CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » कौमार्यको मूल्य

कौमार्यको मूल्य

मोटो रकमका लागि आफ्नो कौमार्य लिलामी गर्न तयार भएका छन् कतिपय विकसित मूलका किशोरी।

नतालिय ड्लायन।
सन् २०१२ को नोभेम्बरमा २० वर्षीया एक ब्राजिलियन केटरिनाले आफ्नो कौमार्य अनलाइनमार्फत जापानिज पुरुष नात्सुलाई झ्ण्डै ७८ लाख डलरमा बेचेको खबर छापामा आयो। कुनै केटीले सार्वजनिक रूपमा स्वेच्छाले
आफ्नो कौमार्य यति ठूलो धनराशीमा लिलाम गरेको समाचार पहिलो पटक पढ्दा आश्चर्यचकित भएँ।
महिलाले आफ्नो कौमार्य अथवा सतीत्व पैसामा पुरुषलाई बेच्नु वेश्यावृत्ति मानिन्छ। तर केटरिनाले आफ्नो कौमार्य एकपटक मात्र बेच्ने भएकाले यसलाई वेश्यावृत्ति नभएको पुष्टि गर्दै त्यसबाट पाएको पैसाबाट आफ्नो ठाउँका अत्यन्त गरीब परिवारलाई घर बनाइदिने विचार व्यक्त गरेेकी छन्।
केटरिनाले अनलाइनमार्फत कौमार्य लिलाम गरेको खबर सेलाउन नपाउँदै जनवरी २०१३ मा उनको सिको गर्दै ब्राजिलकै अर्की १८ वर्षीया रेबेकाले पनि अनलाइनमार्फत आफ्नो कौमार्य लिलामीको खबर छापिन्। उनले बिरामी आमाको उपचारका लागि कौमार्य बेच्नु परेको प्रष्ट्याएकी थिइन्। वेटर्सको कामबाट कमाएको पैसाले आमाको उपचार हुन नसक्ने र अन्य विकल्प नपाएपछि यो उपाय अपनाएको उनले खुलासा गरेकी छन्। उनको कौमार्यको लागि अहिलेसम्म ३५ हजार डलरको अफर आइसकेको छ।
मेरो आश्चर्यको सीमा त्यतिबेला अन्तहीन भयो, जब मैले २००९ को जनवरीमै अमेरिकाको नेभाडामा २२ वर्षीया नतालियले झ्ण्डै ३.८ मिलियन डलरमा आफ्नो कौमार्य बेचिसकेको खबर थाहा पाएँ। त्यस समय उनी ओमन्स स्टडिजमा बीए पूरा गरेर म्यारिज एण्ड फेमेली थेरापीमा स्नातकोत्तर गर्ने तर्खरमा थिइन्। आफूले लेख्न लागेको थेसिस 'कौमार्यको मूल्य' माथि अध्ययन गर्ने क्रममा उनले आफ्नै कौमार्य लिलामी गर्न तयार भएको खुलासा गरेकी थिइन्।
नारीको लागि पवित्र बरदान कौमार्य एक योग्य पुरुषका लागि सँगालेर राख्नुपर्छ भन्ने कुरा अरू छोरीहरूले झै आफूले पनि सानैदेखि सुन्दै र सिक्दै आए तापनि ओमन्स स्टडिज अध्ययनको क्रममा आफ्नो त्यो विचार परिवर्तन भएको उनले स्वीकारेकी छन्। यसपछि आफ्नो बहुमूल्य कौमार्यबाट आर्थिक रूपले सबल र सक्षम किन नहुने भन्ने जस्ता विचारको विकास भएपछि वेबसाइटमार्फत कौमार्य लिलाम गरेको कुरा उनले प्रष्ट पारेकी थिइन्।
नतालियले आफ्नो कौमार्य खुलेयाम अनलाइनमार्फत लिलाम गरेर विश्वसामु एउटा नौलो शैली प्रस्तुत गरे तापनि वेश्यावृत्ति विश्वमा सबभन्दा पुरानो व्यापार भएकाले यौन बजारमा कौमार्यको लिलामी र त्यसबाट मोटो रकम हात पार्नु नयाँ विषय भने होइन। उहिले उहिले हामी केटाकेटी छँदा कोठीहरूमा हिरोइनको कौमार्य तोड्न धनाढ्य पुरुष समक्ष लिलामका लागि पेश गर्दा हिरो आएर उनलाई बचाएका जस्ता रोचक हिन्दी सिनेमा खूब हेरिन्थ्यो। अलि ठूली भएपछि त्यस्ता हिन्दी उपन्यासहरू पनि खुब पढियो।
अझै पनि नेपाल र भारतमा यस्ता केही जाति आफ्नो छोरीचेलीको कौमार्य बेचेर जीवन निर्वाह गर्ने गर्छन्। केही समय पहिले विदेशमा अध्ययन गर्न गएका नेपाली केटीहरूले पैसाको अभावमा आफूलाई यौनबजारमा बेचिरहेका छन् भन्ने खबर पढेकी थिएँ। आजभोलि गरीबीले मान्छे यति आक्रान्त छन् मात्र एकछाक मीठो खाना र एकजोर राम्रो कपडाका लागि कौमार्य बिक्री गर्न विवश छन्।
नतालियले उल्लेख गरे झै केही अपवाद बाहेक हरेक अभिभावकले आफ्ना छोरीबेटीलाई सानैदेखि उनको कौमार्य ईश्वरको पवित्र वरदान भएको र त्यसलाई उनले आफ्नो भावी जीवनसँगीको लागि सम्हालेर राख्न सिकाएका हुन्छन्। छोरीबेटीहरूले पनि अभिभावकले दिएको शिक्षा अनुसार कौमार्यलाई जीवनको सबैभन्दा ठूलो पूँजी सम्झेर जतन गर्दै हुर्किएका हुन्छन्। यसैकारण कुनै किशोरीको कौमार्य लुटिएमा उनीहरू आत्महत्या गर्नसम्म पछि पर्दैनन्। अथवा त्यसको पीडाले मानसिक रूपमै विक्षिप्त हुन पुग्छन्। त्यसैगरी यो संसारमा त्यस्ता कट्टर अभिभावकहरू पनि छन् जो आफ्ना छोरीबेटीले गल्तीले कौमार्य गुमाएमा वा कसैबाट लुटिएमा आफ्नो इज्जत, प्रतिष्ठामा आँच आएको सम्झ्ेर छोरीबेटीको हत्या गर्नसम्म पनि पछि पर्दैनन्।
अन्तमा, अफिसको कामको सिलसिलामा अहिले जाजरकोटको यात्रामा छु। यहाँ पुरुष मित्रहरू बीच करोडौंमा कौमार्य बेच्ने कार्य ठीक या बेठीक भन्ने सम्वाद जारी छ। अब धनाढ्यले करोडौं तिरेर कौमार्य किन्ने या त्यो पूँजी अन्यत्रै लगाउने भन्ने जस्ता विषयमा पनि बहस गर्नु जरूरी छ। नारीको कौमार्य अमूल्य छ र अनन्तसम्म पनि अमूल्य नै रहनुपर्छ। दिनानुदिन अवमूल्यन हुँदै गइरहेको नारीको कौमार्यको गन्तव्यविहीन र अन्तहीन यात्रालाई विश्वको हरेक कुनाबाट रोक्ने प्रयास गर्नुपर्छ।
- तारा भट्टराई
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis