CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पोखरा बैदामका इन्स्पेक्टरको घुस छताछुल्ल

पोखरा बैदामका इन्स्पेक्टरको घुस छताछुल्ल

पोखरा। प्रहरी सेवामा प्रवेश गरेपछि जहिले पनि मालदार स्थानमा खटिने अधिकृतको रुपमा चिनिएका बैदाम वडा प्रहरी कार्यालयका इन्स्पेक्टर झविन्द्र भट्टराईले ड्यामसाइडको एक होटलबाट भारतीय पर्यटकहरूलाई बेश्याबृत्ति गरेको भन्दै पक्राउ गरी १ लाख रुपैयाँ घुस लिएको कुरा छरपष्ट भएको छ। कुरा केही दिन दिन अघिको हो। बैदाम प्रहरीले सो होटलबाट यौन क्रियाकलापमा संलग्न भएको आरोपमा नेपाली युवतीसहित केही भारतीयहरूलाई गिरफ्तार गर्‍यो। ती भारतीयलाई २४ दिन थुनामा राख्नुपर्नेमा छिटो मुद्दा चलाएर छुटाकारा दिई इन्स्पेक्टर भट्टराईले १ पेटी लिएको कुरापछि प्रहरीभित्रैबाट उजागर भएपछि उनी लेखापालसँगै आक्रोसित भएका छन्। हाकिमले पेटी लिएको घटनाका जानकार वप्रकाका लेखापालले गाडी मर्मत र तेल खरिदको बक्यौता तिर्नका लागि त्यो रकममध्येबाट केही हिस्सा माग गरेपछि इन्स्पेक्टर आक्रोसमा आए। र, कार्यालय प्रमुखको पछि लाग्ने भन्दै गर्नुसम्म गाली लेखापाललाई गरे।  
 इन्स्पेक्टर भट्टराईको आक्रोसको शिकार भएका लेखापालले चिया खाने क्रममा भारतीयहरूको पक्राउ र उनीहरूलाई छिटो मुद्दा चलाएर १ लाख रुपैयाँ लिएको कुरा साथीभाइमाझ सेयर गरे। उनले पहिलाका इन्स्पेक्टर शेरबहादुर चन्दको पालादेखिको गाडी मर्मत र तेलको पैसा तिर्न बाँकी रहेको गुनासो गरेका थिए। पहिलाका इन्स्पेक्टरले पनि तेल र गाडी मर्मतको पैसा नतिरी आफूमात्र धनी भए, अहिलेका पनि त्यस्तै रहेछन् भन्दै लेखापालले चिया खाने क्रममा खोलेपछि मात्र भारतीय पर्यटकबाट लिएको घुसकाण्ड सार्वजनिक भएको हो। 
त्यसो त इन्स्पेक्टर भट्टराई हाल नुवाकोटका डीएसपी दीपक खरेलका कारण सई हुँदादेखि नै फाइदा लिनेमा पर्दछन्। अधिकांश समय आइजीपी अच्यूतकृष्ण खरेल खरेलको निवास र तत्कालीन काठमाडौं प्रहरी कार्यालय हनुमानढोकामा सुबेदार मेजर भएर कमाउने अवसर पाएका झविन्द्र भट्टराई रविन्द्रप्रताप शाहको कार्यकालमा पनि निवासमै मस्ती गर्नेमा पर्दछन्। डीएसपी दीपक खरेलका विश्वासपात्रका रुपमा भट्टराई र विष्णु लामिछानेले अच्युत खरेलका पालादेखि शाहको शासनमा निवासमा चलखेल गरेका थिए। इन्स्पेक्टर बढुवा भएपछि शाहले नै भट्टराईलाई सुरुमा फर्पिङ प्रभागको प्रमुख र काठमाडौंको सोह्रखुट्टे प्रभाग जत्तिकै मालदार मानिने बैदाम वप्रकामा काजमा खटाएका हुन्।  
बागलुङ बसपार्कमा हुने बेश्याबृत्ति, लेकसाइडमा हुने अवैध डलरको कारोबार र ग्रान्ड क्यासिनोमा नेपाली प्रवेश गर्न दिएर मासिक रुपमा इन्स्पेक्टरले लाखौं रुपैयाँ घुस खाने गरेको प्रहरी सूत्र नै बताउँछ। संगठित रुपमा कायम गुण्डागर्दी पनि बैदाम प्रहरीको अर्को असुली गर्ने बाटो हुने गरेको छ। पोखराको गुण्डागर्दीमा कुख्याती कमाएको एलजी समूहलाई संरक्ष्ँण गर्ने काम पनि बैदाम वप्रकाबाट हुने गरेको आरोप छ। एलजी समूहका हर्ताकर्ता ललित गुरुङले पोखराको प्रहरी प्रशासनलाई हातमा लिएर अवैध काम गर्दैआएका छन्। कास्कीका डीएसपी श्यामकृष्ण अधिकारीले पनि एलजीलाई संरक्षण गरेर फाइदा लिने गरेको आरोप छ। केही दिनअघि कास्कीका तत्कालीन एसपी शैलेश थापाले एलजीका ललितलाई पक्राउ गर्दा डीएसपी अधिकारी नै केही दिनअघि छुटाएका छन्। डीएसपी अधिकारी ललितलाई छुटाउन सक्रिय भएर लागेको कुरा साँघुले उजागर गरेको थियो। ललित १० लाख रुपैयाँ खर्च गरेर छुटेको चर्चा प्रहरीमा छ। कास्कीका एसपी शैलेश थापा सरुवा भएर नयाँ एसपी केदार रिजाल हाजिर नहुँदै डीएसपी अधिकारीको पहलमा ललित छुटेका छन्।  

सोमबार साँघु 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis