निवर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईको बिदाइ अलि आकस्मिक भयो। मुलुकका यी ३५औँ प्रधानमन्त्री आठ महिना कामकाजी रहे भने १० महिना कामचलाउ। कामचलाउ नै होस्, उनले फुर्तीफार्ती देखाउन भने छाडेनन्। कतिपयले उनले यति सजिलै बालुवाटार छाड्लान् भन्ने सोचेका पनि थिएनन्।
बाबुरामको एउटै ब्रान्ड रह्यो, मुस्ताङ म्याक्स। अन्तिम दिनसमेत
भविष्यमा बाबुराम फेरि प्रधानमन्त्री होलान्, नहोलान्। तर, उनको सम्झना गराउनेचाहिँ काठमाडौँका भत्किएका सडकहरू नै हुन्। बहुदलयता यसरी चिनो राख्ने प्रधानमन्त्री पनि उनै हुन्। अरूले प्रधानमन्त्री भएर न भत्काए, न बनाए। कमसे कम बाबुरामले भत्काएर भए पनि कीर्तिमान राखे। राजकुमार बानियाँ , नेपाल
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !