CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » व्यवसायीले भने - ल सक्छौ भने कारबाही गर’

व्यवसायीले भने - ल सक्छौ भने कारबाही गर’


gold१८ वैशाख, चितवन । बहुमूल्य धातु सुनचाँदीको खरिद बिक्रीमा कालोबजारीको आरोप लागिरहेका बेला चितवनका व्यवसायीले बहादुरीका साथ ८५ प्रतिशत सुन कालोबजारबाट भित्रिएको भन्दै राज्यलाई चेतावनी दिए, ‘सक्छौ भने अनुसन्धान गरी कारबाही चलाउ ।’
नारायणगढमा पत्रकार सम्मेलन नै गरेर उनीहरुले ‘राज्यले नै सुनमा कोटा
प्रणाली लादेका कारण आफूहरु कालोबाजरबाट सुन किन्न बाध्य भएको बताए । ‘सरकारले कोटा सिस्टम लादेर सुन कम दियो,’ सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रसाइलीले भने, ‘अभाव भएपछि कालोबजारी बढ्नु स्वाभाविकै हो ।’ उनीहरुले प्रशासन कार्यालय पुगेर सरकारलाई ज्ञापनपत्रसमेत बुझाएको कारोबार दैनिकमा खबर छ ।
सुनचाँदी व्यवसायी संघ चितवनका अनुसार अहिले जिल्लामा कोटा प्रणालीबाट साताको दुई किलोमात्र सुन भित्रिन्छ तर माग ७ किलो छ । तैपनि व्यवसायीले ग्राहकलाई सुन बेचिरहेका छन् । ‘अरु सुन कहाँबाट आयो त ?’ पत्रकारको प्रश्नमा रसाइलीको सहज जवाफ थियो, ‘८५ प्रतिशत सुन ब्ल्याकमार्केर्ट (कालोबजार) बाट आएको छ । यो कुरा सरकारलाई पनि थाहा छ ।’
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis