CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » हीरोइन निशा र हिरो अर्जुनको सगरमाथा यात्रा सपना नै हुने सम्भावना

हीरोइन निशा र हिरो अर्जुनको सगरमाथा यात्रा सपना नै हुने सम्भावना

nisa-adhikariसोलुखुम्बु, वैशाख ९। सेभेन समिट ट्रेक एक्स्पीडिसनका प्रमुख मिङमार शेर्पाले मन्त्रालयले रोके तुरुन्त सगरमाथाको आधार शिविरमा हेलिकोप्टर पठाई नायिका निशा अधिकारी र नायक अर्जुन कार्कीलाई काठमाडौँ लाने बताएका छन्।
आधार शिविरमा अन्य आरोहण दलका सदस्य तथा हाइ अल्टिच्यूड वर्करहरुले विरोध गरेपछि शेर्पाले यस्तो बताएका हुन्। नायिका अधिकारी र नायक कार्की पर्यटन
मन्त्रालयको सगरमाथा आरोहण अनुमतिपत्र बिनै सगरमाथा चढ्दैछन् भन्ने खुलासासहित हिजो समाचारहरु छापिएका थिए।
सगरमाथाको आधार शिविरमा रहेका हाई अल्टिच्यूड वर्करले सेभेन समिटले हाई अल्टिच्यूड वर्करलाई तलब, भक्ता दिनुपर्नेमा उल्टै रु दस/दस लाख लिएकामा कानुनविपरीत भएको बताएका छन्।
‘हाई अल्टिच्यूड वर्करको रुपमा अधिकारी र कार्कीलाई आरोहण दलको सदस्यलाई जस्तै सेवा सुविधा दिएकामा हाम्रो आपत्ति हो’ एक शेर्पाले भने।
“सेभन समिट जस्तो टे्रकिङ कम्पनीले यसरी गैर कानुनीरुपमा विश्वको सर्वोच्च शिखर सगरमाथालाई आफूखुसी प्रयोग गर्नु कतिको न्याय सङ्गत हुन्छ सम्बन्धित निकायको ध्यान जानु जरुरी देख्छु”, आरोहण दलका एक सदस्यले भने। यस्तो गैरकानुनी रुपमा सगरमाथा आरोहण गर्ने र गराउने दुवै पक्षलाई कडाभन्दा कडा कानुनी कारबाही गरिनु पर्ने उनको माग छ।
यसरी कानुनी प्रक्रिया पूरा नगरी किन पठाएको भन्ने प्रश्नमा प्रमुख शेर्पाले भन्नुभयो – “के गर्ने दुवै जना रुनै खोजेर मैले पठाएको हुँ, नेपाली भएपछि नेपालीको पीडा नबुझे के नेपाली? फेरि म भन्छु यदि मन्त्रालयले हुँदैन भन्यो भने म आधार शिविरबाटै काठमाडौँ ल्याउँछु।”
साभार : विक्ली नेपाल 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis