२८ चैत, काठमाण्डौं । सर्वसाधारण दैनिक १२ घन्टा लोडसेडिङ झेल्न बाध्य भइरहेका बेला नेपाल विद्युत् प्राधिकरणका केही कर्मचारीको मिलेमतोमा उद्योगहरुलाई भने चौबीसै घन्टा विजुली आपूर्ति भइरहेको खुलासा भएको छ ।
सोमबार विराटनगरका करिब १५ वटा उद्योगमा विद्युत् लाइन कटौती नहुने गरी वितरण भएको खुलासा भएको हो । उद्योगमा नियमित विजुली आपूर्ति भएपछि सर्वसाधारणका घरमा भने लोडसेडिङ बढ्छ । एक उद्योगले खपत गर्ने बिजुली एउटा गाउँले खपत गर्नेभन्दा धेरै हुने भएकाले सर्वसाधारण मारमा पर्दै आएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
औद्योगिक नगरी विराटनरका केही उद्योगपतिले प्राधिकरणका प्राविधिक कर्मचारीलाई आर्थिक प्रलोभनमा पारी नियमित बिजुली आपूर्ति गराउन सफल भएका हुन् । प्राधिकरणका कर्मचारीलाई आर्थिक प्रलोभन देखाउन नसक्ने उद्योगहरुले भने सर्वसाधारण जस्तै लोडसेडिङको समस्या भोग्न बाध्य भएका छन् । यस्ता उद्योग प्रतियुनिट ३५ रुपैयाँ पर्ने डिजल प्लान्ट चलाउन बाध्य छन् । उद्योगपतिले कर्मचारीलाई घूस खुवाई विद्युत नियमति गारउनुको कारण प्राधिकरणको विजुली डिजेल प्लान्टबाट उत्पादितभन्दा प्रतियुनिट २५ रुपैयाँ सस्तो पर्नु हो ।
मुख्य सचिव पौडेलले यसरी अनियमित तबरले बिजुली आपूर्ति गर्नेमाथि तत्काल कारबाही गर्न उर्जामन्त्रालयलाई निर्देशन दिएका थिए । पौडेलको निर्देशनपछि मन्त्रालयले सचिवस्तरीय निर्णय गरी मंगलबार कार्यसर्तसहित उच्चस्तरीय टोली गठन गरेको छ ।
साभर
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !