केही महिनाअघि सन् १९६६ (विसं २०२३)मा इन्दिरा गान्धीका गृहमन्त्री वाईबी चौहानले भनेका थिए– ‘हामीहरू नेपाल र राजाका विरुद्ध भारतीय भूमिबाट केही गर्न दिँदैनौं।’ सन् १९६७ फरवरी (विसं २०२३)मा हरेक पाँच वर्षमा नबिराई हुने भारतको चौथो आमनिर्वाचन हुँदै थियो।
सन् १९६६/६७ मा विहारमा सुख र अनिकालले धेरै जिल्लाहरूमा भोकमरीको स्थिति थियो। भारतीय मुद्राको ठूलो अवमूल्यनले पनि कांगे्रस काफी अलोकप्रिय भएको थियो। म
फार्बेसगञ्ज जगदीश मिल्समा बस्दथें। प्रसिद्ध भारतीय समाजवादी नेता डा. राम मनोहर लोहियाले लन्डनमा विद्यार्थी जीवनका साथी जगदीश मिलका बालकृष्ण गुप्तालाई संसद्को चुनाव लड्ने सल्लाह दिए।
फार्बेसगञ्ज जोगवनीको संसदीय क्षेत्रबाट बाहुन, क्षेत्री र मारवाडीहरू चुनावमा उम्मेदवार हुनै पाउँदैनथे। यो क्षेत्र चमार, पासवान, बैठा, धोबी, डुम, हरिजन, विश्वकर्मा, हजाम इत्यादिजस्ता भारतीय संविधानद्वारा अनुसूचित जातहरूकाले मात्र लड्न पाउँथे। त्यसैले बालकृष्ण गुप्ताले पुर्णिया, धमदाहा, रूपौली, भवानीपुर इत्यादिवाला जोसुकैले पनि लड्न पाउने संसदीय क्षेत्रबाट लडे। त्यस संसदीय क्षेत्रबाट कुनै कम्युनिस्ट उम्मेदवार त्यस चुनावमा थिएनन्।
विहार र उत्तर प्रदेशका संसद्का चुनाव क्षेत्रहरू १५ लाख २० लाख मतदाता भएका गाउँले क्षेत्रका निकै विशाल भौगोलिक क्षेत्रफल हुन्छ। टाढा–टाढाका क्षेत्रहरूमा कैयौं ठाउँ ठूला त्रिपालहरूमा क्याम्प बनाएर २०/२५ वटा अलग–अलग केन्द्रहरूमा दिनरात बसेर खाजा खाई बिहानभर प्रचार गरेर फेरि तीन/चार घन्टापछि नुहाउन, भात खान फर्कन्थे। खाना खाई केहीबेर आराम गरी फेरि रात नपरुञ्जेल प्रचार गर्दथे। मेरो बस्ने, खाने ठाउँ बेग्लै एउटा नागेश्वर आजाद नाम गरेका सोसलिस्ट पार्टीका सदस्यकहाँ गरिएको थियो। त्यहाँ उनको बेकरी फ्याक्ट्री भएको ठाउँमा एउटा अलग कोठामा म सुत्ने गर्दथें।
नागेश्वर आजाद उनका बूढा पिता, माता, पत्नी र साना छोराछोरी भित्रपट्टि अर्को घरमा बस्दथे। दिउँसो क्याम्पमा बसे पनि कतै गए पनि रातिको खाना र सुत्न म त्यहीँ जान्थें। भवानीपुर बजार सानै थियो। रूपौली भवानीपुरको प्रचार क्याम्पमा नेपालतिरकै नम्बरको जिप दैनिक मात्रमा दिनरात क्याम्पकै कामका लागि थियो। यसका ड्राइभर पनि नेपाली नै थिए। मान्छेहरू त्यो जिपमा परपरका गाउँहरूमा प्रचारमा जान्थे।
नागेश्वर आजादको बेकरीको त्यो गेस्टरुमजस्तो कोठामा दुईवटा डाचेरीका खाट थिए। एउटामा म र अर्कोमा नागेश्वर आजाद सुत्थे। एक दिन नागेश्वर आजादले आफ्नो जीवनको एउटा घटना सुनाए। ‘नेपालमा राणा शासनकालमा मात्र होइन, २००७ सालमा प्रजातन्त्र आएपछि पनि र राजा महेन्द्र र वीरेन्द्रको शासनमा पनि विसं २०३० सम्म पनि १६०० रुपियाँ थप मालपोत तिरेर एक बिघा गाँजा खेती लगाउन पाइन्थ्यो। पहिले–पहिले नागेश्वर आजाद गाँजा लगाउन र बेच्न कानुनले नरोके पनि भारतीयहरूले भारततर्फ लान लाग्दा नेपालको पुलिसले त्यसै समात्ने, धम्क्याउने, गाँजा खोस्ने, पैसा खोस्ने र छाडिदिने काम गर्दथ्यो। भारतमा भने गाँजा ल्याउन कानुनले दण्ड गर्ने अपराध थियो र पक्राउ परे थुनामा परिन्थ्यो।
सस्तो र छिटो धन कमाउने धुनमा नागेश्वर आजादले एक पटक गाँजा किनेर भारततर्फ आउन लाग्दा नेपालको पुलिसले समातेछ र थानामा पुर्याआएछ। तर, थानेदारले यस पटक केही नगरी साँझ परेपछि अञ्चलाधीशको निवासमा लगेछन्। त्यहाँ तीनजना बीचमा उनलाई छोडेर थानेदार कोठाबाहिर निस्केछ। त्यो तीनमध्ये एकजनाले नागेश्वर आजादसँग हिन्दीमा भनेछ– ‘कि तिमी बराबर गाँजा भारततर्फ स्मगल गर्दछौं। केही गरी भारतीय पुलिसलाई हामीले गाँजासहित बोर्डरमा लगेर सुम्पे तिमी सोझै कैद पर्छौ। तिमीले एउटा काम हामीले भनेको गरे तिमी एकै पटक २५ बिघा जमिनको मालिक बन्न सक्छौ र नेपालको नागरिकता हामीले दिनेछौं र तिमी जीवनभर आरामले सुरक्षित रहन सक्नेछौं। त्यो काम तिम्रा निम्ति गाह्रो छैन। तिमीले कुनै एकजना फार्बेसगञ्ज जोगबनीतिर बस्ने नेतालाई मार्न सक्नुपर्छ।’ क्रमशः
— कमल कोइराला, सम्बोधन

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !