन,' विज्ञप्तिमा थियो, 'यहीँ रहेर केही गर्ने उद्देश्यमा सर्वसाधारणको साथ हुँदाहुँदै पनि सरकारको सहयोग नपाउँदा यस्तो अवस्था आएको हो।'
---- नागरिक