जे गर्छु, मनदेखि नै गर्छु'-वर्ष २०१३ की मिस नेपाल इशानी श्रेष्ठले रुचि नलागेको काममा हात नै नहाल्ने बताइन्। आगामी सेप्टेम्बर २८ का दिन इन्डोनेसियाको सेन्टुल इन्टरनेसनल कन्भेन्सन सेन्टरमा हुने मिस वल्र्ड-२०१३ मा नेपालको प्रतिनिधित्व गर्ने जिम्मेवारी आफूमा आएकोमा असाध्यै खुसी
लागेको बताउँदै इशानीले भनिन्—
'मिस वल्र्डमा म नेपालको प्रतिष्ठालाई उच्च बनाउने प्रयास गर्नेछु, नेपालीहरूलाई निराश पार्ने छैन।'
विजेता भए लगत्तै साप्ताहिकसँगको संक्ष्ािप्त कुराकानीमा इशानीले भनिन्— 'सानै उमेरदेखि मेरो एउटा बानी छ, म जुन काममा हात हाल्छु, त्यसमा सफल हुन्छु। मिस नेपालको सहभागिता पनि सफलताकै लागि थियो, आज म यसमा सफल भएकी छु। अबको लक्ष्य भनेको मिस वल्र्ड-२०१३ नै हुनेछ।' स्कुले जीवनदेखि नै आफूले मिस नेपाल प्रतियोगितालाई नजिकबाट नियालिरहेको बताउने इश्ाानीले भनिन्- 'मैले मिस नेपाल प्रतियोगिता आयोजना हुनु तीन साताअघि नै एउटा वाचा गरेकी थिएँ, अब त्यो बाचा पूरा गर्ने समय आएको छ।' इशानीले यदि आफू मिस नेपालको विजेता भए आवाजविहीन मानिसहरूको आवाज बन्ने बताइएकी थिइन्। अबको एक वर्ष उनले पिछडिएका नेपाली महिला तथा असाहय बालबालिकाहरूलाई सहयोग पुग्ने सामाजिक कार्यमा सक्रिय हुने योजना बनाएकी छिन्।
थापाथली, काठमाडौंकी स्थायी बासिन्दा इशानी श्रेष्ठले वर्ष-२०१३ को मिस नेपालको क्राउन जित्नुको पछाडि आफ्नै कथा छ। २१ वषर्ीया इश्ाानी डेन्टिस्टी छात्रा पनि हुन्। ५ फिट ८ इञ्च अग्ली इश्ाानीले मिस नेपाल-२०१३ को उपाधि जित्ने क्रममा प्रतिस्पर्धी १७ सुन्दरीलाई पाखा लगाएकी थिइन्। बुधबार राति प्रज्ञा भवनमा सम्पन्न निणर्ायक प्रतियोगितामा इश्ाानीले मुख्य निणर्ायक तीर्थमान शाक्यद्वारा सोधिएको 'तपाईं एकल परिवारलाई महत्व दिनुहुन्छ कि संयुक्त परिवारलाई र किन ?' भन्ने प्रश्नको जवाफ दिएर यो सफलता हासिल गरेकी हुन्। निणर्ायक जवाफमा इशानीले आफू संयुक्त परिवारमा जन्मिएर हुर्किएकाले एकल परिवारभन्दा संयुक्त परिवारनै महत्व दिने बताएकी थिइन्। उनले आफ्नो जवाफमा 'संयुक्त परिवारभित्र पाइने मूल्य र मान्यताले मानवताको पाठ सिकाउने तथा संयुक्त परिवारमा पाइने माया, ममता, सहयोग, स्नेही भावनाकै कारण आफू मिस नेपालको प्रतिस्पर्धी बन्न सकेकी हुँ' भनेकी थिइन्।
मिस नेपालको क्राउन आफ्नो शिरमा सजाएपछि केही भावुक हुँदै इश्ाानीले भविष्यमा डेन्टिस्टका रूपमा करियर अघि बढाउँदै समाजसेवाको क्ष्ाेत्रमा समेत हात हाल्ने योजना सुनाइन्। चित्रकला, नृत्य तथा भ्रमणमा रुचि राख्ने इश्ाानीले आफ्नो सफलताको श्रेय परिवार भएको बताउँदै आफूलाई हरेक नयाँ काम गर्न उत्साहित हुने युवतीका रूपमा चित्रिण गरिन्।
मिस नेपालको उपाधि सँगै इशानीले नगद ५० हजार रुपैयाँ तथा पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा एउटा अपार्टमेन्ट पनि पाएकी छिन्। यो अपार्टमेन्ट उनले मिस नेपाल-२०१३ का फस्ट रनर्स अप तथा सेकेन्ड रनर्सअपसँग पनि सेयर गर्नुपर्नेछ। विजेता इशानीलाई वर्ष २०१२ की मिस नेपाल सृष्टि श्रेष्ठले मुकुट पहिराइ दिएकी थिइन्। इश्ाानीले प्रतियोगितामा मिस वेस्ट वाकको शीर्षक उपाधि पनि जितिन्।
द हिडेन ट्रेजरको यो १८ औं प्रतिस्पर्धामा सिन्धुलीकी रोजिशा शाही ठकुरीले मिस नेपाल अर्थ -फस्ट रनर्स अप) को उपाधि जित्न सफल भइन्। प्रतियोगिताकै सबैभन्दा अग्ली -५ फिट ९ इञ्च) यी सुन्दरीले पनि निणर्ायक प्रश्नको जवाफमा आफूलाई एकलभन्दा संयुक्त परिवार नै मनपर्ने जवाफ दिएकी थिइन्। बीबीए दोस्रो वर्षकी यी छात्राले आगामी नोभेम्बर/डिसेम्बर महिनामा मलेसियाको सवाहमा सम्पन्न हुने मिस अर्थ-२०१३ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्। धापाखेलमा बसोबास गर्ने रोजिशा १९ वर्षकी छिन्। भविष्यमा बिजनेस उमन बन्ने लक्ष्य लिएकी रोजिशाले मिस अर्थ नेपालको उपाधि सँगै नगद ३५ हजार रुपैयाँ पनि जितिन्। यसअघि रोजिशाले ग्ल्यामर संसारमा रुचि भएका कारण आफू मिस नेपालमा सहभागी भएको बताएकी थिइन्। आफ्नो अग्लो कदले मिस अर्थ नेपालको उपाधि दिलाउन सहयोग गरेको धारणा व्यक्त गर्ने रोजिशालाई गत वर्षकी मिस नेपाल अर्थ विजेता नग्मा श्रेष्ठले मुकुट पहिर्यएकी थिइन्।
मिस नेपालको तेस्रो महत्वपूर्ण अर्थात् मिस नेपाल इन्टरनेसनल -सेकेन्ड रनर्सअप) को उपाधि काठमाडौंकी सृतिमा शाहले जितिन्। सृतिमाले उपाधिसँगै आगामी अक्टोबर २७ का दिन जापानमा सम्पन्न हुने मिस इन्टरनेसनल-२०१३ मा नेपालको प्रतिनिधित्व गर्नेछिन्। काठमाडौंकी स्थायी बासिन्द २१ वषर्ीया सृतिमा ५ फिट ८ इञ्च अग्ली छिन्। भारतको देहरादूनमा बीबीए तेस्रो वर्षमा अध्ययनरत सृतिमाले भविष्यमा यूएन अफिसर बन्ने लक्ष्य लिएकी छिन्। मिस नेपाल इन्टरनेसनलको उपाधि पाउनुमा परिवारको ठूलो हात रहेको बताउँदै सृतिमाले बाल्यकालदेखि नै आफू मिस नेपालको प्रतिस्पर्धी बन्न चाहेको समेत उल्लेख गरिन्। मिस नेपाललाई आफ्नो विचार र ज्ञान बढाउने सही प्ले टर्फम भएको धारणा व्यक्त गर्ने सृतिमाले पनि निणर्ायक चरणमा सोधिएको प्रश्नको जवाफमा संयुक्त परिवारलाई नै महत्व दिने बताएकी थिइन्।
करिब साढे दुई घण्टा चलेको प्रतियोगितामा दावेदारका रूपमा हेरिएकी भलिबलकी राष्ट्रिय खेलाडी सिपोरा गुरुङले मिस ट्यालेन्टको उपाधिमै चित्त बुझाउनुपर्यो। टप फाइभसम्म पुग्न सफल सिपोराले निणर्ायक चरणमा संयुक्तभन्दा एकल परिवार मनपर्ने बताएकी थिइन्। अधिकांश दर्शकले उनको पक्षमा हुटिङ गरेका थिए।
प्रोजेक्टरमार्फत प्रतिस्पर्धिहरूको परिचय गराउने क्रममा प्राविधिक समस्या उत्पन्न भएको थियो जसका कारण प्रतियोगि नम्बर १ समिक्ष्ाा श्रेष्ठ तथा २ रचना भारतीको व्यक्तिगत विवरण निणर्ायक तथा दर्शकले सुन्न पाएनन्। रंगीचंगी सारीमा सजिएर परिचयात्मक चरणमा प्रस्तुत भएका प्रतिस्पर्धीहरूलाई सोही चरणको प्रस्तुति तथा पि्र-जजिङका आधारमा 'टप टेन' घोषणा गरिएको थियो। प्रतिभा गिरी, रक्ष्ाा थापा, अस्मिता सिटौला, रिजु श्रेष्ठ, इश्ाानी श्रेष्ठ, सृतिमा शाह, रोजिशा शाही ठकुरी, सुमी लामा, ओसिमा बानु तथा सिपोरा गुरुङ टप टेनसम्म पुग्न सफल भएका थिए। त्यसपछि निणर्ायकले सोधेका एक-एकवटा प्रश्नको जवाफका आधारमा टप फाइभ सुन्दरीको घोषणा गरियो। इशानी, सृतिमा, रोजिशा, सुमी तथा सिपोरा अन्तिम चरणसम्म पुग्न सफल भएका थिए।
कार्यक्रममा अघिल्लो वर्षकी मिस नेपाल सृष्टि श्रेष्ठले उपस्थित दर्शकलाई सम्बोधन गर्दै मिस वल्र्ड-२०१२ मा आफूले पाएको सफलताका लागि सम्पूर्ण नेपालीहरूलाई धन्यवाद दिएकी थिइन्। प्रतियोगितालाई मनोरञ्जक बनाउन नायिका पि्रयंका कार्कीले नृत्य प्रस्तुत गरेकी थिइन् भने आधा दर्जन नृत्यांगनाले बिबोइङ नृत्य प्रस्तुत गरेका थिए।
शीर्षक उपाधि विजेताहरू
मिस ट्यालेन्टः सिपोरा गुरुङ
मिस फोटोजेनिकः सृतिमा शाह
मिस पङ्चुयालिटीः मेघना श्रेष्ठ
बेस्ट वाकः इश्ाानी श्रेष्ठ
मिर्स पर्सनालिटीः समीक्षा श्रेष्ठ
ब्युटिफुल स्माइलः रिजु श्रेष्ठ
मिस बब्लीः अस्मिता सिटौला
कृष्ण भट्टराई - साप्ताहिक
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !