CNN Headlines News :

This site is best viewed on "Google Chrome" and "Mozilla Firefox"

Home » , , » सेक्सी , हट एण्ड कूल

सेक्सी , हट एण्ड कूल



काठमाडौ, स्टाइलिस्ट वान पिस डे्रस, आँखामा ग्लास र गर्मी छल्न छाता ओढेर सडकमा कम्मर भाँचेर हिँड्दै गरेकी भेटिइन्, रामबजार, पोखराकी आयुषा पुन । गर्मी होस् या जाडो उनी सधैं आफ्नो पहिरन र स्टाइललाई मौसम अनुसार ढाल्ने गर्छिन् ।
गर्मीको पारो निकै चढिरहेको छ । यस्तो बेला कस्तो पहिरन लगाउँदा ठीक हुन्छ भनेर ख्याल गरिएन भने झनै गर्मीले सताउन सक्छ । सायद यही भएर होला फेसन बुझेकाहरू मौसम क्याच गरेर नै पहिरनको छनोट गर्छन् । त्यही पारोमा 'हट एन्ड सेक्सी लुक्स' मा प्रस्तुत हुन पोखरेली महिलाहरू दौडधुप गरिरहेका छन् ।  

स्टाइलिस्ट वान पिस डे्रस, आँखामा ग्लास र गर्मी छल्न छाता ओढेर सडकमा कम्मर भाँचेर हिँड्दै गरेकी भेटिइन्, रामबजार, पोखराकी आयुषा पुन । गर्मी होस् या जाडो उनी सधैं आफ्नो पहिरन र स्टाइललाई मौसमअनुसार ढाल्ने गर्छिन् । 

मोडलसमेत रहेकी पुनले हट समर आएपछि छोटो र फेसनेबल पहिरन लगाउन पाउँदा बेग्लै अनुभव गर्छिन् । 'गर्मीमा घुँडासम्म आउने कट्टु र पातलो पहिरनमा हिँड्दा आनन्द  लाग्छ,' केश मिलाउँदै उनले सुनाइन्, 'मौसमअनुसार हट त देखिनै पर्‍यो नि !' उनी मात्र हैन, यतिबेला मौसम अनुरूपको पहिरनमा आफूलाई ढाल्न फेसनेबल युवा पुस्ता लागिपरेका छन् ।

सेलिबि्रटीदेखि सामान्य युवा यो बेला समर पहिरनमा देखिन्छन् । पैदल हिँड्दा होस् या सवारी साधनमा कुद्दा हरेकले मौसमलाई आत्मसात् गर्दै आफूलाई परिवर्तन गरेको देखिन्छ । गर्मी मौसमलाई लक्षित गरी तयार पारिएका छोटो-पातला र फेसनेबल पहिरन खोज्नेहरू बुटिकदेखि सपिङ कम्प्लेक्सहरूमा निकै भीडभाड बढेको छ । 

त्यसो त समयअनुरूप चलेका स्टाइल तयार पार्न यहाँका फेसन डिजाइनरहरू तम्तयार पनि छन् । बुटिकदेखि फेसन सेन्टरमा देखिएको भीडले व्यवसायीलाई पनि उत्साहित छन् ।  

हाफ कट्टु र टिमिक्क परेको टिसर्टमा ठाँटिएर हिँडेकी लेखनाथ सिसुवाकी उमा गुरुङ समयअनुसारको पहिरन क्याच गर्न निकै सिपालु छिन् । भारतको हिमाञ्चल प्रदेशबाट प्लस टु सकेर आएकी गुरुङले भर्खर पोखरामा सम्पन्न हङकङ ब्युटी ट्यालेन्ट कन्टेस्टमा सहभागी भएर दर्शक छनोटको पुरस्कारसमेत पाएकी थिइन् । 

सौन्दर्य क्षेत्रमा काम गर्ने रुचिसहित अघि बढेकी गुरुङले उत्साही हुँदै भनिन्, 'गर्मीमा कुल देखिने पहिरन नै गजब लाग्छ ।' 

तातेको गर्मीलाई फेसन गर्ने युवाले झनै तताएका छन् । जिन्स अफेरियरका सञ्चालक अमुल दासले भने, 'गर्मीमा फेसनको बजार उच्च भएको छ । उनले हाफ जिन्स पेन्टको माग अधिक रहेको बताए । जाडोमा समेत हट देखिने पोखराका फेसन पारखी यो बेला झन् हट नदेखिने कुरै भएन ।  

फेसन सामान्यदेखि सेलिबि्रटीसम्मले केही सेक्सी लुक्स दिन आफूलाई छोटा र पातला पहिरनमा ढाल्ने गर्छन् । छोटा र सेक्सी पहिरन गर्नेका लागि अहिले गर्मी एउटा बहाना नै बनेको छ । यो मौसम रंगको समायोजनलाई पनि ध्यानमा राखेर रंगको छनोट गर्नुपर्छ । 'कालो र गाढा रंग सकेसम्म प्रयोग नगर्नु राम्रो हुन्छ । यस्तो बेला सेतो गुलाबी, स्काई ब्लु गोल्डने लगायतको रंग छनोट गर्नुपर्छ । कटन सुती जस्ता फेबि्रकमा ध्यान पुर्‍याउनुपर्छ,' गुन्युचोली बुटिककी सञ्चालिका तथा फेसन डिजाइनर सविता थापा पाण्डेले भनिन्, 'हाफ तथा क्वाटर भएको पहिरन नै अहिले उत्तम हुन्छ ।' यो अनुरूप नै अहिले हलिउड, बलिउडका कलाकारले गरेको देखासिकीमा समर कलेक्सनका फेसन स्टाइल अधिक चल्तीमा छन् । 

उनका अनुसार, 'गर्मीसँगै समर स्टाइलको मागले व्यापारमा पनि वृद्धि भएको छ ।' गर्मीले उकुसमुकुस बनाएको यो बेला पहिरनमा ध्यान पुर्‍याएन भने निश्चय पनि असहज महसुस गराउँछ । गर्मी छल्न होस् या फेसनेबल देखाउन पहिरनमा सचेतता अपनाउनै पर्छ । 'गर्मीलाई समर स्टाइलको पहिरन गरेर हिँड्ने युवा पुस्ताले झनै तताएका छन्,' विशालबजारस्थित फेन्सी स्टोरका सञ्जित श्रेष्ठले भने । 

हो पनि, यतिबेला छोटो हाफ कट्टु र टिसर्टमा सिर्जना परियारलाई हाइसन्चो लाग्छ । 'शीतलताको महसुस गर्न र छरितो देखिन यस्तो पहिरन गर्न मन लाग्छ,' छाता ओढेर सडकमा हिँड्दै गरेकी उनले भनिन्, 'गर्मी पनि नहुने, फेसनेबल पनि देखिने पहिरन त गर्नै पर्छ ।' 'आफ्नो शरीर सुहाउँदा भिन्न-भिन्न स्टाइलकै क्याजुअल पहिरन यो मौसममा लगाउने गर्छु,' मोडल राजेश जीसीले भने, 'गर्मी नहुने कुल देखिने पहिरन मेरो रोजाइ हो ।' ईकान्तिपुर साभार 
Share this article :

0 Comment:

Speak up your mind

Tell us what you're thinking... !



हाम्रो फेसबुक पेज लाईक गर्नुस

Your Facebook Comment

Click to shop online locally

उज्यालो समाचर

 
Copyright © 2013. NayaNaulo.com - Nepali News - All Rights Reserved
Template Design by Maskolis