काठमाडौं। ‘दुर्जनको संगतले खती मात्रै पुर्यारउँछ’ भन्ने उखान न्युज २४ टेलिभिजनका मालिक अनिल जोशीको हकमा ठ्याक्कै चरितार्थ भएको छ।
एभरेस्ट बैंकका प्रबन्धक सुरेन्द्र शर्मा एक दर्जन हुल्याहा केटाहरू लिएर प्रकाशनारायण पाण्डेलाई खोज्दै न्युज २४ को कार्यालय छिरे। विभिन्न व्यक्तिसँग करिब चार करोड रुपैयाँ ठगी गरेर फरार भएका प्रकाशनारायणलाई अनिल जोशीले लुकाएर राखेका छन् भन्ने सुराकी पाएपछि उक्त टोली न्युज २४ को कार्यालयमा छिरेको थियो। ‘प्रकाशेलाई कहाँ लुकाइस्’
भन्दै उक्त टोलीले टेलिभिजनका अनिल जोशीलाई र्या ख–र्यापख्ती पार्दै कार्यालयको कोठाकोठा चहार्न थाल्यो, तर प्रकाशनारायण फेला परेनन्।
कार्यालयका कुर्सी टेबुल लात्ताले हान्दै टोली आफ्नो बाटो लाग्यो। टेलिभिजन कार्यालयमा यत्रो घटना हुँदा पनि न त अनिल जोशीले प्रहरीलाई खबर गरे, न त समाचार प्रसारण गरे। यसरी उनी तैं चुप मै चुप हुनुको कारण थियो– ठग प्रकाशनारायणसँगको व्यापारिक साझेदारी।
समाचार स्रोतका अनुसार प्रकाशनारायण र अनिल जोशी मिलेर लाइसेन्स लिएको नुवाकोटको दुप्चेश्वर हाइड्रोपावरमा सेयर दिन्छांै भन्दै करोडौं रकम उठाएर प्रकाशनारायण फरार भएका थिए। ५ दशमलव ५ मेगावाटको उक्त हाइड्रोमा सेयर दिन्छौं भन्दै एभरेस्ट बैंकका सुरेन्द्र शर्मासँग ६३ लाख रुपैयाँ लिइएको थियो।
तर सेयर भने दिइएन। अमेरिकाबाट ल्याएको कालोधन भएका कारण पैसा फिर्ताका लागि वैधानिक उपाय सुरेन्द्र शर्मासँग थिएन। त्यसमा पनि प्रकाशनारायण न्यायपरिषद्का सदस्य खेमनारायण ढुंगानाका ज्वाइँ परे, अनिल जोशी मिडिया मालिक। कालोधन भएका कारण सजिलै पचाउन सकिने विश्वासमा पाण्डे थिए। उनले यस्तै कालोधन जम्मा गर्नेहरूसँग हाइड्रोको सेयर दिन्छु भन्दै पैसा उठाउँदै गरेको रहस्यबारे अनिल पनि बेखबर छैनन्।
- तरुण

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !