CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , » स्वर्ग खोज्दै नर्क पुग्ने यी रमाइलो गर्न खोज्ने केटी

स्वर्ग खोज्दै नर्क पुग्ने यी रमाइलो गर्न खोज्ने केटी


स्वर्ग खोज्दै नर्क पुग्नेहरूधरान- धरानकी मञ्जिला लिम्बू रमाइलो गर्न भनेपछि ज्यानै फाल्न तयार हुन्थिन्। बाबु हङकङ लाहुरे भएकाले उनलाई पैसाको समस्या थिएन। उनको संगत आफूभन्दा जेठा दाइदिदीसँग थियो। उनीहरूले बुङ्बुङ्ती चुरोटको धुवाँ उडाएको देखेपछि मञ्जिलालाई पनि चुरोट खान मन लाग्यो। एक्स्पेरिमेन्ट गरौँ भनेर उनले चुरोट पिउन थालिन्। बिस्तारै गोटी र सिरिञ्ज हान्न पुगिन्। पढाइ त उतिबेलै बिग्रिएको थियो। यतिबेला चाहिँ उनलाई जीवनै बिग्रियो भन्ने लागेको छ। भन्छिन्, 'त्यतिबेला स्वर्ग यही हो जस्तो लाग्थ्यो। रमाइलो गर्दागर्दै एचआइभी पोजिटिभ भइसकिएछ। अहिले जीवन नर्कमा भासिए जस्तो लाग्छ।'

लिजाको ब्वाईफ्रेन्ड ह्यान्डसम थियो। उनीहरू दैनिक भेट्थे। उसैसँग जीवन बिताउने सपना थियो लिजाको । एकदिन उनले ब्वाइफ्रेन्ड कुलतमा फसेको थाहा पाइन्। उसलाई कुलतबाट छुटाउन निकै सम्झाइबुझाइ गरिन्। धेरै चोटि उसको गोजी छामेर गोटी फाल्ने र लुकाइदिने गरिन्। उसलाई ड्रग्स छाड्न कर गरिन्। तर
ड्रग्स खाएपछि 'हेभेन फिल हुन्छभन्दै पाखुरामा सुई हानेर ऊ मस्त हुन्थ्यो। ब्वाईफ्रेन्डको व्यवहारले उनलाई टेन्सन हुन थाल्यो। 'हेभन फिल हुन्छभन्थ्यो कस्तो हुँदो रहेछभनेर उनले पनि एकदिन टेस्ट गरिन्। त्यसपछिदुवै जना मिलिजुली झ्याप हुन थाले। अहिले दुई वर्ष भयोउनीहरू दुवै एउटै खाल्डोमा परेका छन्।  बिहे गरेर जीवन बिताउने सपना भताभुंग भइसकेको छ। 'जति कोसिस गरे पनि अब त  सुई नहानी बस्नै  सक्दिनँ,' उनले भनिन्। 

नेपाली समाजमा अचेल यस्ता कथा र पात्र प्रशस्त भेटिन्छन्। कोही ब्वाईफ्रेन्डले धोका दिएको पिर मेटाउन नशाको लतमा चुर्लुम्म डुबेका छन् त कसैलाई साथीभाइको संगतले कुलतमा जाकेको छ। धेरैले फेशनका रूपमा कुलत अँगालेका छन्। पूर्वका धरानइटहरीदमकउर्लाबारीपथरीलगायत स्थानमा कुलतमा फस्ने युवतीको संख्या बढ्दो छ। एक तथ्यांकअनुसार पूर्वमा अहिले पाँच सयदेखि सात सयसम्म महिला लागुऔषध प्रयोगकर्ता छन्। त्यसमध्ये धरानमा सबैभन्दा बढी दुई सय ९८ जना भेटिएका छन्। तरधेरै महिला लागुऔषध प्रयोगकर्ता तथ्यांकमा नअटाएका हुने जानकारहरूको भनाइ छ। लागुऔषध प्रयोगकर्ता र एचआइभी संक्रमित महिलाको हकहितका लागि काम गरिरहेको संस्था दृष्टि नेपालकी कार्यक्रम निर्देशक वन्दना थापा भन्छिन्, 'छोरा कुलतमा फसे अभिभावकले सुधारका लागि अरूसँग सल्लाह लिने र सुधारगृह पठाउँछन्। तरछोरी कुलतमा लागेको थाहा पाए विवाह हुँदैन भनेर सकेसम्म लुकाउने गर्छन्।'

युवतीहरूलाई 'सेक्सी देखिन्छ', 'डन्डीफोर जान्छवा 'स्लिम बनिन्छ भनेर ड्रग्स प्रयोग गर्न उक्साउनेहरू प्रशस्तै हुन्छन्। कतिपयले युवतीसँग मोज गर्न र ड्रग्स भिडाउन पनि यस्तो हावादारी गफ दिएका हुन्छन्। युवतीहरू भने तिनको कुरामा विश्वास गरेर कुलतमा फस्छन्। टिनएजका केटीहरू उमेरजन्य स्वाभावका कारण रमाइलो गर्ननाच्नहाँस्नउफ्रिन चाहन्छन्। उनीहरू छिट्टै साथीभाइको सर्कलमा भिज्छन्। नशाको लतमा फस्ने कारणमध्ये यी प्रवृत्ति पनि दोषी हुन्छन्। 'किरात याक्थुङ चुम्लुङ पुनर्जीवन केन्द्र'का निर्देशक कमल तिगेलाको भनाइ छ, 'अभिभावकको ध्यान कम हुनु र खराब संगत हुनु नै युवतीहरू कुलतमा फस्नुको मुख्य कारण हो।'

कुलतमा फसेका युवतीलाई समाज र परिवारमा पुनःस्थापना हुन गाह्रो हुन्छ। कुलत छाडे पनि महिलालाई परिवार र समाजले अपनाइहाल्न चाहँदैन। फलतः उनीहरू पुनः दुर्व्यसनमै फर्किने सम्भावना हुन्छ। परिवारमा भइरहने झैझगडाआमाबाबुबीचको बेमेलजस्ता कारणले सन्तान दुर्व्यसनमा चाँडो फस्छन्। विश्व स्वास्थ्य संगठनले कुलतमा फस्नुलाई एक प्रकारको मानसिक रोग भनेको छ। मानसिक विचलनका कारण मान्छेमा कुलत सुरु हुन्छ। मनमा अत्यधिक निराशा छाउँदा पनि युवतीहरू नशामा डुब्छन् भने बढी खुशी हुँदा पनि एक्साइटेड भएर कुलतमा लाग्ने सम्भावना बढी हुन्छ। मानसिक रोग भएकाले यो जतिबेला पनि बल्भि्कन सक्छ। अर्थात्नशाको कुलतमा फसेर सुधि्रएको मान्छे पुनः कुलतमा फर्किन सक्छ। 
- साभार : शुक्रबार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis