चर्चा यौन हिंसाको
यतिबेला महिला यौन हिंसाका खबरहरू सञ्चार माध्यममा छाइरहेका छन् । छिमेकी भारतमा यस किसिमका घटनाले ठूलै तहल्का मच्यायो । नेपालमा पनि एकपछि अर्को गर्दै शृंखलाबद्ध यौन हिंसाका घटनाहरू दोहोरिन थालेका छन् । यही सेरोफेरोमा चर्चा गर्दैछन्, लर्डबुद्ध एजुकेसन फाउन्डेसनका विद्यार्थीहरू ।
'अहिले किन बलात्कारका घटना यति धेरै भएको ?,' फेसन टेक्नोलोजी स्नातक चौथो सेमेस्टरकी नम्रता राईले प्रसंग सुरु गरिन् । 'अहिले मात्र धेरै भएको होइन,' रोशनी डंगोलले प्रतिवाद गरिन्, 'अरू बेला पनि उत्तिकै हुन्छ । तर सतहमा आउँदैन ।' कुराकानी
मा परिपक्क देखिने रोशनीले थपिन्, 'दिल्ली रेप काण्डले गुपचुप घटना पनि बाहिर आएको हो ।'
यी सबै घटनामा पुरुष पीडित छैनन् । अर्थात् पुरुषमाथि बलात्कार भएको सुनिएको छैन । तर यस भनाइमा सहमत देखिएनन्, सुदीप घिमिरे । 'पुरुष पनि बलात्कृत भएका छन्,' उनले इजरायलको एक घटना उल्लेख गर्दै भने, 'त्यहाँ एक जना पुरुषलाई अठार जना युवतीले रेप गरे ।'
'यो एकदमै दुर्लभ केस हो,' रोशनी अलि कडा रूपमा प्रस्तुत भइन्, 'बलात्कारको अधिकांश घटनामा महिला पीडित भएका छन् ।'
'त्यसमा केटी पनि दोषी छन्,' कुलमान विकले थपे, 'केटालाई मात्र आरोप लगाउनु भएन नि ।' केटीहरूले लगाउने भड्किलो पहिरन पनि बलात्कारको कारण भएको उनको बुझाइ थियो । यसै सिलसिलामा उनीहरूले अर्को रोचक प्रसंग सुनाए । स्विट्जरल्यान्ड भन्ने देशको राजाले बलात्कार निरुत्साहित गर्ने मनसायले हालै नयाँ कानुन बनाएछन् ।
त्यस कानुनअनुसार त्यस देशका युवतीहरूले मिनिस्कर्ट तथा छोटो वस्त्र लगाउन नपाइने । 'युवतीले छोटो लुगा लगाउँदैमा बलात्कार हुन्छ ?,' लक्ष्मी नागपालले प्रश्न गरिन्, 'यो वाहियात कुरा ।' ग्ल्यामर ड्रेसअपले सेक्सुअल डिजाइर बढाउँछ भन्ने मान्यतालाई सही ठान्दैनन्, लक्ष्मी । यदि त्यसो हुँदो हो त, युरोप, अमेरिकाजस्ता मुलुकमा सबैभन्दा बलात्कार हुनुपर्ने हो ।
'त्यहाँका केटीहरूले छोटा लुगा लगाएरै हिँड्छन्,' नम्रताले भनिन्, 'स्विमिङ कस्ट्युम लगाउँछन्, बिकिनी शो हुन्छ ।' तर पश्चिमा समाजमा छोटो पहिरनलाई अपराधको कारण मानिएको छैन । पश्चिमा मुलुकहरूमा यौनलाई ढाकछोप गरेर राखिँदैन । न यसलाई अपराध र पापका रूपमै व्याख्या गरिएको छ ।
यसैले त्यहाँका युवायुवतीहरू यौनलाई ठूलो हाउँगुजी ठान्दैनन् । फलतः ती मुलुकहरूमा यौनजन्य हिंसा एवं अपराध कमै हुन्छ । रोशनीको यो बुझाइमा सोजन श्रेष्ठ सहमत देखिए । उनले थपे, 'हाम्रो समाज एकदमै संकीर्ण भो ।' संकीर्णताकै कारण यौनको परिभाषा पनि 'छाडा र पापकोे' रूपमा विकास भयो ।
यौनको प्रसंग उठ्नासाथ लज्जावती झारझैं खुम्चने यो समाजमा सबैभन्दा बढी यौन हिंसा हुने गरेको छ । किरण थापाले भने, 'घर परिवारमात्र होइन, साथीभाइमा पनि सेक्सका कुरा गर्नेलाई नराम्रो नजरले हेरिन्छ ।' यौनका विषयमा खुला छलफल गर्ने परिपाटी छैन, हामीकहाँ । यसप्रति समाज एकदमै नकारात्मक छ ।
हरेक विषयको कौतुहलता मेट्न पाइने विद्यालय/कलेजमा पनि यौनका विषयमा जिज्ञासा मेट्न पाइँदैन । 'पपुलेसन हेल्थको पढाइ हुन्छ,' सुदीपले थपे, 'तर प्रजनन स्वास्थ्यको च्याप्टरमा पुगेपछि शिक्षकहरू रोकिन्छन् ।' यौनको विषयमा चर्चा गर्नुलाई 'नराम्रो हो' पुरातनवादी सोचाइकै कारण हामीले यौनको गहिराइ बुझेनौं ।
यो समस्य पूरा दक्षिण एसियाली मुलुककै भएको उनीहरूको बुझाइ छ । 'सेक्स भनेको नेचुरल कुरा हो,' रोशनीले भनिन्, 'मैले सुनेकी थिएँ, यसले हाम्रो स्वास्थ्यलाई समेत फाइदा गर्छ ।' पछिल्ला अवधिमा गरिएका केही अध्ययनहरूले क्रिएटिभ सेक्सले स्वास्थ्यमा लाभ पुग्ने देखाएको छ ।
यद्यपि क्रिएटिभ सेक्सका लागि दुवै पार्टनरको रुचि र सहभागिता समान हुन जरुरी छ ।
यस किसिमको सेक्सले डिप्रेसन, थकानजस्ता मानसिक समस्यामात्र होइन, शरीरमा दीर्घकालीन रोगहरूसमेत नलाग्ने बताइन्छ । दाम्पत्य सुखका लागि त सेक्स अनिवार्य नै मानिन्छ ।
'सेक्सका बारेमा समाज खुल्न नसकेको सही हो,' सुदीप भन्छन्, 'तर कति खुल्ने ? त्यसको पनि त लिमिटेसन हुनुपर्यो ।' रोशनीले आफ्ना साथीको प्रसंग सुनाइन् । उनका साथीको परिवारले छोराछोरीलाई अनावश्यक नियन्त्रण गरेका रहेनछन् । जे गर्न मन लाग्छ, गर्न दिइँदोरहेछ । एक दिन छोरीले आफ्नो ब्वाई प|mेन्ड घरमै बोलाउन चाहिछन् ।
तर तिनकी ममीले भनिछन्, 'ल्याउन त हुन्छ । तर छिमेकीले देख्यो भने के भन्लान् ?'
'हो, घरमै ब्वाई प|mेन्ड/गर्ल प|mेन्ड ल्याउन दिन त हुन्छ,' राजेन्द्र डंगोलले भने, 'तर जे पनि गर्ने स्वतन्त्रताचाहिँ दिनु हुँदैन ।' यद्यपि हरेक कुराको एउटा सीमा हुने र त्यही सीमाभित्र रहनुपर्ने लक्ष्मीको भनाइ छ । उनले थपिन्, 'आउट अफ लिमिट भनेको एडिक्सन हो ।' चुरोट, रक्सीमा मात्र एडिक्सन नहुने उनको तर्क थियो ।
'सेक्समा पनि एडिक्सन हुन्छ,' लक्ष्मीले भनिन्, 'जुन हामीकहाँ छ ।' यौनलाई अनावश्यक ढाकछोप गर्ने र नियन्त्रण गर्दा भित्रभित्रै सेक्स एडिक्सन मौलाइरहेको छ । बलात्कारजस्ता यौनजन्य अपराधका घटना बढ्नुको पछाडि पनि यही कारण भएको सोमनन्द चौधरीको दाबी थियो । यौनका विषयमा समाज खुल्न नसकेरमात्र होइन, चेतनाको कमीले पनि यौनजन्य विकृति बढिरहेको तर्क गर्छन्, किरण थापा ।

माघ १८ - शुक्रबार
शिव मुखिया ,
शिव मुखिया ,