CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » गर्लफ्रेन्ड / श्रीमती लाई गर्ने पर्ने कुरा हरु

गर्लफ्रेन्ड / श्रीमती लाई गर्ने पर्ने कुरा हरु


1(एजेन्सी) – यदि तपाईं सम्बन्धमा हुनुहुन्छ भने, यी कुराहरु गर्न नर्बिसिनुहोस् ।
– हामी सबैजनालाई आफ्नो तारिफ सुन्न रमाइलो नै लाग्छ र यदि तपाईंलाई आफ्नो महिलाको तारिफ गर्न मनलाग्छ भने केहि कुराले पनि तपाईंलाई छेकेको महसुस नगर्नुहोस् । तारिफको लागि तपाईंले आकाशको तारा झारिदिने कुराहरु गर्नु भनेको
होइन र उनले गरेको सबै कुराहरुको तारिफ गर्नु भन्न खोजेको पनि होइन । सानोभन्दा सानो प्रशंसाले ठूलो प्रभाव पार्न सकिन्छ ।
– धेरैजसो महिलाको तीक्ष्ण स्मरण शक्ति रहेको हुन्छ त्यसकारण उनले केहि कुरालाई चाँडै बिर्सिन सक्छिन् भनेर नसोच्नुहास् ।
– तपाईंले कतिपटक आफ्नी महिलालाई घरको काममा, उनको दुःखको बेलामा र उनको प्रेजेन्टेसनमा सहयोग गर्नुभएको छ ? तपाईंले यस्तो कुरालाई याद नराख्नु भएको भए पनि यस्तो कुरामा सहयोग गर्नाले उनले तपाईंलाई धेरै नै मन पराउनेछिन् ।
– उनलाई पछिल्लो पटक कहिले सरप्राइज दिनुभएको थियो ? त्यसको लागि तपाईंले धेरै खर्चालु डिनरको आयोजना गरिरहनुपर्दैन । उनलाई सपिङ अथवा बाहिर घुमाउन लैजानुहोस् । महिलाहरु सानो सानो कुराले पनि खुसी हुन्छिन् ।
– आफ्नो जीवनमा उनको महत्व कत्तिको छ भनेर भन्नुहोस् । यसो गर्नाले उनी पग्लने छिन् । सम्बन्धमा भएको केहि समयपछि नै पुरुषहरुले आफ्नी महिलालाई अनुदान पाएको जस्तो गर्दछन् । यस्तो आफूमा हुन नदिनुस् ।
– आफ्नी महिलालाई तपाईंको पूर्व प्रेमिका अथवा श्रीमतीसँग तुलना नगर्नुहोस् । अरु महिलासँग तुलना गर्ने कुरामा महिला बढि संवेदनशील हुन्छन् त्यसैले कोही महिलासँग आफ्नी महिलालाई तुलना गर्नु भनेको तपाईंले पाप गरे सरह हो ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis