CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » क्रिकेटले दिएको खुशी

क्रिकेटले दिएको खुशी



nepalराजनीति लगायत हरेक कुराले निराशा जन्माइरहेका बेला नेपालीहरु फेरि एक पटक खुशी हुने मौका पाएका छन्। यो खुसी फेरि पनि क्रिकेटले नै दिएको हो। नेपालले लगातार दोस्रो पटक आइसीसी विश्व लिग जितेको छ। पोहोर डिभिजन ४, यस पटक डिभिजन ३। यस पटकको विजय अलि नाटकीय थियो। सुरुका दुई खेलमा लगातार पराजय भोगेपछि नेपाली फ्यान निराश भइसकेका थिए। तर कप्तान
पारस खड्काले भने जस्तै भाग्यले पनि बहादुरको साथ दियो र झिनो संभावनाका बीच शनिबारको चमत्कारपूर्ण दिनले रनरेटका आधारमा अमेरिकालाई पछार्दै नेपाल फाइनलमा पुग्यो। अब हाम्रो आशा, सपना विश्वकपमा पुगेको छ। 


विश्वकपको बाटो
तर विश्वकपमा पुग्न त्यति सजिलो भने छैन। नेपालको क्रिकेट अहिले उत्कृष्ट कोच र उत्कृष्ट कप्तानको भरले धानिएको छ। सरकार र संस्था (क्यान) का कारण नेपालले अहिलेको यो उपलब्धि हासिल गरेको हैन।
युगान्डालाई पाँच विकेटले हराएर डिभिजन ३ च्याम्पियन बनेसँगै नेपाल डिभिजन २ मा बढुवा भएको छ। साथमा आगामी वर्षको जनवरीमा न्युजिल्यान्डमा हुने विश्वकप छनौट प्रतियोगिताका लागि चयन पनि भएको छ। त्यसमा शीर्ष दुई स्थानमा रहन सके मात्रै सन् २०१५ मा हुने विश्वकपमा नेपाल सहभागी हुन पाउने हो। प्रतियोगितामा आठ अन्य एसोसिएट र एफिलियट टिमहरु रहनेछन्। कुन कुन हुन् त ती टिम ?
ks-4709-Uganda-Musokeआयरल्यान्ड
नेदरल्यान्ड
अफगानिस्तान
स्कटल्यान्ड
केन्या
क्यानाडा
युएई
नामिबिया
पपुवा न्युगिनी
हङकङ
माथि १० वटा टिमको नाम छ। ती मध्ये दुई टिम विश्व क्रिकेट लिग च्याम्पियनसिप जिती सीधै विश्वकपका लागि छनौट हुनेछ। अहिले भइरहेको यो च्याम्पियनसिपमा आयरल्यान्ड र नेदरल्यान्ड अगाडि छ। दुई टिम छनौट भएपछि नेपाल र युगान्डासहित गरी १० टिमले छनौट अर्थात् क्वालिफायर्स खेल्नेछ। त्यसमा शीर्ष दुई स्थानमा आएमा विश्वकप खेल्न पाइनेछ।
तेस्रो र चौथो भएमा भने चार वर्षका लागि एक दिवसीय मान्यता पाइनेछ।
नेपाली क्रिकेटका लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो उपलब्धि हो। अब एक कदम राम्रोसँग टेक्न सक्यौँ भने हामीले आफ्नो लक्ष्य भेट्टाउनेछौँ। लक्ष्य विश्वकपमा सहभागी हुने भए पनि एक दिवसीय मान्यता पाउन सके पनि त्यो हाम्रो लागि ठूलै उपलब्धि हुनेछ। तर यसका लागि आशा मात्र गरेर हुँदैन। नेपाली खेलाडीहरुलाई उचित प्रशिक्षण र दरिलो प्रतिद्वन्द्वीहरुसँग अभ्यास गराइरहनु पर्छ। समय पनि धेरै बाँकी छैन। विश्वकप छनौटका लागि अब आठ महिना मात्रै बाँकी छ।
फुटबलले सँधैजसो निराश बनाइरहेको बेला क्रिकेट ऐतिहासिक उपलब्धि हात पार्न लागेको छ। यसतर्फ ध्यान गइदिए नेपालीले कम्तिमा खुशी हुने एउटा थप मौका पाउँथे।
र अन्त्यमा, क्रिकेटले ठूलो जित वा उपलब्धि हात पार्दा एन्फाका गणेश थापा त्यसलाई छायामा पार्न फुटबलमा केही न केही घोषणा गर्छन् रे। यस पटक चाहिँ के घोषणा गर्लान् ? कुरौँ !
फोटोः आइसीसी
ks-4541
ks-4541
ks-4692-Uganda-Musoke
ks-4529-Uganda-Masaba
ks-4682-Airee-Shakti
ks-4663-Uganda-Sematimba
ks-4563-Nepal-Prithu
ks-4554-Uganda-Masaba
ks-4490-Uganda-Masaba
साभार : सालोक्य  माई संसार ,


Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis