CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , » ठूलाको नाम लिँदै साना कर्मचारीसँग नगद

ठूलाको नाम लिँदै साना कर्मचारीसँग नगद

नेपालको कर्मचारी जगत्मा कुन हदसम्मको भ्रष्टाचार हुनसक्छ भन्ने कुराको एक अर्को दृष्टान्त नेपाल विद्युत् प्राधिकरणमा देखिएको छ। राजनीतिक क्षेत्र तथा उच्च निजामती सेवाको शिकार हुँदै आएको नेपाल विद्युत् प्राधिकरणका केही अधिकारप्राप्त कर्मचारीले पियन र सवारीचालकहरूसँग समेत रकम असुलेर खाने गरेको समाचार प्राप्त भएको छ। नेपाल विद्युत् प्राधिकरणले ड्राइभर पदका लागि लिएको खुला प्रतिस्पर्धात्मक परीक्षामा नियमविपरीत भत्ता लिने र पास गरिदिन्छु भन्दै जाँच दिएका ड्राइभरहरूसँग पैसा  
असुल्न थालेपछि राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गर्नुपर्ने अवस्था आएको छ। अनियमितताको सूचना पाएपछि केन्द्रले अनुसन्धान तथा छानबिन सुरु गरिसकेको छ।  
प्राप्त समाचारअनुसार खुला विज्ञापनको दरखास्त सङ्कलन गर्दाका लागि मात्र स्वीकृत भएको भत्ता ०६९ असोज र कात्तिक महिनाभरि केही कर्मचारीले बाँडेर लिएका थिए। यसरी नियमविपरीत भत्ता खानेमा महाशाखा प्रमुख हुमबहादुर केसी, भगवती प्रसाईं र रुकमणि घिमिरे छन्। पदपूर्ति महाशाखाको उपनिर्देशक पदमा कार्यरत भगवती प्रसाईंले महिला कुनै पदमा पुगे भ्रष्टाचार गर्दैनन् भन्ने मान्यतालाई तोड्दै कार्यालयको मोटरसाइकल आफ्ना छोरालाई निजी प्रयोगका लागि उपलब्ध गराएकी छिन्। विद्युत् प्राधिकरणको बा.१म २०२४ नम्बरको मोटरसाइकल कार्यालयले उनका निम्ति दिएको थियो तर आफूलाई चलाउन नआएपछि उनले उक्त मोटरसाइकल घरमा लगी छोरालाई दिएर आफूचाहिँ कार्यालयकै गाडीमा आउने–जाने गर्छिन्। यता महाशाखा प्रमुख हुमबहादुर केसीको ध्यान भने प्रायः कहाँबाट कति भत्ता आउँछ भन्नेतर्फ नै केन्द्रित हुने गरेको छ। एकै दिनमा चार–पाँच किसिमको भत्ता बुझिलिनेमा उनको नाम चर्चित छ। यसका लागि केसीले आफ्नो समूह नै बनाएका छन्, कसैलाई केमा कसैलाई केमा राखेर आफूवरिपरिका मानिसलाई समेत उनले भत्ता दिलाउने गरेका छन्। ड्राइभरको खुला प्रतिस्पर्धामा दरखास्त सङ्कलनका लागि स्वीकृत भएको भत्ता अधिकृतस्तरलाई पाँच सय २५ र सहायकस्तरका कर्मचारीका लागि तीन सय ५० रहेको थियो। एकै दिनमा एकै व्यक्तिले कोडिङ, टेबुलेसन, रिजल्ट प्रकाशन, बढुवाको रिजल्टजस्ता बैठकको भत्ता बुझ्ने गरेका छन्। 
लिखितमा पास भएपछि हुने प्रयोगात्मक परीक्षामा जनसाधन विभागको निर्देशकको प्रत्यक्ष निगरानीमा विशेषज्ञ तोकी खटाउनुपर्नेमा महाशाखा प्रमुख आफैँले विशेषज्ञ तोकेर सबैलाई आश्चर्यमा पारेका छन्। परीक्षा सकिएपछि को–को पास हुन्छन् भन्ने कुरा करिब निर्क्योल भइसकेपछि म तिमीलाई पास गरिदिन्छु यति पैसा देऊ भनेर परीक्षार्थी ड्राइभरहरूसँग सीधै भन्ने गरेको पनि प्राधिकरण परिसरमा चर्चाको शिखरमा छ। यसअघि प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता छुट्टाछुट्टै मानिसले लिने गर्दथे।  
माओवादी नेता तथा मन्त्री पोष्टबहादुर बोगटीको आफन्त भएकाले आफ्नो पहुँच माथिसम्म रहेको मातहतका कर्मचारीलाई बताउँदै आएका केसीले मुख्यसचिवको नाम पनि लिन गरेका छन्, तर मुख्यसचिवले यसप्रकारका अनियमिततामा उनलाई साथ देलान् भन्ने कुरामा कर्मचारीलाई विश्वास भएको देखिँदैन। ड्राइभरको तीनदेखि पाँच तहसम्मको पदका लागि ०६८ साल पुस १ गते विज्ञापन खुलाइएको थियो। चमेली आयोजना र उपलब्धि शाखामा बस्दा पनि अनियमतितासँग नाम जोडिएका महाशाखा प्रमुख केसीले प्रशासकीय अधिकृत गोपाल पाठकलाई प्रयोग गर्ने गरेको बताइएको छ। 

--- घटना र बिचार 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis