काठमाडौं। प्रचण्डपुत्र प्रकाश दाहाल यतिबेला अमेरिकातिर बरालिदै गरेको चर्चा काठमाडौंमा छ। उनी काठमाडौं वा अमेरिका जहाँ भए पनि मिसिङ हेटांैडा भन्दै दाहालले आफ्नो फेसबुक वालमार्फत एमाओवादीको महाधिवेशनलाई शुभकामना दिएर चित्त बुझाउने कोसिस गरिरहेका छन। किन बिग्रिस मङ्गले आफ्नै ढंगले भने झै प्रचण्ड पुत्र दाहालको स्टाट्समा आएका कमेन्ट र त्यसमा दाहालले दिएका प्रतिउत्तरले एमाओवादीप्रति हेरिएको जनमतको सानो प्रतिविम्ब देखापर्छ। रमाइलै सही, दाहालको
स्टाट्स र त्यसमाथिको टिप्पणीले फेसबुक सञ्चालनकर्ताहरूलाई भने रौनकता थपेको छ। दाहालको जोडीको अमेरिकातिर(?)को माहोल भन्दा निकै रौनक छ हेटौंडातिर। काठमाडांैमा कि प्रवास(?)मा निरस जीवन विताइरहेका भनिएका प्रकाशले आफूलाई देश आउने वातावरणका लागि कसैले पहल नगरेको गुनासो पनि फेसबुक वालमै गरेका छन्। प्रभाकार, दिवाकर वा अनन्तलाई भनेर फिर्ताका लागि पहल गरिदिन पनि आव्हान गरेका छन्। प्रचण्डपुत्र दाहालले यो एकता र क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने महाधिवेशन बनोस्, यही शुभकामना तथा महाधिवेशनमा भाग लिने प्रतिनिधिहरूले त्यही अनुरुप भाग लिनुहुनेछ। मिसिङ हेटौंडा भन्दै दाहालले स्टाटस पोष्ट गरेका छन। प्रकाशको उक्त स्टाटसपछि आएका कमेन्ट भने झन् रोचक र चाखलाग्दा छन। जोक गरेर नै होला फेसबुकमा हाकु कालेले तिखो टिप्पणी गरेका छन र भनेका छन,''कमरेड देऊ देऊ शुभकामना,बाले सहकारी खोल्ने रे, नौलो जनवाद पुरानो भो रे। मेरो पनि शुभकामना गोपाल किराँतीलाई यो महाधिवेशनले गर्दा झर्के थालमा खाना खाने सुअवसर मिलोस्। डी आर लामिछानेले पार्टीमा गुटको अन्त्य नभएसम्म एकताको महाधिवेशन हुन नसक्ने टिप्पणी गरेका छन। उदय जीएमले के शुभकामना बाँडिराखेको आउनुपर्छ नि भनेका छन्। त्यसको प्रतिउत्तरमा आउने मन भएपनि पहलकदमी कसैले नगरेको गुनासो पनि प्रकाशले गरेका छन। त्यसको प्रतिउत्तरमा उदयले पिताजी अध्यक्ष प्रचण्डको नम्बर मागेका छन सोर्स लगाईदिने भन्दै जोक गरेर। फेरि प्रकाशले प्रतिउत्तरमा साँच्चिकै जस्तो गरी प्रभाकर, अनन्त वा दिवाकरमध्ये कसैलाई भने पछि हुन्छ भनेका छन। भवानी पन्तले जापानबाट कमेन्ट गरेका छन कसरी एकताको? प्रकाशले शुभकामना दिन कञ्जुस्याँई गरेको भनिहाले र प्रतिउत्तरमा पन्तले पार्टी फुटेको बेला कसरी एकता भन्ने संकेतमा नबुझेको भनेका छन। त्यसमा पनि प्रकाशले हाँसोमा उडाउदै जापानमा बसेर टन्न पैसा कमाउन आदेश दिएका छन।
--- सोमबार - साँघु