CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » 'एसएलसी होइन जिन्दगी नै आइरन गेट'

'एसएलसी होइन जिन्दगी नै आइरन गेट'

'एसएलसी होइन जिन्दगी नै आइरन गेट'
काठमाडौं - हुन त नेपाली सेलिब्रिटीलाई पढ्न नसकेर संगीत र फिल्ममा लाग्ने गरेको ओरोप छ। यो आरोप कतिपय सन्दर्भमा सतही छ त कतिपय सन्दर्भमा यथार्थ पनि। अभिनेता जीवन लुइँटेल, अभिनेत्री केकी अधिकारी, गायिका श्रेया सोताङ र
लेखक सुविन भट्टराईका अनुभव बुझ्ने हो भने सेलिब्रिटी पनि पढाइमा मिहेनती हुन्छन् भन्ने पुष्टि हुन्छ। चारजना नै राम्रो अंक ल्याएर एसएलसी उत्तीर्ण भएका थिए। आफ्नो करियरमा पनि राम्रै अंक ल्याइरहेका उनीहरुको अनुभवः


कति सालमा कहाँबाट एसएलसी पास गर्नुभयो?
जीवन लुइँटेलः २०५४ सालमा श्री जनता मावि हरैंचा मोरङबाट।
सुविन भट्टराईः २०५५ सालमा मैतीदेवीको सूर्योदय बोर्डिङ स्कुल।
केकी अधिकारीः २०६१ सालमा बाल सिर्जना स्कुल जोरपाटी।
श्रेया सोताङः साल त ठ्याक्कै याद भएन तर मैले लिटिल एन्जल्सबाट पास गरेकी हुँ।



कुन श्रेणीमा?
जीवनः ७४ प्रतिशत ल्याएर फस्ट डिभिजनमा।
सुविनः प्रथम श्रेणी।
केकीः डिस्टिङ्सन होल्डर हुँ।
श्रेयाः प्रथम श्रेणी।


पास हुँदा कस्तो महसुस भएको थियो?
जीवनः अलि सरप्राइज भएको थिएँ। फस्ट डिभिजन मात्र आउँदा नरमाइलो लागेको थियो।
सुविनः निराश भएको थिएँ किनकि डिस्टिङ्सनको आश गरेको थिएँ।।
केकीः हाम्रो समाजमा एसएलसीको यति बढाइचढाइँ छ कि डर, कौतुहलता र दुविधाको चंगुलमा फसियो।
श्रेयाः एकदम धेरै खुशी। पढेको पनि थिएँ र 'लक' पनि लाग्ोको थियो।

एसएलसीपछि आफैंले रोजेको विषय पढ्नुभयो कि अभिभावकले?
जीवनः अभिभावकले रोजेको। परिवारकै सल्लाहमा साइन्स पढियो। आफ्नो रुचिको साहित्य पढ्न बाँकी नै छ।
सुविनः अभिभावकै सल्लाह मानेँ। साइन्स पढ्न बाध्य भएँ। तर अहिले उहाँहरुले गरेको निर्णय पनि गलत रहेनछ भन्ने लाग्छ।
केकीः साइन्स पढेँ र छनोट आफ्नै थियो। तर प्लस टुपछि मैंले रुचि ठम्याएँ र मिडियातिर लागेँ।
श्रेयाः आफैंले रोजेर म्यानेजमेन्ट पढेकी हुँ।


५.तपाईंको अनुभवमा एसएलसी मात्रै आइरन गेट हो कि अरु पनि आइरन गेट हुँदा रहेछन्?
जीवनः एसएलसी मात्र होइन जीवनका हरेक पाइला आइरन गेट हुन्। जीवन नै आइरन गेट हो। एउटा माघले  जाडो जाँदैन। एसएलसी सुरुवात मात्र हो।
सुविनः मेरो लागि त एसएलसी भन्दा ज्यादा प्लस टु आइरन गेट भयो।
केकीः एसएलसी टफ गेट होइन जस्तो लाग्छ। जिन्दगीमा अझ कठिन आइरन गेट धेरै हुनेरहेछन्।
श्रेयाः एसएलसी त आइरन गेट हो नै। किनकि १० वर्ष पढेको प्रमाण यही गेट पार गर्योा भने मात्र पाइन्छ।

६. धेरै नम्बर ल्याएर पास हुने र फेल हुनेलाई के भन्नुहुन्छ?
जीवनः नम्बर जिन्दगी होइन। धेरै नम्बर ल्याउनेलाई आफ्नो आत्मविश्वाससँग जोडनुस् भन्ने सल्लाह दिन्छु। फेल हुनेले पनि फेल हुँदैमा जिन्दगी सकियो भन्ने सोच्नु हुँदैन। संसारमा बिल गेट्स, स्टिभ जब्स जस्ता मानिसहरु पनि छन् जो स्कुल कलेज ड्रपआउट भएर पनि ख्यातिप्राप्त छन्।

सुविन : धेरै नम्बर ल्याउँदैमा जीवनमा सबै सम्भावनाका ढोका खुल्छन् भन्ने हुँदै र फेल हुँदैमा सबै ढोका बन्द हुन्छ भन्ने पनि होइन। पास फेल हुनुमात्र जिन्दगी होइन। त्यसैले धेरै नम्बर ल्याउनेले पनि ज्यादा हौसिनु हुँदैन र फेल हुनेले पनि दुःखी हुनु पर्दैन।
केकी :  धेरै नम्बर ल्याउनेहरु इन्जोय गर्नुस्। तर यो सँगै के पनि ख्याल गर्नुस् भने अब तपाईं देशको शिक्षित तथा जिम्मेवार नागरिक हुनुभएको छ। त्यो जिम्मेवारी बोध गरेर अघि बढ्नुस्। फेल हुनेले बुझ्नुपर्छ कि हिँड्ने मान्छे लड्छ। आत्तिनु पर्दैन। तिर फ्याँक्नलाई मज्जाले पछाडि तान्नुपर्छ।
श्रेया :  धेरै नम्बर ल्याएर पास गर्नु एकदमै राम्रो कुरा हो। आज पनि जब एकेडेमिक क्वालफिकेसनको कुरा हुन्छ एसएलसी दिएको स्कुल र अंकको चर्चा हुन्छ। फेल हुनेले पनि आफूलाई कमजोर र बेकम्मा ठान्नु हुन्न।रुचिको पेशा छानेर त्यसमा पनि एकदम राम्रो गर्न सकिन्छ।
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis