CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » बममाथि गोली हान्ने को खुलासा

बममाथि गोली हान्ने को खुलासा

काठमाडौं, फागुन ८ । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमका हत्यारा विदेशमा लुकेर बसिरहेको खुलासा भएको छ। सशस्त्र प्रहरीबाट हतियारसहित पक्राउ परेका एक अभियुक्तले न्यायाधीश बमका हत्यारा दुबई र मलेसियामा रहेको बयान दिएपछि सो रहस्य खुलेको हो। सशस्त्र प्रहरीको विशेष टोलीले बिहीबार दिउँसो १ बजे सुन्धाराबाट एक थान पेस्तोल र त्यसमा प्रयोग हुने दुई थान गोली तथा म्याग्जिनसहित सप्तरीका पृथ्वीचन्द्र चौधरीलाई पक्राउ गरेको थियो। उनीसँगको प्रारम्भिक बयानमा सो बयान
आएको प्रहरी स्रोतले जनाएको छ। सशस्त्र प्रहरी हल्चोकको विशेष टोलीले सुन्धारा स्थित सिभिल मलको पाँचौं तलामा रहेको फुर्कोट रेस्टुरेन्टबाट उनलाई पक्राउ गरेको थियो। हतियार किन्न आउने गिरोहलाई कुरेर बसेको अवस्थामा शंका लागि सो टोलीले सोधपुछ गर्दा भाग्न खोजेपछि उनलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको थियो।
'हामी सो रेस्टुरेन्टमा बसेर चिया पिइरहेको अवस्थामा उनले फोनमा शंकास्पद कुरा गरेको सुनेपछि सोधपुछ गर्दा उनीसँग हतियार फेला पर्‍यो, त्यसपछि नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाइदियौं,' विशेष टोलीका एक सदस्यले भने। सशस्त्र प्रहरीले स्वयम्भू स्थित महानगरीय प्रहरी प्रभागमा उनलाई बुझाएको छ। श्रोतका अनुसार उनले सर्वोच्च अदालतका न्यायाधीश बमको हत्या गर्नेहरु त्यही दिन एकजना मलेसिया र एकजना दुबई उडेको बयान दिएका थिए। भर्खरै १२ कक्षा उत्तीर्ण भएका २१ वर्षीय चौधरी भक्तपुरको बालकोट बस्दै आएका थिए। उनले भारतमा ६० हजारमा खरिद गरिएको सो हतियार काठमाडांैमा रहेका केही व्यक्तिलाई बिक्री गर्ने उदेश्यका लागि ल्याएको बताएका छन्।  
न्यायाधीश बमको गत १८ जेठमा ललितपुरको शंखमूल घाटस्थित यूएन पार्कनजिकै गोली हानी हत्या गरिएको थियो। बंगलामुखी मन्दिर दर्शन गरेर कार्यालय फर्कने क्रममा न्यायाधीश बम र उनका अंगरक्षक (पीएसओ) प्रहरी सहायक निरीक्षक महेश गिरी तथा साथी राम गिरीमाथि गोली प्रहार भएको थियो। नम्बर नखुलेको पल्सर मोटरसाइकलमा रहेका दुईजनाले न्यायाधीश बमको बा८च ९८५३ नम्बरको सेतो कार रोकेर गोली हानेका थिए। उनको हत्यापछि महानगरीय प्रहरी आयुक्त कार्यालयका तत्कालीन प्रमुख कुवेरसिंह रानाको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो। समितिका संयोजक राना प्रहरी महानिरीक्षक भएको लामो समय बिते पनि अहिलेसम्म कुनै प्रतिवेदन बुझाएको छैन। त्यसैगरी, सरकारले पूर्वन्यायाधीश प्रेम शर्माको संयोजकत्वमा गठित न्यायिक छानबिन समितिले समेत प्रहरी अनुसन्धानमा केही तथ्य नखुलेको भन्दै प्रहरीले अपराध अनुसन्धानमा अपनाउनुपर्ने विधिको व्याख्या गर्दै सुझाव मात्रै सरकारलाई प्रतिवेदनका रुपमा बुझाएको छ।




-- फागुन ७ , नयाबिकल्प 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis