CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , , , » होशियार ! विदेशबाट सुटुक्क सामान ल्याउन नपाउने भन्ने समाचार ४ वर्षअघिको

होशियार ! विदेशबाट सुटुक्क सामान ल्याउन नपाउने भन्ने समाचार ४ वर्षअघिको

Image result for airport hoaxअब विदेशबाट आउनेले सुटुक्क सामान ल्याउन नपाउने शीर्षकमा अधिका‍ंश र अरु यस्तै मिल्ने हेडलाइन राखेका ब्लगस्पट एड्रेस भएका ब्लगहरुको लिङ्क यतिबेला फेसबुकमा खुबै भाइरल भइरहेको छ। त्यसमा लेखिएको हुन्छ-आइतबारदेखि भन्सार विभागले सबै स्थल नाकामा र हवाई नाकामा समेत सय रुपैयाँभन्दा बढीका सामान
ल्याउने सबैलाई कर तिर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गरेको छ। विदेशमा बसेर आउनेले सय रुपैयाँभन्दा माथिका कुनै न कुनै सामान ल्याइहाल्छन् भनेर एयरपोर्टमा नेपाल भित्रिने सबै यात्रुलाई संक्षिप्त प्रज्ञापनपत्र भर्न अनिवार्य गरिएको छ।अनि विदेशमा बस्ने वा विदेशमा गएर फर्कन लागेका सबैलाई चासो भइहाल्छ। तर त्यसमा लेखिएको आइतबार यो हप्ताको आइतबार चाहिँ होइन। यो माइस‍‍ंसारमा मैले चार वर्षअघि अर्थात् मे २७, २०११ मा लेखेको ब्लग हो। यहाँ क्लिक गरी हेर्नुस् पुरानो ब्लग यही ब्लगबाट कपि गरेर धेरैले पेस्ट गरेर मान्छे झुक्याउने काम गरेछन्। तपाईँ वा तपाईँले चिनेजानेका कोही पनि झुक्किनुभएको छ भने यो ब्लगको लिङ्क उहाँहरुलाई पढ्न लगाइदिनुस् है।

कपिपेस्ट गरेर सेयर गर्नेहरुले मूल स्रोत उल्लेख नगर्नु र त्यसको लिङ्क नदिनु नै यो सब भ्रम फैलनुको कारण हो। कपिपेस्टवालाहरु आफूमात्र झुक्किएनन्, दुनियाँलाई झुक्याउँदैछन्।

कम्तिमा ती कपिपेस्टवालाहरुले त्यसमा लेखिएको भन्सार विभागका महानिर्देशकको नाम याद गर्नुपर्ने। त्यसमा लेखिएको थियो ट‍ंकमणि शर्मा। अहिले त शिशिरकुमार ढु‍ंगाना हुन्।
पुरानो ब्लगका कुरा कति सान्दर्भिक छन् त?
त्यो पुरानो कुरा भयो। अहिले त्यसरी विदेशमा बसेर आउनेले सय रुपैयाँभन्दा माथिका कुनै न कुनै सामान ल्याइहाल्छन् भनेर एयरपोर्टमा नेपाल भित्रिने सबै यात्रुलाई संक्षिप्त प्रज्ञापनपत्र भर्न अनिवार्य गरिएको छैन। त्यतिबेला तपाईँ सामान ल्याउनु्स् वा नल्याउनुस्, फाराम भर्नैपर्छ, भर्दिन भन्न पाइन्न थियो।

निजी गुन्टा झिटी भारीको सुविधा भने हालसम्म कायमै छ। स‍ंक्षिप्त प्रज्ञापनपत्रको फाराम अहिले यस्तो छ



विदेशमा बस्ने अधिका‍ंशलाई चासो हुने विषय टिभीको हो। यसबारे पनि मैले दुई वटा ब्लग लेखिसकेको छु। तल क्लिक गरी पढ्न सक्नुहुन्छ-

अब तपाईँहरुलाई एउटा अनुरोध- यस्तो पुरानो ब्लग कपिपेस्ट गरेर राखेको कुनै साइटको लिङ्क अहिले आएर कुनै फेसबुक पेजले सेयर गरेको रहेछ भने तपाईँलाई फेरि फेरि पनि त्यो पेजले त्यसरी नै झुक्याएर गलत सूचना दिनसक्छ। त्यसैले त्यस्ता पेजलाई तपाईँले दिने सजाय भनेको उसको पेजमा तपाईँले गरेको लाइक फिर्ता लिनु हो। यो कसरी गर्ने त ?


गलत खबर दिने फेसबुक पेजमा जानुस्, लाइक्ड लेखिएको ठाउँमा कर्सर लगेर क्लिक गर्नुस् र ड्रप डाउन मेनुमा अनलाइक क्लिक गर्नुस्।

तपाईँको फेसबुक वालमा पनि यो पुरानो ब्लगको लिङ्क नयाँ जस्तै गरेर खबर बनाएर कसैले राखेको थियो? त्यो पढेर तपाईँ पनि झुक्किनु भएको थियो कि? कसैले यसबारे तपाईँलाई सोधेको पो थियो कि? सही कुरा थाहा पाएपछि त्यसवापत् तपाईँले पनि कुनै फेसबुक पेज अनलाइक गर्नुभयो कि? कुन पेज? आफ्नो अनुभव तल कमेन्टमा सेयर गर्नुस् है
साभार  : माई संसार 


Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis