CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » बैसाख २५ देखि अब जागिर माग्न पनि टन्न हाइवेमा चक्का जाम गर्ने रे

बैसाख २५ देखि अब जागिर माग्न पनि टन्न हाइवेमा चक्का जाम गर्ने रे


highwayगएको हप्ता एउटा मोटरसाइकलले बच्चालाई ठक्कर दिएपछि पृथ्वी हाइवे जाम भएको भोगेपछि लेखेको ब्लग पढ्नुभएको थियो। यो हप्तादेखि भने जागिर माग्दै हाइवे जामको खबर सुन्नुपर्नेछ। बेरोजगारलाई रोजगार चाहियो, नभए बेरोजगार भत्ता चाहियो भन्दै वैशाख २५ देखि मुख्य मुख्य हाइवेमा चक्काजाम गरिँदैछ। चक्काजामको व्यापक पोस्टरिङ गरिएको छ। चक्काजाम वैशाख २५ देखि भनिएको
छ, केही घण्टाका लागि हो कि कति दिनका लागि हो कि केही पनि खुलाइएको छैन। बेरोजगारको नाममा चक्काजाम गर्ने चाहिँ को त ? माओवादी !
चक्काजाम गर्ने बेरोजगार युवाका नेता हुन् हातमा महँगो आइफोन बोक्ने चन्द्रबहादुर थापा ‘सागर’। यिनी पूर्व सभासद् पनि हुन्। संविधान सभा भंग भएर बेरोजगार भए लगत्तै उनलाई बेरोजगार युवाको चिन्ता लागेर उनीहरुलाई संगठित बनाउने काममा लागेका हुन्। यसअघि उनी वाइसिएलका नेता थिए। वाइसिएलको जिम्मेवारीबाट पनि उनलाई हटाइएको थियो। पार्टी निर्णयविपरीत बेरोजगार युवा संघ खोलर वाइसिएललाई एनजिओकरण गर्न खोजेको भन्दै थापाको वाइसिएलभित्र चर्को आलोचना भएपछि उनलाई संयोजकबाट हटाइएको थियो।
आफ्नै पार्टी सरकारमा रहँदा बेरोजगारी समस्या हल गर्न दबाब दिन नसके पनि अब चार दलको कठपुतली रेग्मी सरकार बन्दा दबाबमूलक कार्यक्रम सुरु भएको छ।
उनीहरुको माग- शक्तिशाली बेरोजगार युवा आयोग गठन गरी शैक्षिक, अर्धशैक्षिक, खेलाडी र कलाकार सम्पुर्ण बेरोजगार युवाहरुको सार्वजनिक गरी परिचय पत्र दिनुपर्ने, रोजगारको ग्यारेन्टी सहित कार्यविधी र कार्यतालिका सार्वजनिक गर्नुपर्ने, न्युनतम १५० दिनको रोजगार वा सो बराबरको बेरोजगार भत्ता तुरुन्त शुरुवात गर्नुपर्ने, ३६५ दिनकै रोजगारीको ग्यारेन्टीका लागि समय अवधि र क्षेत्र ठोस गर्नुपर्ने… आदि इत्यादि।
माग पूरा भएको छैन। त्यसैले वैशाख २५ गतेदेखि पूर्वपश्चिम हाइवे र पृथ्वी हाइवे रोक्ने रे।
२६ गते आमाको मुख हेर्ने औँसी छ। नेपालीका लागि यो एउटा महत्त्वको परम्परा हो। टाढा रहेका छोराछोरीहरु पनि त्यो दिन आमा भएको ठाउँमा पुग्ने गर्छन्। अब यो हाइवे जामले आमा र सन्तानलाई पनि छुटाउने भएको छ। कसको आँट यी महानको चक्काजामको अवज्ञा गर्ने ! चार दलको रबरस्ट्याम्प सरकारको के आँट र बेरोजगारको आवरणमा माओवादीले गरेको आन्दोलनमा हस्तक्षेप गरी चक्काजाम खुलाउने ! हामी त बिचरा जनता न पर्‍यौँ। सहनै पर्ने जे भए पनि ! जतिसुकै जरुरी काम होस्, जतिसुकै आपतको काम होस्- उनीहरुले जाम गर्ने आदेश दिएका छन्, पाइन्न जान।
highway













साभार : माई संसार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis