हे इश्वर! कोटी कोटी प्रणाम,
यहाँ सबै ठीक छ भनेर झुठो लेख्न सक्दिन। त्यसो त तिमीबाट के नै लुकेको छ र ..? तर प्रभु, तिमीले रचेको यो मायाँ–नगरी पनि अचम्मको रहेछ। जसरी तिम्रो बयान गर्न
सकिन्न त्यसैगरी तिम्रो यो नगरीको पनि। ब्रह्माण्डकै सुन्दर रचना पृथ्वी त बनायौ तर यसलाई सम्हाल्ने यसको रक्षा गर्ने एउटा सुँगुर चाहिं बनाउन बिर्स्यौ …। भूमि विभाजन गर्ने चातुर्यता त दियौं साथमा आपसमा समझदारी अनि सद्भावना रहित मन पनि थपिदियौं, मान्नु पर्छ तिमीलाई। मानिस भन्ने जन्तु बनायौ, तर स्वार्थरुपी भूत चढाएर पठायौ…। यहाँ तिमीलाई पुज्ने हात त दियौं, तर तिमी स्वयम्लाई बुझ्ने हृदय चाहिं हाल्न बिर्स्यौं अचम्म! म एउटा कुरा खुस्सुक्क भनु तिमीलाई? तिमीले धर्तीमा साई पठायौं, महात्मा बुद्ध, राम, कृष्ण झैं ( समय समयमा यस्तो काम गरिरहन्छौं तिमी ), जसले भर जीवन गरीब रहेर गरीब मात्रको सेवा गरेर संसारलाई एउटा उपदेश दिएर गए ‘सेवा गर्न धन हैन मन चाहिन्छ, चमत्कार आफै हुन्छ’ तर थाहा छ तिमीलाई उनै महात्माका भक्तहरू, जसले मरणोपर्यन्त पनि एउटा झुत्रो पहिरनमा बिताए। उनैलाई भव्य महल, सुनका मुकुट, हीरा–जवाहरातले सजाएर पुज्छन हा..हा.. हा…! अरे उनलाई के वास्ता ती सब दिखावाको? भक्त भनाउदाहरूले (जो आफूलाई साई भक्त ठान्छन् ) श्रद्धा देखाएका होलान …, तर त्यही धन उनीहरूले कसैको भोको पेटका लागि या कसैको नाङ्गो तनका लागि प्रयोगमा ल्याउँदो हो त साई कत्ति गर्व गर्नुहुन्थ्यो होला आफ्ना भक्तहरूप्रति ….। त्यसैले म भन्छु हे इश्वर! तिमीले भक्त त करोडौं बनायौं तर भक्ति गर्ने, श्रद्धा व्यक्त गर्ने तरिका उनीहरूको हृदय भित्र हाल्न बिर्स्यौं। मलाई रमाइलो लागेको कुरा पनि भनु तिमीलाई? तिमीले मान्छे बनायौं ठीक छ , नारी बनायौं ठीक छ, पुरुष बनायौं त्यो पनि ठीक छ। तर सन्तान किन उनीहरूबाटै हुने प्राकृतिक नियम बनाएनौ हँ? त्यो पनि तिम्ले आफै बेला बेलामा पठाए हुन्नथ्यो? कमसे कम मानिसहरू सामाजिक झमेलामा त फंस्दैन थिए …। अब हेर , एउटा बच्चा जन्मेपछि कत्ति भुलभुलैया छ। शुरुमै, जब ऊ त्यो बालकलाई देख्छ, देख्ने बित्तिक्कै तिम्रो मायाँको जन्जालमा सम्मोहित भैहाल्छ। अनि त्यसपछि त्यो बालकलाई दूध पिलाएर शुरु भएको यात्रा बालक ठूलो भएर पनि, उसकै बच्चा भएर पनि, अझ आफू बाचिरह्यो भने नाति नातिनाहरूलाई पनि दूध पिलाउने काम जारी राख्छ। त्यो भुलभुलैया यस्तो हुन्छ कि मानिस आफैलाई नै भुल्दै जान्छ। अनि यसबीचमा उसको जीवनमा आइपर्ने समस्या, स्वार्थ, वैमनस्य, झैझगडा, कर्म–कुकर्म सबैमा सहभागी हुदै अगाडि बढ्न थाल्छ। रमाइलो कुरा त यो छ कि, ऊ स्वयम् यी सब कुराबाट बेखबर हुन्छ..। यदि कोही कथंकाल आफ्ना सोचबाट अलिकति परिचित भैहाले पनि तिम्रो प्रभावले त्यो दलदलबाट बाहिरिन असमर्थ हुन पुग्दछ। यो अन्याय भएन र प्रभु? अब त म यो सोच्न बाध्य भैरहेकी छु कि स्वार्थी को? तिमी? तिम्ले बनाएको मानिस या तिम्ले रचेको मायाँ–नगरीको हावा? , हावा…? हावाले याद आयो, यदि कोही बिना स्वार्थ, कपट, कुटनीति, भय आदिरहित हुँदो हो त, तिम्रा यी रचनाहरूका सही अर्थमा भागिदार बन्न सक्दो हो, हैन र? पानीको थोपा थोपासंग रमाउन सक्दो हो। झमझम बर्षातमा रमाउंदै नाच्न सक्दो हो …, चराहरूको स्वरमा स्वर मिलाएर गाउन सक्दो हो…., पशु–पंक्षी, जन्तु – जनावर, सबै प्राणीहरूप्रति दया भाव राख्दो हो …, बिना छल बिना कपट एक अर्कासंग हातेमालो गर्दो हो … , यस ब्रह्माण्डको वायु नै स्वच्छ हुँदो हो…, कि कसो प्रभु?

0 Comment:
Speak up your mind
Tell us what you're thinking... !