१३ असार, काठमाडौं । समान्यतयाः काठमाण्डौंका सवारी धनीले सेना र पुलिसको पेट्रोलपम्पलाई ठगी नहुने पम्पका रुपमा बिश्वास गर्छन् । यही बिश्वासकै कारण त्यस्ता पम्पमा निजीमा निकै भिडभाड हुन्छ । काठमाडौंको नक्सालस्थित प्रहरी कल्याण कोष पेट्रोल पम्पले निर्धारित मात्राभन्दा कम
तेल बेचेर उपभोक्ता ठग्ने गरेको फेला परेको छ ।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले बिहीबार छड्के अनुगमन गर्दा प्रहरी कल्लाण कोषको पेट्रोल पम्पले ठगी गरेको फेला परेको समाचार अन्लाईन खबरले लेखेको छ ।
संचलनमा रहेका नोजलहरुमध्ये एउटा डिजेल नेजलबाट प्रति ५ लिटरमा ३० मिलिलिटर कम तेल राखिदिने गरेको विभागको अनुगमन टोलीले जानकारी दिएको छ । कम तेल राखिदिने गरेको फेला पारपछि अनुगमन टोलीले उक्त नोजलमा शिलबन्दी गरेको छ । विभागले गुणस्तर परिक्षण गरेर मात्र कारबाही प्रकृया अगाडी बढाउने जनाएको छ । परिक्षणका लागि डिजेल र पेट्रोलको नमुना नेपाल गुणस्तर तथा नापतौल विभागमा पठाएको वाणिज्य विभागले जनाएको छ । अनुगमनको क्रममा एउटा पट्रोल नोजलबाट प्रति ५ लिटरमा ७० मिलिटिरसम्म बढी बिक्री भएको भेटिएपनि नोजल मर्मत गरी संचालनमा ल्याउन व्यवस्थापनलाई निर्देशन दिएको छ ।
निगमले भद्रकालीमा रहेको सेनाको पेट्रोल पम्म रिपू मर्दिनी पेट्रोल पम्पमा पनि अनुगमन गरेको छ । अनुगमनका क्रममा एउटा डिजेल नोजलबाट अधिक मात्रामा डिजेल वितरण गरेको भेटिएपनि मर्मत गरी संचालन गर्न निर्देशन दिएको विभागले जनाएको छ । अनुगमन टोली आज ५ पेट्रोल पम्म छड्के अनुगमन गरेको जनाएको छ ।
0 Comment:
Speak up your mind
Tell us what you're thinking... !