काठमाडौं– दुई सातादेखि तारन्तार फोन आउँथ्यो, मिठो स्वरकी युवतीको। कहिले कहाँ, कहिले कहाँ भेट्न बोलाउँथिन्। वैशाख ९ गते मध्याह्न पनि फोन आयो। युवतीको अनुनय थियो– 'कलंकी आउनुस् न!' व्यवसायी राजेशकुमार अग्रवालले मौका चुकाउन चाहेनन्, सहयोगीको मोटरसाइकलको पछाडि बसेर कलंकी पुगिहाले।
अन्दाजी २२ वर्षकी युवती मुसुक्क मुस्काउँदै नजिकै आएर आफ्नो कोठातिर जान आग्रह गरिन्। अग्रवाल मक्ख भएर लागे, युवतीको पछिपछि, कीर्तिपुरतिर।
कीर्तिपुर नपा–२ मैतीनगरमा मर्मत हुँदै गरेको घरको तेस्रो तलामा रहेछ युवतीको कोठा। त्यसपछि उनी 'बस्दै गर्नुस् है, चिया ल्याउँछु' भनेर बाहिरिइन्। उनी बसेकामात्र के थिए, मास्क लगाएका चार युवक कोठामा छिरे र कर्या्ककुरुक बनाउँदै भने, 'दायाँबाँया गरिस् भने मर्छस्, हामी जे भन्छौं, त्यही मान्।'
निर्माणसम्बन्धी काममा संलग्न बाफल निवासी अग्रवालको सात्तो गयो। उनलाई मधुर स्वर र मुस्कानले फसाउँदै कोठासम्म ल्याउने युवती गायब भइन्, अपहरणकारीको फन्दा पारेर।
अग्रवाल अपहरित भए, अपहरणकारीले भनेको मान्नुको विकल्प थिएन उनीसँग।
'दायाँबायाँ केही गरिस् भने सिधै भगवानको प्रिय बन्छस्,' मास्कले अनुहार ढाकेका केटाहरुले निर्देशन दिँदै गए, 'चुपचाप बस्ने, हामीले तेरो अपहरणका लागि एक करोडको सुपारी (काम) पाएका छौं, हाम्रो बोसलाई थप एक करोड।'
अपहरणकारीको हातमा हतियार थिएन। 'हतियार छैन भनेर भाग्न खोज्लास्,' अपहरणकारीको चेतावनी सम्झँदै अग्रवालले नागरिकसँग भने, 'हामी गोली हानेर सहजै मान्छे मार्ने व्यक्ति होइनौं, भनेको मानिनस् भने तलाई टुक्रा–टुक्रा बनाएर फालिदिन्छौं।'
त्यही दिनको साँझतिर पवनकुमार अग्रवाललाई राजेशको फोन आयो, 'म पोखरा जान्छु है?' बोली केही लर्बरिएको थियो। न्युरोड हिँडेको छोराले एक्कासि पोखरा जान्छु भन्योे, तर किन भनेर पवनले सोध्नै नभ्याई मोबाइल अफ भयो।
केही समयपछि पवनको मोबाइल बज्यो। हतार–हतार उठाए, 'हलो!' तिम्रो छोरा हाम्रो कब्जामा छ, चिन्ता नगर, भोलि छाडिदिन्छौं,' हिन्दी भाषामा अपरिचितले भन्दै गए, 'दायाँ–बायाँ कसैलाई नभन्नू, फेरि छोराको अनुहार हेर्न नपाइएला।' अग्रवाल परिवारले तनावमै रात बितायो।
बिहानै छाडिदिन्छौं भनेका, भोलिपल्ट राजेश आएनन्। अग्रवाल परिवारको बेचैनी बढ्दै थियो। १० गते बिहान आठ बजेतिर फोन आयो। छोरा घर आउँला भन्ने आशामा रहेका अग्रवाल परिवारको सात्तो गयो। 'छोरो ज्युँदै चाहिने भने २ करोड तयार पारेर राख्नू, कसैलाई खबर गर्यौब भने लास पनि पाउँदैनौं।' फिरौती माग्दै उसले अर्काे फोन कुर्न अह्रायो।
निर्माण सामग्री व्यापारमा सक्रिय थिए राजेश। उनका दाजु नोकिया मोबाइलको नेपालमा आधिकारिक डिलर चलाउँथे। मागेको पैसा बुझाउँदा पनि राजेश सकुशल फर्कन्छन् भन्ने कुनै ग्यारेन्टी थिएन। त्यसैले उनीहरुले अपहरणकारीको धम्कीपछि पनि प्रहरीमा जाने निधो गरे।
... ... ...
फोन आएको नम्बर र अपहरणमा परेको विवरणबाहेक अग्रवाल परिवारसँग केही थिएन। अपहरणका बखत राजेशले बोकेको नम्बरको अन्तिम लोकेसन थियो– थानकोट। अपहरणकारीले फोन गरेको नम्बरको स्विच अफ थियो। व्यापारी अपहरणमा परेको घटना गोप्य राख्नु अर्को चुनौती। जे सूचना आएको थियो, त्यसैलाई आधार बनाएर महानगरीय प्रहरी अपराध महाशाखाले राजेशको खोजी सुरु गर्योथ।
'हामीसँग प्रारम्भमा आएको तथ्यका आधारमा 'टेक्निकल' अनुसन्धान गर्नेबाहेक अर्को बाटो थिएन,' अनुसन्धानको नेतृत्व गरेका महाशाखाका प्रमुख विजयलाल कायस्थले भने, 'त्यसैका आधारमा अपहरित राखेको सम्भावित स्थान र अपहरणकारी खोजी सुरु गर्यौंस।'
डिएसपी शिवकुमार श्रेष्ठ अपहरण अनुसन्धानका अनुभवी सहयोगीका साथ राजेशलाई बन्धक बनाएर राखेको सम्भावित स्थान, अपहरणकारीको संख्या, उनीहरुको आपराधिक शैलीको विश्लेषणमा खटिए। कायस्थसँगै महाशाखाका एसपी प्रद्युम्न कार्कीसमेतको अनुभवी टोली प्राविधिक पक्षको विश्लेषण र सम्भावित स्थान पहिल्याउन सक्रिय थियो।
तारन्तार फोन आइरहे, फरकफरक लोकेसनबाट। कहिले बाफल देखाउँथ्यो, कहिले कलंकी। नम्बर पनि पटकपटक बदलिन्थ्यो। प्राविधिक अनुसन्धानबाहेकको अर्को बाटो अझै फेला पार्न सकेको थिएन प्रहरीले।
'तत्काल पैसा बोकेर आइज!,' उता अग्रवाल परिवारलाई तारन्तार फोन आइरह्यो, 'कसैलाई भनिस् भने ठिक हुन्न।' प्रहरी खोजीमा सक्रिय थियो, तर सफल हुन सकेको थिएन।
बिस्तारै अग्रवाल परिवार उस्तै परे पैसा बुझाएर पनि राजेशलाई मुक्त गर्ने मनस्थितिमा पुगिसकेको थियो। अपहरण भएको दिन राजेशको मोबाइलमा आएको फोन कल विवरण, त्यहाँ देखिएका नम्बरहरुको अन्य सम्पर्क–जालो र लोकेसन, फिरौती माग्न प्रयोग भएको नम्बर र त्यसको सम्पर्क जालो– बटुलिएका कागजको थुप्रो लगाएर केलाउन व्यस्त थियो महाशाखाको अनुसन्धान टोली।
'पक्कै टार्गेट (राजेश) लाई यतै बन्धक बनाएको हुनुपर्छ,' अपहरणको तेस्रो दिन प्रहरी केही निष्कर्षनजिक पुग्यो, 'यो एरियामा निगरानी बढाऔं।'
... ... ...
कीर्तिपुर नगरपालिका– २, मैतीनगर। सुनसान ठाउँ, मर्मत हुँदै गरेको चारतले घर। घरमा मान्छेहरुको चहलपहल थिएन। छिमेकीबाट सूचना आयो, 'घरबेटी शारदाप्रसाद चौधरी, यहाँ बस्दैनन्, घरको तेस्रो तलामा चारजना मधेसीमूलका युवाको आवतजावत हुन्छ। कहिलेकाहीँ युवती पनि देखिन्छे।'
घरका अरू कोही बस्दैनथे। बनाउँदै गरेको घरमा बस्ने चारजनाको चहलपहल पनि पातलो थियो। आउजाउ भइरहन्थ्यो। प्राय दुईजना आउँथे। उनीहरु आएको केही समयमै अन्य दुईजना बाहिरिन्थे। तेस्रो तलाको ‰यालको पर्दा खुल्दैनथ्यो।
वैशाख १२ गते राति साढे दुई बजे सुनसान मैतीनगरका कुकुर जोडले भुक्न थाले। रातको शून्यतामा कुकुरले भुकेको टाढा–टाढासम्म सुनिन्थ्यो। एक हुल मान्छे सास फेरेको पनि सुनिएलाझैँ बिस्तारै–बिस्तारै त्यही घरतिर लम्कँदै थिए। केही छिनमै हुल त्यही घरनजिक पुग्यो, दुईवटा छाया घरबाट निस्किएर भाग्न थाले।
'समात्...!' हातमा पेस्तोल बोकेका एक हुल त्यतातिर लागे, एक हुल घरभित्र छिरे। तेस्रो तलाको फ्ल्याटमा बाहिरबाट चुकुल लगाइएको थियो। बिस्तारै चुकुल खोलेर हातमा पेस्तोल तयारी अवस्थामा राखेर एक हुल कोठामा प्रवेश गरे। भुइँको ओच्छ्यानमा राजेश लगलग काँपेर बसिरहेका थिए।
'बाँच्छुजस्तो लागेको थिएन,' त्यो त्रासद् सम्झना सुनाउँदै राजेशले नागरिकसँग भने, 'हामी पुलिस हौं भनेपछि ढुक्क भएँ, बल्ल बाँचियो भन्दै लामो सास तानेँ।'
भाग्दै गरेको छायाको पछिपछि लागेकाहरुले दुईजनालाई मुन्ट्याउँदै ल्याए। ती थिए– कपिलवस्तु बनगाई– ५ शंकरपुरका जमिरुल्लाह मनिहार र सप्तरी बख्दुवा– २ छप्कीका मोहम्मद नसरुद्दिन।
एसएसपी कायस्थका अनुसार पहिले ढुंगागिट्टीको काम गर्ने यी दुवैले निर्माणसम्बन्धी काम गर्ने राजेशबारे सूचना संकलन गरेर अपहरणको योजना बनाएका थिए। अग्रवाल परिवारका राजेश र उनको परिवारको व्यापार/व्यवसायबारे सबै सूचना बटुलेर उनीहरुले युवतीको सहयोगमा सहजै अपहरण गरेका थिए। अपहरणपछि राख्न चार महिनाअगाडिबाट भाडामा लिइएको थियो, कीर्तिपुरको मैतीनगरको कोठा।
अपहरणमा पाँचजना संलग्न रहेको खुले पनि बाँकी तीनजनाको पूर्ण परिचय फेला पारेको छैन प्रहरीले। 'अन्दाजी २२ वर्ष, मंगोलियनजस्तो अनुहार, कपाल मझौला,' मुख्य सहयोगी युवतीको हुलिया सार्वजनिक गर्दै कायस्थले शुक्रबार आयुक्त कार्यालयमा भने, 'कोठामा छापा मार्दा कल्पनाजी लेखेको मोबाइलको बिल फेला परे पनि उनको नाम यकिन हुन सकेको छैन।'
अन्दाजी ४० वर्षका मंगोलियन दिनेश, अनि अन्दाजी ३० वर्षका मधेसीमूलको मुबारक, दुई फरारको सम्भावित हुलिया हो। उनीहरुको अपराध कार्यशैलीको आधारमा यो नै उनीहरुको पहिलो अपहरण नभएको प्रहरीको आँकलन छ। तर, पूर्ण विवरण भने फेला पारिसकेको छैन।
'उनीहरुको कार्यशैलीले अपराधका अनुभवी देखिन्छन्,' महाशाखाका एसपी कार्कीले नागरिकसँग भने, 'जिल्लाहरुबाट उनीहरुको पृष्ठभूमिको खोजी सुरु गरिसकेका छौं।'
... ... ...
२०६९ मा नेपालगन्जका व्यापारी गंगाबिसन राठी भारतीय अपहरणकारीबाट मारिए। संगठित अपहरणका घटनाको बलियो जालो फैलिएको उपत्यकामा भने ०६९ नक्कली र लेनदेनका कारण उब्जिएका अपहरणमै सीमित भएको थियो। २०६८ पुस ७ गते कमलादी गणेशस्थानबाट व्यापारी पवनकुमार संघाईको अपहरणपछि उपत्यकामा अपहरणका संगठित गतिविधि निष्त्रि्कय थियो। प्रहरीले संघाई अपहरणका मुख्य योजनाकार श्यामसुन्दर गुप्ता र उनका सहयोगी आकाश लामा, विकास लामा, अमिर आचार्य र किशोर पाण्डेलाई सोही वर्ष पक्राउ गरेको थियो।
२०६८ मै अपहरणकारीबाट मारिए ११ वर्षीय बालक शुभम साह। काठमाडौंमा हजाम व्यवसायमा संलग्न सन्तोष पण्डित, देवेन्द्र ठाकुर, रामजी ठाकुर, धमेन्द्र ठाकुर लालबाबु ठाकुर, दीपक बलामी र आशीष दुराले उनको अपहरण गरी हत्या गरेका थिए।
२०६८ मंसिर २ गते अपहरणमा परेका साहको शव फेला पर्योश। अपहरणकारी सबै मंसिर ७ गते पक्राउ परेका थिए। त्यसपछि ठूला प्रकृतिका अपहरण भएको थिएन उपत्यकामा। तर, २०७० को प्रारम्भमै उपत्यकामा संगठित अपहरणको प्रारम्भ भएको देखिन्छ।
चिकित्सक, व्यापारी र उद्योगी गरी १६ जनाको अपहरण गराउने अमर टण्डन, उनका मुख्य सहयोगी उदय सेठ्ठी, चिकित्सक भक्तमान श्रेष्ठको अपहरणका योजनाकार रोहित पाहिवाल अग्रवाल, महेश सारडाको अपहरण गर्ने निरञ्जन खनालसहितको समूह, मेघा देवकोटाका अपहरणकारी सिद्धार्थ लामा र उनका सहयोगी तथा सञ्जय सुरेखाको अपहरण गराउने हरि अग्रवाल विभिन्न जेलमा छन्। सुरेखाको पनि राजेशकै शैलीमा अपहरण भएको थियो। अपरिचित युवतीले तीनकुने चोकमा बोलाएर शान्तिनगरस्थित कोठामा पुर्याोई त्यहीँ बन्धक बनाएर फिरौती बार्गेनिङ भएको थियो सुरेखकाको।
विभिन्न समयका अपहरण घटनामा पक्राउ परेकाहरु जेलमा भए पनि आपराधिक योजनामा भने सक्रिय नै देखिन्छन्। जेलभित्रैबाट टण्डनले योजना बनाएर महेश सारडाको अपहरण गराएका थिए। अपहरणका कुख्यात योजनाकार गोकुल गिरी, भीमसेन पण्डितलगायत अझै पक्राउ परेका छैनन्। गोकुल उपत्यकामा भएका संगठित डकैतीमा समेत सक्रिय देखिएका छन्।
जानकार प्रहरी अधिकारीहरु यिनीहरु संगठित अपहरणका लागि सुरक्षा चुनौती भएको बताउँछन्। उनीहरु हाल अनुकूल अवस्थाको अभावमा निष्त्रि्कयझँै देखिए पनि आफूअनुकूल वातावरण बन्नासाथ सक्रिय भइहाल्ने स्वभाव विश्लेषण गर्छन्, अपहरण विषयका जानकार प्रहरी।
तर, महाशाखाका एसपी कार्की भने यसमा सहमत छैनन्। अपहरणमा नयाँ समूह नदेखिएको र जेलमा रहेकाहरुमाथि प्रहरी निगरानी रहेकाले संगठित अपहरणका घटनाको सम्भावना कम देख्छन् उनी।
'वर्षको प्रारम्भमा भएको घटनाका आधारमा वर्षभरि अब यस्तो हुन्छ भनेर सुरक्षा विश्लेषण गर्नु त्रुटिपूर्ण हुन सक्छ,' कार्कीले नागरिकसँग भने, 'जो सक्रिय हुन खोज्छन्, उनीहरुलाई प्रहरीले निष्त्रि्कय बनाउँछ।'

-साभार नागरिक न्युज
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !