CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » पारसको अझै होस खुलेन तर स्वास्थ्यमा सुधारको स‌ंकेत

पारसको अझै होस खुलेन तर स्वास्थ्यमा सुधारको स‌ंकेत


काठमाडौँ, फागुन ९ - ह्रदयघात भएपछि गएराति अस्पताल पुर्‍याइएका पूर्व युवराज पारस शाह आज बिहानसम्म अचेत अवस्थामा नै छन्। अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्यमा सुधारको स‌ंकेत देखिएको छ।
हृदयघातका कारण बैंककस्थित समित्भेज अस्पतालको आईसीयुमा भर्ना भएका पूर्वयुवराज पारसको अबस्थाबारे नेपाली दूतावासका अधिकारीहरुले जानकारी लिएका छन् । कार्यबाहक राजदूत डोरनाथ अर्यालले आज बिहान अस्पताल पुगेर पारसको उपचारमा संलग्न
चिकित्सकहरुसँग बिरामीको अवस्थाबारे जानकारी लिनुभएको हो । आइसीयुमा राखेर उपचार भइरहेको र  होसमा नरहेका शाहको अवस्था स्थिर भएको चिकित्सकहरुले बताएका छन् ।’
'मध्याह्न उनले आँखाको परेला अलिअलि चलाउन थालेका छन्, उनको होस आउन लागेको जस्तो देखिएको छ,' मिडियामा बोल्ने अनुमति नभएकोले  नाम बताउन नचाहने समितिवेज अस्पतालका एक वरिष्ठ चिकित्सकलाई उद्धृत गर्दै स्रोतले बताएको छ।
सिटी स्क्यान लगायतका परिक्षण नभइसकेकाले स्वास्थ्य अवस्थाबारे विस्तृत बिबरण दिन नसकिने चिकित्सकले बताएका छन् । मस्तिष्कघात र हृदयघात भएको हुनसक्ने उनीहरुको अनुमान छ । गैरआवासीय नेपाली संघका सचिव सुनील खड्का र पारसकी केटी साथीले अहिले उनको हेरचाह गरिरहेका छन् । परिवारका सदस्य आजै थाइ एयरको उडानमार्फत पुगेपछि थप परीक्षण हुने बताइएको छ ।
हृदयघात भएको करिव एक घण्टापछि मात्र उनलाई अस्पताल पुर्‍याइएको थियो, जसका कारण उनका केही अंग नचल्ने हुनसक्ने चिकित्सकले बताएका छन् । तर, विस्तृत परीक्षणपछि मात्र उनको अवस्थाबारे जानकारी दिने चिकित्सकले बताएका छन् ।
पूर्वराजपरिवारका सहयोगी फणिराज पाठकले भने पारसको अवस्था बिस्तारै सुधार हुन थालेको बताउनुभएको छ । 
बैंककमा रहेका शाहलाई नेपाली समयअनुसार मंगलबार बेलुका आठ बजे हृदयघात भएको हो। थाई महिला मित्र कन्निका चाइसान र केही नेपाली सहयोगीसहित पुरनताउँमा बस्दै आएका पारसलाई हृदयाघात भएपछि चाइसनले अस्पताल पुर्‍याएकी थिइन्।
नाजुक अवस्थामा अस्पताल पुर्‍याइएका पारसलाई आइसियुमा उपचार थालिए पनि सुधार नआएपछि सिसियु सारिएको थियो। चिकित्सकले उनको अवस्था चिन्ताजनक रहेको बताउँदै परिवारका सदस्यलाई खबर गर्न आग्रह गरेपछि बैंककमा रहेका नेपालीले निर्मल निवासमा खबर गरेका छन्। स्रोतका अनुसार पूर्वयुवराज्ञी हिमानीलगायतको टोली बुधबार बैंकक जाँदैछ।
पारसलाई यसअघि पनि हृदयाघात भएको थियो। २०६४ भदौ २० मा पारसलाई 'माइल्ड हर्ट एट्याक्ट' भएको थियो। छातीमा पीडा भएपछि सुरुमा सैनिक अस्पताल र पछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। ५० मिनेट लामो शल्यक्रियाबाट अवरुद्ध धमिनी खोल्न ब्यालुन एन्जिओप्लास्टी गरिएको थियो।



Share this article :


हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis