CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » सरकारी फोनमा राति अबेरसम्म महिलालाई फोन गरेको भेटिएपछि

सरकारी फोनमा राति अबेरसम्म महिलालाई फोन गरेको भेटिएपछि


वासिङटन, माघ २१ (एजेन्सी) - सरकारी सुविधाको मोबाइल फोनबाट राति अबेरसम्म महिलाहरुसित कुरा गर्ने गरेको खुलासा पत्रिकाले गरेपछि नेब्रास्काका लेफ्टिनेन्ट गभर्नर रिक शिहीले शनिबार राजीनामा गरेका छन्। लेफ्टिनेन्ट गभर्नर अमेरिकाका संघीय राज्यहरुमा गभर्नरभन्दा मुनिको तहमा रहने उच्च सरकारी अधिकारीको पद हो।
ओमाहा वर्ल्ड हेराल्डका अनुसार उनले चार महिलालाई झण्डै २ हजार कल गरेको भेटिएको थियो। यी लामा कलहरु राति
अबेला गरिएका थिए।
गभर्नर डेभ हेइनीम्यानले राजीनामा तत्काल लागू हुने गरी स्वीकार गरेको बताएका छन्। उनले आफूले गरेको विश्वासलाई लेफ्टिनेन्ट गभर्नरले तोडेको पनि बताए।
स्थानीय मिडियाका अनुसार शिहीकी पत्नीले २९ वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य गर्न गत वर्ष सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी थिइन्।
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis