जनकपुर। इतिहासको कुनै कालखण्डमा विश्वलाई नै सभ्यताको पाठ सिकाएको जनकपुर यतिबेला धर्म र राजनीतिको खोल ओढेका अपराधीहरूका कारण बद्नाम भएको छ। २०३४ सालमा भारतका तत्कालीन राष्ट्रपति निलमसञ्जिवा रेड्डीले जनकपुर विमानस्थल उत्रनेवित्तिकै साष्टंग दण्डवत् गरी ढोगेका थिए जनकपुरलाई। उनको भनाइ थियो– ‘यो पवित्रभूमिलाई
ढोग नगरी कसरी पाइला राखौं?
बुद्ध धर्मप्रति आस्थावान थाइल्यान्डको राजसंस्थाले पनि आफूलाई राजा जनककै वंशज/उत्तराधिकारी मान्दै आएका कारण पनि जनकपुर क्षेत्र पूर्वीय सभ्यताको जननी हो भन्ने कुरामा शंका छैन। अष्टबक्र, यज्ञबत्स्ल्य सन्दीपनीलगायतका महर्षिहरूको जन्मभूमि जनकपुर आधुनिक राजनीतिको पनि केन्द्रभूमि मानिन्छ। प्रथम राष्ट्रपति डा.रामवरण यादव, लोकतान्त्रिक आन्दोलनका अगुवा महेन्द्रनारायण निधि, सरोज कोइराला, योगप्रसाद उपाध्याय, रामनारायण मिश्रलगायत दर्जनौं राजनीतिज्ञको कर्मभूमि जनकपुर आफ्नो इतिहासप्रति जति गौरवान्वित छ, वर्तमानप्रति त्यति नै लज्जित छ। जनकपुरलाई यसरी लज्जित गराउन धार्मिक आडमा रामतपेश्वर दास र राजनीतिक आवरणमा सञ्जय साह ‘टक्ला’ सक्रिय छन्। हजारौं वर्षको अनवरत प्रयासद्वारा आर्जित जनकपुरको प्रतिष्ठा सञ्जय साह र रामतपेश्वर दासका कारण छियाछिया परेको छ।
को हुन् सञ्जय साह?
दस वर्षअघिसम्म कवाडी व्यवसायीका छोरा सञ्जय साह ‘टक्ला’ यतिबेला अबार्ंै रूपैयाँको मालिक बनिसकेका छन्। प्रहरीको सुराकी हुँदै ठेक्कापट्टा, भन्सार तस्करीजस्ता व्यवसाय हुँदै यतिबेला राजनीतिसम्म आइपुगेका छन् उनी। विजयकुमार गच्छदारको मधेसी जनअधिकार फोरममा आबद्ध साह करिब डेढ वर्ष राज्यमन्त्रीसम्म भए। हत्या, लुटपाट, तस्करी, अपहरणलगायत मुद्दा खेपिरहेका साह यतिबेला जनकपुरको आपराधिक घटनाको नेतृत्व काठमाडौंमै बसेरै गरिरहेका छन्। उनको अकूत सम्पत्तिसम्बन्धी मुद्दा सम्पत्ति शुद्धीकरण र अख्तियारकोा अनुसन्धानमा रहेको वर्षौं भयो। तर सरोकारवालाहरूले अदालतमा मुद्दा दायर गर्ने आँट गरेका छैनन्। जनकपुर बमकाण्डदेखि बालबालिका अपहरणसम्ममा उनको नाम मुछिएको छ। राजनीतिक संलग्नता र अपराधकर्मद्वारा आर्जित सम्पत्तिका कारण जनकपुर क्षेत्रमा उनको दबदबा बढ्दै गएको छ,नियन्त्रण गर्ने हिम्मत कसैको छैन।
को हुन् रामतपेश्वर
महन्थले व्यक्तिगत सम्पत्ति जोड्नु हुँदैन भन्ने मान्यताका कारण महन्थको पदमा बहाल हुँदासम्म रामतपेश्वर दासको व्यक्तिगत सम्पत्ति थिएन। तर महन्थ रामतपेश्वरले यो मान्यतालाई भत्काउँदै सम्पत्ति जोड्ने अभियानमा यो पदको दुरूपयोग गरे। हिन्दु तथा बौद्धमार्गीहरूको आस्थाको धरोहर रामजानकी मन्दिरका महन्थ सम्पत्ति थुपार्ने अभियानमा यसरी लागे कि उनले ऐन भनेनन्, कानुन भनेनन्, धर्म के हो? पाप के हो? त्यो पनि ख्याल गरेनन्। रामजानकी मन्दिरलाई आपराधिक क्रियाकलाप अघि बढाउने थलोका रूपमा उनले प्रयोग गरिरहेका छन्।
रामजानकी मन्दिरको आडमा भ्रष्टाचारको सुरुवात २०३५ सालदेखि नै भएको हो। भारतका तत्कालीन राष्ट्रपति रेड्डीले रामजानकी विवाह मण्डप निर्माणका लागि १४ करोड भारु प्रदान गरेका थिए। त्यो जमानाको १४ करोड रूपैयाँ भनेको यतिबेलाको १४ अर्ब रूपैयाँभन्दा बढी हो। तर त्यति रकम खर्चेर निर्माण भएको रामजानकी विवाह मण्डपको संरचना नै व्यापक भ्रष्टाचारको ज्वलन्त प्रमाण हो।
यसैगरी, जनकपुरधाम नगरपालिका वडा नं. ८ स्थित रामानन्द चोकभन्दा उत्तर ढल्केबर जाने सडकभन्दा पश्चिमतर्फ वीरपुर कुटी पुरातात्विक मह140वको राधाकृष्ण मन्दिर थियो। भग्नावशेषमा परिणत भइसकेको उक्त मन्दिरको जिर्णाेद्धार गर्ने र मन्दिरले चर्चेको पाँच बिघन जग्गा बागवानी अनुसन्धान केन्द्रलाई प्रदान गर्ने निर्णय पञ्चायतकालमै भएको थियो। सरकारको उक्त निर्णयअनुसार उक्त स्थानमा बागवानी अनुसन्धान कार्यालय स्थापना गरिए पनि राधाकृष्ण मन्दिरको जिर्णाेद्धार कार्य भने अघि बढ्न सकेन। पुरातात्विक मह140वका मूर्ति तथा सामग्रीहरू गुठी संस्थानको स्थानीय कार्यालयमै थन्क्याइँदा नियमित पूजाआजाको समस्या देखियो। नियमित पूजाआजा गर्नुपर्ने भगवानका मूर्तिहरू यसरी दराजभित्र थन्क्याउन पाइँदैन भन्दै रामजानकी मन्दिरका महन्थ रामतपेश्वर केही सन्तहरूको साथ लिई गुठी संस्थ्ाानको कार्यालयसम्म पुगे। गुठी संस्थानका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डेले उक्त मागलाई जायजै ठाने।
२०५३ चैत ६ गते लिखित भरपाई गरी राधाकृष्ण मन्दिर जिर्णाेद्धार भएका बखत प्रतिस्थापन गराउने गरी उक्त मूर्ति तथा सुनजडित ३६ थान सामग्रीहरू रामजानकी मन्दिरका महन्थ रामतपेश्वरको जिम्मा लगाए। उक्त भरपाईमा उल्लेख भएअनुसार कृष्णको मूर्ति १ थान, राधाको मूर्ति १ थान, लालजी भगवानको मूर्ति १ थान, हनुमानजीको मूर्ति १ थान, सुनको जलप लगाइएको मुकुट ४ थान, चाँदीको मुटुक ४ थान, किटको मुकुट, चामर १ थान, शंख, गदा चक्र एक/एक थान, घडा र घन्टी १/१ थान रामतपेश्वर दासले जिम्मा लिएका थिए। १७ वर्षपछि यतिबेला रामतपेश्वर भन्न थालेका छन्– ‘उक्त सामग्री मैले कहाँ लिएको छु र? गुठी संस्थानले नै अन्यत्र बेच्यो होला।’ केही सन्तलाई भड्काउँदै र अपराधीहरूलाई प्रयोग गर्दै उनले गुठी संस्थानविरुद्ध आन्दोलन सुरु गरेपछि प्रमुख राजबाबु पाण्डेले पत्रकार सम्मेलन नै गरेर उक्त भरपाई करिब ६ महिनाअघि सार्वजनिक गरे।
समाचार स्रोतका अनुसार पुरातात्विक मह140वका उक्त सामग्रीमध्ये रामतपेश्वरले दुई थान मूर्ति दुई करोड भारुमा भारतको बृन्दा वनका हरिशरण उपाध्याय भन्ने वाल व्यासलाई बेचेका छन् भने आधाजसो अयोध्यास्थित करिब पाँच बिघा कम्पाउन्ड भएका आफ्नै घरमा राधाकृष्ण मन्दिर बनाइ प्रतिस्थापन गरेका छन्। भान्जा रोशन दासमार्फत रामजानकी मन्दिरको सम्पत्ति भारत लगेर थुपारिएको हो। रामजानकी मन्दिरमा प्रवेश टिकटबाट मासिक उठ्ने १५ लाख रूपैयाँभन्दा बढीको हिसाब किताब कोषमा दाखिला गर्न इन्कार गर्दै आएका छन्। जानकारहरूका अनुसार १७ वर्षअघिसम्म रामजानकी मन्दिरमा अढाई अढाई किलोका १८ वटा स्वर्ण गुम्वाज थिए। अहिले ती सबै गायब भइसकेका छन्। केही वर्षअघि चार थान स्वर्ण गुम्बाज स्थानीय शंकर साहको सुन पसलबाट बरामद भएपछि खोजी गर्दा रामजानकी मन्दिरका १८ वटै स्वर्ण गुम्बा गायब भएको थाहा लाग्यो। यसबाहेक रामजानकी मन्दिरको नाममा जनकपुर नगर क्षेत्रभित्रै पाँच सय ८४ बिघा जग्गा थियो। तर यतिबेला ५० बिघा जग्गाको लागत पनि फेला पार्न सकिन्न।
आफ्नो भ्रष्टाचार र अपराध कर्म छोप्न रामतपेश्वरले राजनीतिक तथा सामाजिक पहँुच भएका व्यक्तिलाई यसरी गुठीको जग्गा बाँडेको बताइन्छ। त्यस क्षेत्रमा हाल जग्गाको भाउ प्रतिबिघा पाँच करोड रूपैयाँसम्म पर्छ। रामजानकी मन्दिरअन्तर्गतका १५ वटा सागर (पोखरी) हरू महन्थ रामतपेश्वरले माछापालनका लागि ठेक्कामा दिएका छन्। तर उक्त आम्दानी मन्दिरको नभई रामतपेश्वरकै व्यक्तिगत हुने गरेको छ। यसैगरी, रत्नसागर गुठीको चार सय ८६ बिघा जग्गा बेला राजगुठीको दुई सय ५१ बिघा जग्गा कहाँ छ? कसले भोगचलन गरेको छ? आम्दानी के भइरहेको छ? भन्ने कुरालाई पारदर्शी बनाउन पनि रामतपेश्वर चाहँदैनन्।
विश्वका हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको धरोहर राकजानकी मन्दिरको आडमा भएको अपराधकर्मबारे छानबिन गर्न बेलाबेलामा आयोगहरू गठन नभएका होइनन्, तर आयोगले दिने प्रतिवेदनहरू कहिल्यै कार्यान्वयन भएनन्। यस्ता प्रतिवेदन सबैको अध्ययन गरी एउटा ट्रस्ट बनाउने र ट्रस्टमार्फत रामजानकी मन्दिरको व्यवस्थापन गर्ने निर्णय २०६७ पुस १४ र माघ १९ गते सरकारले गरेको थियो। तर उक्त निर्णय त्यसपछिको सरकारले कार्यान्वयनमा ल्याएन। गुठी संस्थानका प्रमुख बलरामप्रसाद साह उक्त निर्णय कार्यान्वयन हुन दिने पक्षमा छैनन्, साह र महन्थ तपेश्वरबीच दुई करोड रूपैयाँको लेनदेन भएको चर्चा चलेको थिो। एमाओवादीका तत्कालीन भूमिसुधारमन्त्री प्रभु साहद्वारा बलरामप्रसाद गुठी संस्थानको प्रमुख नियुक्त भएका हुन्। पछिल्ला दिनमा महन्थ रामतपेश्वरको अपराधमा एमाओवादीका मधेसी नेता प्रभु साहसमेत साझेदार रहेकाले उक्त निर्णय कार्यान्वयन नआएको बताइन्छ। त्यसो त महन्थ रामतपेश्वरविरुद्ध २०६६ सालमै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो, तर रामतपेश्वरसँग विशेष सम्बन्धका कारण अख्तियारका तत्कालीन सचिव भगवतीप्रसाद काफ्लेले उक्त मुद्दाको फाइल दराजको कुनामा थन्क्याएका थिए |
साभार : विक्ली नेपाल

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !