CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पाउडर घसेर मात्रै सुन्दरी भइन्ना – करिश्मा मानन्धर

पाउडर घसेर मात्रै सुन्दरी भइन्ना – करिश्मा मानन्धर

फिल्मको पर्दामा नाँच्ने नायिका करिश्मालाई आजभोलि आन्दोलनको मोर्चामा देखिन्छ नि?   
म एउटा कलाकार हुँ। त्यसैले चलचित्र क्षेत्रको विकासका लागि भनेर गरिएको आन्दोलनको सरिक भएकी हुँ।  
तर आन्दोलन त अध्यक्ष पदका लागि भइरहेको भन्छन् नि?  
बोर्डको अध्यक्ष चलचित्र क्षेत्रकै मान्छे हुनुपर्छ भन्ने हाम्रो माग हो।  
अहिले नियुक्त भएका पप्पुको बारेमा के भन्नुहुन्छ? 
उहाँलाई म चिन्दिनँ।  
तपार्इंले पूरै जीवन यो क्षेत्रमा बिताउनुभएको छ, बोर्डको अध्यक्ष बन्ने हक
त तपार्इंसँग पनि छ नि, होइन?  
मलाई त्यस्तो कुनै पदको लोभ छैन। कलाकारिता पेशामा छु, तर यो क्षेत्रमा सबै कुराको ज्ञान पनि मलाई छैन।  त्यो कुर्सीमा बसेर काम गर्ने इच्छा पनि छैन। चलचित्रकर्मीहरूले उठाएको नौ बँुदे माग ठिक जस्तो लागेर आन्दोलनमा उत्रिएकी हुँ।  
नेपाली चलचित्रको विकास किन हुन नसकेको होला?  
नीति नियममा पनि कमजोरी छ। चलचित्र क्षेत्रलाई सरकारले सहुलियत दिनुपर्छ। अर्काे कुरा राजनीतिक अस्थिरताका कारण अहिले अन्य क्षेत्रजस्तै चलचित्र व्यवसाय पनि खस्केको छ।  
तपाईंले गत वर्ष नै फिल्म बनाउने कुरा गर्नुभएको थियो नि?  
मैले फिल्म बनाउने मनसायको कुरा गरेकी थिएँ। त्यो कुरा सत्य हो। तर उचित समयको पर्खाइमा छु।  
त्यो समय कहिले आउँला?  
त्यो आफैं जुरेर आउँछ। अहिले फिल्म बनाउने अवस्था छैन। बनाइएका फिल्महरू पनि चलेका छैनन्। अशोक शर्मालगायत पु्राना निर्माता समेत चुप लागेर बसेका छन्। त्यसकारण अहिले हामी सबै फिल्म नचलेकाले रनभुल्लमा परेको अवस्थामा छौं।  
अन्य फिल्ममा पनि काम गर्नुभएको छैन भन्ने सुनिन्छ नि? 
१/२ वटा स्त्रि्कप्ट आएका छन्। जुन पायो त्यही फिल्ममा नखेलौं भनेर फुसर्द लिएको मात्र हो।  
तपाईंलाई पहिलो जस्तो ग्ल्यामर नभएर निर्माता/निर्देशकले लिन छाडेका त हैनन्?  
त्यस्तो होइन। अहिले पनि म ग्ल्यामर भूमिका निर्वाह गर्न सक्छु। टिएनजरको भूमिकामा खेल्न सुहाउँदैन होला, तर अझै ग्ल्यामरस नै छु । आइटम गीतमा समेच नाचिरेहको छु।  
कस्तो भूमिकामा खेल्ने रहर छ?  
आफूलाई सन्तुष्टि हुने खालेको भूमिकामा खेल्ने इच्छा छ।  
अरु कुनै बिजनेसमा त हुनुहुन्न?  
अहिले अब के बिजनेस गर्नु। हाउसवाइफ भएको छु। हाउसवाइफ भए पनि हेल्थ मेन्टन गर्न भने ध्यान दिन्छु।  
त्यही भएर अझै तरुनी देखिनुभएको?  
पाउडर घसेर हुने सुन्दरता क्षणिक हुन्छ। वास्तविक सुन्दरता त मान्छेको मनदेखि हुनुपर्छ। 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis