CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » रामकृष्ण ढकालको घरबार लिलाममा, सुटिङ युरोपमा

रामकृष्ण ढकालको घरबार लिलाममा, सुटिङ युरोपमा

ramkrishnaकाठमाडौं। अघिल्लो साता नेपाली संगीत बजारमा एउटा घटनाले निकै चर्चा पायो। नेपाली संगीतमा ‘मेलोडी किङ’को छवि बनाइसकेका गायक रामकृष्ण ढकालको घरजग्गा लिलामीमा परेपछि धेरैले अच्चम माने। घरजग्गा धितोमा
राखी लिएको कर्जा समयमै चुक्ता नगरेपछि उनले ऋण्ँ लिएको वित्तीय संस्था लाली गुराँस बहुउद्देश्यीय सरकारी संस्था लिमिटेडले ललितपुर सैंबूस्थित ढकालको घरसहितको जग्गा लिलामीको सूचना निकालेको थियो। ढकालजस्ता दर्शकमाझ असाध्यै लोकप्रिय गायकको घरजग्गा लिलामीमा परेपछि समग्र नेपाली कलाकारकै बेइज्जत भएको विश्लेषण गर्न थालिएको थियो। तर यसरी नेपालमा घरजग्गा लिलामीमा परिरहेको बेला उनले आफ्ना नयाँ गीतको भिडियोको छायांकन युरोपका विभिन्न देशमा गरेर ‘चटक’ देखाएका छन्।
सांगीतिक यात्राको सिलसिलामा गायक ढकाल केही समयअघि युरोप पुगेका थिए, उनी उतै भएका बेला सहकारीले लिलामीको सूचना निकाल्यो, जसका कारण जतिसक्दो छिटो नेपाल आएर समस्या समाधान गर्नुपर्नेमा आरामसँग भिडियो छायांकन गरेपछि गायक समाजका अध्यक्षसमेत रहेको ढकालकोे नियतमाथि नै प्रश्नचिह्न उठाउन थालिएको छ। उनले बाँचुन्जेल एल्बमको विभिन्न गीतका म्युजिक भिडियोको बेल्जियम र फ्रान्सका सहरमा छायाङ्कन गरिरहेका छन्। गत सोमवारमात्र ‘म जहाँ भए पनि मेरो देश स्वर्ग लाग्छ’ बोलको राष्ट्रिय गीतको छायांकन पेरिसमा गरेका थिए। भिडियोमा नरेन्द्र थापा, पार्वती अधिकारी, देवेन यूवराज, दुर्गाकाजी शाक्य, वीरमान घर्तीमगर, श्याम श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन्। यसरी विदेशमा नेपाली राष्ट्रिय गीतको छायांकन गर्नु नराम्रो त होइन, तर पहिले मुटुको उपचार गर्न छोडेर हातको उपचार गरेको भन्दै उनीमाथि व्यंग्य गर्न थालिएको छ। अझ रमाइलो कुरा त के हो भने मस्तसँग भिडियोको सुटिङ गरिरहेका ढकालले ‘घरजग्गा लिलामीमा परेको खबरमा आफूलाई मानसिक तनाब दिएको’ भनेर खबर बाहिर आएको थियो। त्यतिमात्र होइन– ‘कलाकारलाई राष्ट्रको गहना’ भन्ने सरकारले आफूलाई नहेरेको दुखेसो पोखेको थिए।
ढकालले सहकारीलाई दुई करोड रुपैयाँभन्दा बढी तिर्नुपर्ने देखिएको छ। तर पछिल्लो केही समययता उनको कमाइ ह्वात्तै घटेको छ। विगतमा विदेशमा सांगीतिक कार्यक्रम गरेर राम्रो कमाउँदै आए पनि आजकल विदेशमा उनको माग हुन छाडेको छ। यसपटकको उनको युरोप यात्रा पनि करिब दुई वर्षपछि भएको हो, त्यही पनि असाध्यै कम पैसा दिने शर्तमा उनलाई आयोजकले युरोप बोलाएका थिए। यस्तै, नेपालमा पनि उनले गाएका गीत चल्न छाडेका छन् भने सीडी तथा क्यासेटको विक्री पनि ठ्याम्मै छ। यति हुँदाहुँदै पनि उनको कमाइ ठीकै थियो, घरजग्गा नै लिलामीमा पर्ने बेला भइसकेको थिएन तर उनकी श्रीमती नीलम फाल्तु खर्च गर्न माहिर भएकोले सडकमा पुग्नुपर्ने बेला आएको स्रोतको दाबी छ। पूर्व मोडल नीलमको कमँइ जिरो भए पनि उनी खर्चालु एवं सौखिन छिन्। ढकालको कमाईको अधिकांश भाग उनी मोजमस्तीमै उडाइदिन्छिन्। स्मरण रहोस्– नीलमको यही खर्चालु बानीका कारण यसअघि लाजिम्पाटमा ढकालले घर किने पनि समयमै ऋण तिर्न नसकेकै कारण उक्त घर बेचेर भैंसेपाटी सरेका थिए।-http://www.weeklynepal.com/2013/05/23/ramkirshna-ko-halat/
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis