काठमाडौं, माघ २२ – नेपाल टेलिकमले फागुन १ गतेदेखि बैशाख मसान्त सम्म
टेलिफोन र मोबाइल शुल्कमा छुट दिने घोषणा गरेको छ । टेलिकमले ल्याण्डलाईन
टेलिफोनको न्युनतम मासिक महसुल २ सय रुपैयाँमा २ सय २५ कल निशुल्क उपलब्ध
गराउने भएको छ ।
टेलिकमले पत्रकार सम्मेलन गरेर आफ्नो नवौँ
बार्षिकोत्सवको अवसरमा छुट दिने घोषणा गरेको हो । टेलिकमका प्रवन्धनिर्देशक
अमरनाथ सिंहले सबै मोबाइलमा राती १० देखि विहान ६ बजेसम्म प्रतिकलमा ३०
पैसा मात्रै लाग्ने जानकारी दिनुभयो ।
सिंहले सीडीएमएमा एसएमएसको शुल्क फागुन ३० गतेसम्म आधा छुट गर्ने र
वाइम्याक्स इण्टरनेटमा फागुन ३० सम्म १० जीवी बोनस दिने घोषणा गर्नुभयो ।
टेलिकमले करबाहेक १२ रुपैया रहेको अष्ट्रेलियाको महसुल आजदेखि फागुन ३०
गतेसम्म ७ रुपैया ७५ पैसा र बेलायतमा ४ रुपैया प्रतिमिनेट निर्धारण गरेको छ
।