काठमाडौ। तराईका बिभिन्न जिल्लामा नेरु बिस्थापन गर्ने र भारुको कारोबार बढाउने प्रयास भैरहेको बेला एमालेको युथफोर्स झापाले सञ्चालन गरेको 'भारतीय नोटको कालोबजारीविरुद्ध आन्दोलन र सरोकारवाला निकायको दायित्व' विषयमा हालै एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। सो अवसरमा काँकरभिट्टा नाकामा खुलेआम भारतीय पाँचसय र हजारका नोटका गड्डी हातमा लिएर नोट साट्ने गरेको, सय भारु साट्दा रु आठ बढी लिएर साट्ने गरेको स्थानीय मनी चेन्जरले नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरभन्दा बढी रकम लिएर साट्ने गरेको, काँकरभिट्टाका अधिकाँंश पानपसल, जुत्तापसल, होटल सञ्चालकहरूसमेत नोटको कालोबजारीमा संलग्न रहेको र यसको नियन्त्रणमा प्रभावकारी भूमिका स्थानीय प्रशासनले निर्वाह नगरेकाले समस्या बढेको सहभागीहरूले धारणा प्रकट गर्नु भएको थियो। एमालेका केन्द्रीय सल्लाहकार समितिका सदस्य मनकुमार
गौतमले भारतीय नोटको कालोबजारीका कारण अनाहकमा सर्वसाधारण मर्कामा पर्नेगरेकाले यस विषयमा सरकारलाई संवेदनशील भएर ठोस कदम उठाउनुपर्ने विचार राख्नुभयो। न्ोपाल बैंक लिमिटेड काँकरभिट्टाका प्रबन्धक सचिनचन्द्र कर्णले व्यापारिक कार्यबाहेक औषधिउपचार, शिक्षाका साथै सामान्य कामका लागि दैनिक दस लाख भारतीय मुद्राको माग रहेको अवस्थामा नेपाल राष्ट्र बैंकले दैनिक दुई लाखमात्र सटही गर्ने अनुमति दिएको बताउनुभएको थियो। मनी चेन्जर काँकरभिट्टाका तदर्थ समितिका संयोजक विष्णु मैनालीले भारतीय नोट महँगोमा खरिद गरेर बेच्नु परेकाले समस्या जटिल बन्दै गइरहेको भन्दै प्रहरीकै सामुन्नेमा पाँचसय र हजारका गड्डी हातमा लिएर हल्लाउँदै नोट साट्ने झोले व्यापारीहरू कहिले पनि कारबाहीमा नपरेकाले सटही सञ्चालकहरू म्ाारमा परेको बताउनुभएको थियो। पत्रकार पंकज शर्माले झापामा दैनिक दुई करोड भारतीय मुद्राको माग रहेको सुनिएको उल्लेखगर्दै झापामा सञ्चालित ३० वटा सटही काउन्टरलाई नेपाल राष्ट्र बैंकले प्रत्येकलाई दुई लाख भारतीय मुद्रा उपलब्ध गराएमा कालोबजारी नियन्त्रण हुनसक्ने तर्क गर्नुभएको थियो। अर्का सटही रेशमी आचार्यले भारतबाट काम गरेर फर्कने मजदुरसँग रहेको पाँचसय र हजारको नोट बैंकले नसाट्ने, नेपालका प्रहरीले पक्राउ गरी कारबाही थाल्ने र यसबाट जोगिन भारतबाट सयको नोटको गड्डी ल्याउँदा बाटोमा लुट्ने घटना पनि पटकपटक भइरहेको अवस्थामा त्यसतर्फ पनि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो। युथ फोर्स झापाका संयोजक प्रत्युष आजादको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला प्ा्रशासन कार्यालयका अधिकृत गणेश दाहाल, अधिवक्ता चन्द्रा श्रेष्ठ, युथफोर्स झापाका धर्म शिवाकोटीले पनि बोलनु भएको थियो।
बिपक्षीद्वारा एमाओवादीको अधिबेशन बहिष्कार
काठमाडौ। नेकां र एमाले लगायतका बिपक्षी दलहरुले एमाओवादीको हिजो हेटौडामा भएको महाधिबेशनको उद्घाटन कार्यक्रम बहिष्कार गरेको थाहा भएको छ। एमाओवादीलृे नेकां र एमाले लगायतका केही पार्टीका शीर्ष नेताहरुलाई अधिबेशनमा शुभकामना दिन आमन्त्रण गरेको थियो। तर हिजो आन्दोलनरत दलका कुनै पनि नेताहरु एमाओवादीको अधिबेशन स्थलमा जानु भएन। सो पार्टीले साना र माओ बिचारधारा मान्ने कम्युनिष्ट पाटीहरुलाई भने बोलाएन। एमाओवादीको अधिबेशनमा राजावादी, मधेशी र केही जातीय तथा हिंसात्मक समूहका नेताहरुको उपस्थिति रहेको थियो। उद्घाटन सत्रमा एमाओवादीका अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले आफ्नो अधिकांश समय नेकां र एमाले लगायतका बिपक्षीहरुको आलोचनामा खर्चेको देखिएको थियो। उनीहरुले शोषित पीडित नेपाली जनताको भन्दा आफ्नो सत्ताको बढि चिन्ता र चासो ब्यक्त गरेका थिए।
माघ २१ , देश प्रेम , आइतबार