CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पारससँगै छोरी पनि गम्भीर बिरामी, हिमानी बैंकक नजाने

पारससँगै छोरी पनि गम्भीर बिरामी, हिमानी बैंकक नजाने


९ फागुन, काठमाडौं । पारिवारिक तनावका कारण थाईल्याण्डमा बस्दै आएका पूर्व युवराज पारस शाह गम्भीर बिरामी हुनुभएको छ । मंगलबार अकस्मात हृदयघात भएपछि उहाँको बैंकमै उपचार भैरहेको छ । पारसलाई हृदयघात भए लगत्तै नेपालमा रहेकी कान्छी छोरी कृतिका पनि एपेन्टिसाइटिसका कारण थलिएकी छिन, उनलाई अस्पताल भर्ना गरिएको छ ।
पूर्व राजपरिवारका सहयोगी फणिराज पाठकका अनुसार पारसको अवस्था बिस्तारै सुधार हुन थालेको छ । ‘सरकारको मुटुको शल्यक्रिया गरेर स्टण्ट राखिएको छ, स्वास्थ्य अवस्था बिस्तारै सुधारोन्मुख हुन थालेको छ’ पाठकले अनलाइनखबरसित भन्नुभयो । उहाँका अनुसार पारस र हिमानीकी कान्छी छोरी कृतिकाको राजधानीको थापाथली स्थित नर्भिक अस्पतालमा उपचार भैरहेको छ । ‘सिमरामा रहेको बेला गएराति अकस्मात एपेन्टिसाइटिस भएपछि हतारहतार
राजधानी ल्याएर अस्पताल भर्ना गरिएको हो’ पाठकले भन्नुभयो -’बुधबार बिहान सफलतापूर्वक शल्कृया सम्पन्न भएको छ ।’
हिमानी बैंकक नजाने
पति पारससँगको सम्बन्ध चिसो भएपनि गम्भीर बिरामी भएको खबर थाहा पाएपछि पूर्व युवराज्ञी हिमानी बुधबार बिहान बैंकक जाने तयारी थियो । तर कान्छी छोरी अकस्मात बिरामी भएपछि उहाँको बैंकक जाने कार्यक्रम तत्कालको लागि स्थगित भएको छ । उहाँ बिरामी छोरीको स्याहार गरेर अस्पतालमै बसिरहनुभएको छ ।
केही दिनदेखि सिमरामा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह भने अझै काठमाडौं र्फकनुभएको छैन । उहाँहरु बैंकक जाने नजाने विषयमा अझै टुंगो लागेको छैन । स्रोतका अनुसार बैंककमा पारसको स्याहारसुसार उहाँकै थाई गर्लफ्रेन्डले गर्दै आएकी छिन् । परिवारसँग सम्बन्ध चिसो भएपछि पारस लामो समयदेखि थाई गर्लफेन्डसँगै बैंककमा बस्ने गर्नुभएको छ ।
-- साभार अनलाईनखबर 
Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis