काठमाडौं । दक्षिण अफ्रिकाका आलम्पियन धावक ओस्कार पिस्टोरियसले आफ्नो प्रेमिकालाई तीन पटक गोली हानेको अभियोजन पक्षले बताएका छन् ।
जमानतको निवेदनमाथि सुनुवाईका क्रममा अभियोजन पक्षले उनकी प्रेमिका रीवा स्टीनक्याप बाथरुममा रहेको समयमा पिस्टोरियसले गोली चलाएका हुन् । अभियोजनकर्ताको दावी सुनेर पिस्टोरियस
रोएका थिए । पिस्टोरियसले बिहीबार आफ्नै घरमा गोली हानेका थिए ।
तर, बचाउ पक्षले भने उसलाई हत्याको मामिला नभएको दावी गरेको छ । पोर्ट एलिजाबेदमा रीवाको अन्त्यष्टी भइरहेको बेला अदालतमा सुनुवाई भइरहेको थियो ।
अभियोजनकर्ताका अनुसार गोली चलाउनु अघि विकलांग पिस्टोरियसले उठेर कृतिम खुट्टा लगाएका थिए । उनले चार पटक गोली चलाएको र जसमध्ये ३ बटा रीवालाई लागेको अभियोजक गेरी नेलले अदालतमा बताइन् । नेलका अनुसार गोली चलाएपछि पिस्टोरियसले बाथरुमको ढोका तोडे र रीबालाई सिढीबाट तल ल्याए ।
बचाउ पक्षको वकिल ब्यारी रोक्सले भने अदालतमा हत्याको कुनै प्रमाण नभएको बताएका छन् । कृतिम अंकको सहयोगमा लण्डन ओलम्पिकमा सहभागी भएपछि २५ वर्षीय पिस्टोरियस ब्लेड रनरको नामबाट चर्चामा आएका हुन् ।