CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » नेविसंघका अध्यक्ष भ्रष्टाचारमा चुर्लुम्म पैसा बटुल्दै अवैधानिक कमिटी गठन

नेविसंघका अध्यक्ष भ्रष्टाचारमा चुर्लुम्म पैसा बटुल्दै अवैधानिक कमिटी गठन

काठमाडौं। नेपाल विद्यार्थी संघका अध्यक्ष रंजीत कर्णले स्ववियु निर्वाचनमा आफ््नो अडान छाडी एमाओवादीको एजेन्डामा सहमति गरेपछि नेविसंघभित्र विवाद सृजना गरेको छ। नेविसंघले स्ववियु निर्वाचन प्रत्यक्ष हुनुपर्छ भन्ने अडान राख्दैआएको छ। नेविसंघले स्ववियु चुनाव प्रत्यक्ष हुनुपर्छ भन्ने अडान राखेकै कारण अघिल्लो बर्ष निर्वाचन हुन सकेको थिएन। तर अध्यक्ष कर्णले मिश्रित चुनाव प्रणाली र उमेर हदमा पनि सहमति गरेर नेविसंघको अडानलाई कर्कलाको पातको पानी जस्तै बगाइदिएका छन्। नेविसंघले एमाओवादी निकट विद्यार्थी संगठनको एजेन्डामा सहमति गरेपछि नेविसंघका केन्द्रीय समितिमा यसले ठूलो
विवाद सृजना गरेको छ। बलदेव तिमिल्सिना, इन्दु शर्मा, जित शेरचन लगायतका चालिस केन्द्रीय सदस्यहरूले कर्णले मिश्रित चुनाव प्रणाली र उमेरहदको सहमति गरेकोमा विरोध जनाइसकेका छन्।
एमाओवादी निकट अनेरास्ववियु क्रान्तिकारीले अगाडि सारेको मिश्रित चुनाव प्रणालीमा नेविसंघका अध्यक्ष रंजित कर्णले सहमति गरेपछि नेविसंघभित्र यसले विवाद उत्पन्न गराएको छ। कर्णको नेतृत्व क्षमता कमजोर भएको र उनको ध्यान नेविसंघलाई बलियो बनाउने, स्ववियु चुनावमा सफलता दिलाउने भन्दा पनि पैसा कमाउने र कार्यकाल बढाउनेतिर मात्र केन्द्रित भएको असतुष्ट केन्द्रीय सदस्यहरूको भनाइ छ।
पैसा कमाउने र कार्यकाल बढाउने कर्णको कर्म
माउ पार्टी नेपाली कांग्रेसले ६ महिनाभित्र महाधिवेशन गर्ने जिम्मेवारी दिए पनि कर्णले त्यो म्यान्डेटलाई बेवास्ता गर्दै १४ महिनासम्म पनि महाधिवेशनको सुरसार गरेका छैनन्। उल्टै जिल्ला र क्याम्पस कमिटीहरूको नेतृत्व चयन गर्ने क्रममा विधिविधान उल्लंघन गर्दै आर्थिक लाभ जसले दिन्छ उसकै नाम टाँसेर हिंड्ने गरेका धेरै उदाहारण साँघुलाई प्राप्त भएका छन्। नेविसंघका ४० भन्दा बढी केन्द्रीय सदस्यहरूले नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई ज्ञापनपत्र नै बुझाई कर्णका क्रियाकलाप विवादित बन्दै गएको र अधिवेशनको न्यूनतम मापदण्ड पनि पूरा नगरी देशभरीका एक दर्जन भन्दा बढी जिल्ला तथा क्याम्पसहरूमा योग्यता र क्षमतालाई उपेक्षा गर्दै एउटा चिट्ठीका भरमा गरिएका निर्णय खारेज गर्न माग गरेका छन्।
अध्यक्ष कर्ण र उनले पठाएका केन्द्रीय प्रतिनिधिले केही जिल्ला अध्यक्ष र क्याम्पस इकाइ कमिटीमा १० लाख रुपैयाँसम्म लिएर अधिवेशन नै नगरी चिट्ठीका भरमा नेतृत्य चयन गरेका उदाहरण पनि साँघुलाई प्राप्त भएको छ। वीरेन्द्र क्याम्पस चितवनमा कर्णले खटाएका केन्द्रीय प्रतिनिधि वीरेन्द्रकुमार यादवले भेला नै नगरी विवादास्पद र गुण्डागर्दीमा कुख्यात बच्चन कार्की ‘मुसे’लाई इकाई सभापतिको चिट्ठी दिएर हिंडेपछि चितवन कांग्रेसले अधिवेशन गरी रुपेशचन्द्र खनाललाई दोस्रो कार्यकालका लागि इकाइ सभापति चयन गरेको छ। २०७० बैशाख ५ गते अध्यक्ष रंजित कर्णले पठाएका केन्द्रीय प्रतिनिधि अन्जन चौलागाईले चितवन पार्टीसँग छलफल गरी बैशाख १२ गते अधिवेशन गर्ने निर्णय गरिसकेपछि बेलुका अरुणेश्वर ज्ञवालीलाई चितवन नेविसंघको अध्यक्ष बनाएको पत्र दिएर आएका छन्। चितवनमा नेविसंघ अध्यक्ष उत्तम जोशी छन्। अधिवेशन नै नगरी ज्ञवालीलाई सुटुक्क चिट्ठी दिएर चौलागाई हिंडेका छन्। ज्ञवालीलाई पत्र दिंदा पनि अध्यक्ष कर्णले आर्थिक लाभ लिएको चर्चा चितवनका कांग्रेसजनहरूमा व्यापक छ।
केन्द्रीय प्रतिनिधि यादवले मुसेसँग १ लाख १० हजार रुपैयाँ लिएर अध्यक्षको चिट्ठी दिएको कुराले चितवन कांग्रेसमा चर्चा पाएको छ। कर्णले आर्थिक लाभ लिएर विधिविधान सबै लत्याई रत्नराज्य लक्ष्मी क्याम्पसमा लीला भट्टराईलाई टीका लगाएका छन्। कास्कीमा अध्यक्ष कर्णले गठन गरेको एकतर्फी जिल्ला नेतृत्व विरुद्ध नेपाली कांग्रेसका जिल्ला सभापति यज्ञबहादुर थापाले पार्टी सभापति कोइराला र उपसभापति रामचन्द्र पौडेललाई नै विरोध जनाएका छन्। पार्टी सभापति कोइराला र पौडेलले मनमानी ढंगले कमिटी गठन नगर्न निर्देशन दिए पनि कर्णले लक्ष्मी पौडेललाई नेविसंघका पूर्वकेन्द्रीय सदस्य दीपक भट्टराईमार्फत् जर्वजस्ती राजीनामा गर्न लगाएर आर्थिक लाभ लिएर कल्याणबाबु भण्डारीलाई कास्की नेविसंघमा अध्यक्ष बनाएका छन्। त्यस्तै उनले सुनसरी, सोलुखुम्बु, लमजुङ, ललितपुर, सिन्धुपाल्चोक, पर्वत जस्ता जिल्लामा पनि विधि र पद्धति उल्लंघन गर्दै नेतृत्व चयन गरेका छन्।
महेन्द्ररत्न क्याम्पस ताहाचल, पाटन संयुक्त, पब्लिक युथ, कान्तिपुर इन्जीनीयरिङ, एडभान्स कलेजमा पनि भित्तामा उनलाई खुसी बनाउनेहरूको नाम टाँसेको असन्तुष्टहरूले जनाएका छन्। नेविसंघको इतिहासमै यति कमजोर र अडान नभएको अध्यक्षका रुपमा कर्णको नाम लिन थालिएको छ। ‘उनको योग्यता भनेको मधेशी हुनु नै हो, अरु कुनै योग्यता छैन।’ नेविसंघका एक केन्द्रीय सदस्यले भने–राष्ट्रपति डा. रामबरण यादवले छोरा डा. चन्द्रमोहन यादवलाई धनुषाबाट उपचुनावमा अन्तर्घात गरेको बदला लिन मधेशी मूलका तरुण दलका तत्कालीन अध्यक्ष महेन्द्र यादवलाई हटाएर मधेशी मूलकै अर्का रंजित कर्णलाई नेविसंघमा ल्याइयो। तर राष्ट्रपतिले सुशील कोइरालालाई कर्णलाई अध्यक्ष बनाउन लगाए पनि उनी अहिले संस्थापन पक्षबाट देउवातिर फडि्कसकेका छन्। राष्ट्रपतिको आशीर्वादमा अध्यक्ष भए तर अहिले विमलेन्द्र निधिको इशारामा चल्छन्।’
भ्रष्टाचारमा कर्णको कीर्तिमान
अध्यक्ष कर्णले लाखौं रुपैयाा माग्दै जिल्ला र क्याम्पस कमिटीमा अध्यक्ष बनाउने मात्र होइन, केही बदनाम पात्रहरूलाई पठाएर बालबच्चा पढाउने यूरोकिड्सहरूमा पनि नेविसंघको नाममा चन्दा आतंक नै मच्चाएको कुराले नेविसंघको छविमै आँच पुगेको छ। ती केन्द्रीय सदस्यका अनुसार एक पटक क्षेत्रीय उपाध्यक्ष भएर पुनः केन्द्रीय सदस्य भएका क्षितिज भण्डारी र मोतिलाल भण्डारी अध्यक्ष कर्णका चन्दा संकलक हुन्। उनीहरूले नेविसंघको छविमा कालो धब्बा लगाउँदै सेन्ट जेभियर्स, सेन्ट मेरिज, जेम्स, शुभतारा, बुढानीलकण्ठ स्कुल जस्ता ठूला र भर्नामा चर्को प्रतिस्पर्धा हुने स्कुलहरूमा नेविसंघको कोटा चाहियो भन्दै १ लाख, २ लाख रुपैयाासम्म लिने गरेका गुनासाहरू पनि आएका छन्। ती स्कुललले भर्ना नगरे गोजीमा बोकेको तयारी ज्ञापनपत्र दिने र मूलढोकामा कालोझण्डा गाड्ने हर्कत समेत भण्डारीद्वयले गरेका छन्। नेविसंघभित्र भण्डारीद्वयलाई अध्यक्ष कर्णका नगद कलेक्टरका रुपमा सबैले चिन्छन्। उनीहरूले कर्णकै योजनामा नेविसंघको अधिवेशनका नाममा जताततै चन्दा माग्ने र भागबण्डा गरी संगठनको बदनाम गर्न तल्लीन छन्।
अध्यक्ष कर्णले त्रिविबाट एक इन्जीनीयरिङ कलेजको सम्बन्धन दिलाएर १० लाख रुपैयाँ सेवाशुल्क (घुस) लिएको र ललितपुरको हिमालयन नर्सिङ कलेज ग्वार्कोसँग ३ महिनाअघि १ लाख रुपैयाँ चन्दा माग गर्दा नदिएपछि तोडफोड गरी ३५ हजार रुपैयाँ लिएको आरोप छ। अध्यक्ष कर्णले पोखरा विश्वविद्यालय अन्तर्गतको नेपाल इन्जीनीयरिङ कलेज भक्तपुरसँग १ लाख लिएका छन्। ‘अध्यक्ष कर्णले नेविसंघको अध्यक्ष भएपछि गरेका भ्रष्टाचारका यी केही बान्कीमात्र हुन्। उनको ध्यान नै जसरी हुन्छ, कार्यकाल लम्ब्याउने र पैसा कमाउने नै हो।’ ती केन्द्रीय सदस्यले भने।
अधिवेशन विना नै एक्लौटी रुपमा गठित कमिटी
जिल्ला पहिलाका अध्यक्ष चिट्ठीवाला अध्यक्ष
सुनसरी विकास केसी बसन्त राई
कास्की लक्ष्मी पौडेल कल्याणबाबु भण्डारी
सोलुखुम्बु मिङ्मार शेर्पा महेन्द्र राई
लमजुङ शैलेन्द्र घिमिरे शंकर घिमिरे
ललितपुर शशी श्रेष्ठ अजय प्रधान
सिन्धुपाल्चोक गणेश सिग्देल तेज बानियाँ
पर्वत लेखनाथ पौडेल मिलन सुवेदी
चितवन उत्तम जोशी अरुणेश्वर ज्ञवाली
क्याम्पसहरू
महेन्द्ररत्न ताहाचल शिव खत्री रामकृष्ण लामिछाने
रत्नराज्य लक्ष्मी डम्बर केसी लीला भट्टराई
पाटन संयुक्त विनोद शाक्य दिपेन वान्तवा
पब्लिक युथ संजीव न्यौपाने सुशील तिमिल्सना
कान्तिपुर इन्जीनीयरीङ दीपक थापा अनिल मानन्धर
एडभान्स इन्जीनीयरीङ कलेज अजय गुरुङ भीषण भुजेल
प्राविधिक विद्यार्थी परिषद् विकास क्षेत्री विपिन बस्नेत
सीटीईभीटी गणेश सापकोटा सुशील खड्का
वीरेन्द्र क्याम्पस चितवन रुपेशचन्द्र खनाल बच्चन कार्की ‘मुसे’
पद्मकन्या कलेज तुलसा पन्त चन्दा अधिकारी

साभार : साँघु 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis