CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » ८० लाख आइफोनमा त्रुटी देखियो !

८० लाख आइफोनमा त्रुटी देखियो !


iphoneटेक्नोलोजी जाएन्ट एप्पलले झण्डै ८० लाख आइफोन निर्माता कम्पनीलाई फिर्ता दिएको छ । निर्माण गर्दा विभिन्न प्राविधिक कमजोरी रहेका तथा लुक्स र कार्यमा समेत कमजोरी रहेका आइफोन निर्माता कम्पनी फक्सकनलाई फिर्ता गरिएको हो ।
रिपोर्ट अनुसार एप्पलले ८० लाख आइफोन फिर्ता गरेपछि फक्सकनले झण्डै
१ अर्ब ६० करोड डलर घाटा बेहोर्नुपर्नेछ ।
एप्पलले आइफोनको कुन मोडेलमा के कमजोरी थिए ? भन्ने कुरा भने प्रष्ट रुपमा खुलाएको छैन । समाचार अनुसार यदि एप्पलको आइफोन ५ एस मोडेलमा कमजोरी भेटिएको भए फाइभ एस लाई बजारमा ल्याउन ढिलाइ हुने अनुमान गरिएको छ ।
फक्सकनले आइफोन ५ एस को प्रडक्सन अपि्रल महिनामै सुरु गरेको हो । यो वर्षको जुन महिनासम्ममा आइफोनको नयाँ संस्करण आइफोन ५ एस सार्वजनिक हुने अनुमान गरिएको छ ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis